Saturday, March 23, 2024
Homeफिचररोडिज सिजन–३ को अडिसन दाङमा पनि

रोडिज सिजन–३ को अडिसन दाङमा पनि

- Advertisement -spot_img

दाङ, १९ भदौ ।
यामाहा एफ जेड्ले हिमालयन टिभिमा प्रस्तुत गर्दै आएको रियालिटि सो रोडिज सिजन–३ को अडिसन दाङमा पनि गरिने भएको छ । दाङमा भदौ २२ गते प्रि अडिसन गरिने र त्यसको लागि फारामहरु यामाहा शोरुमहरुमा उपलब्ध रहेको यामाहाले जनाएको छ । यामाहा रोडिज, इन्डियन रियालिटि टि.भि.सो को फ्रान्चाइज हो ।
यामाहा नेपालले बिगत वर्षदेखि रोडिज कार्यक्रमलाई अझै युवा बीच पु¥याउन लो–मान्थाङ्गको बाइक यात्रा सञ्चालन गरेको थियो । यसपटक पनि बाइक यात्राको सञ्चालन गर्ने छ । रोडिज सिजन–३ लाई अझै रोमाञ्चक बनाउन रोडिज सिजन–१ को विजेता समन श्रेष्ठ र नायक बिक्रम शाही ठकुरीलाई निर्णायकको रुप दिईएको यामाहाले जनाएको छ ।
साथै स्थानीय युवाको माग र इच्छालाई आपूर्ति गर्दै यसपालि रोडिजको प्रि–अडिसन यामाहाका डिलरहरुकोे सहभागितामा १५ वटा मूख्य शहरमा सञ्चालन भइरहेको छ । दाङका भदौ २२ गते प्रि–अडिसन गरिन लागेको छ । १८ गते सुरु भएको प्रि–अडिसनको नतिजाले यसपालि पहिलेभन्दा बडी सहभागिता निश्चित गरेको छ ।
दर्शक र प्रतियोगीको यो नतिजाले यामाहा नेपाल र हिमालयन टिभि दुबैलाई आगामी दिनका लागि हौसला र अवसरको मौका प्रदान गर्नेछ । भदौ १८ मा हेटौडा र विरगंज, १९ भदौमा बर्दिबास, भदौ २० गते बिराटनगर र इटहरी, २१ गते दमक र बिर्तामोड १८ गते दमौली, १९ गते बाग्लुङ्ग, २० भदौ स्याङजा अडिसन तोकिएको छ ।
त्यसैगरी भैरहवा र बुटवलमा भदौ २१ गते, दाङ्गमा २२ गते, सुर्खेतमा २३ र धनगढीमा २४ गते प्रि–अडिसनको अन्तिम कार्यक्रम यामाहाका शोरुमहरुमा हुने घोषणा छ । उक्त कार्यक्रममा उपस्थित प्रतियोगीहरुलाई टास्कहरु दिइनेछन् र बिजयी प्रतियोगीहरुलाई गु्रप डिस्कसन राउण्डमा बिना लाइन सिधै इन्ट्री दिइने आयोजकले बताएको छ । यामाहा एफ जेड रोडिजका आयोजकद्वारा अडिसिन राउण्ड धरानमा भाद्र २८ गते, चितवनमा ३१ भदौ, नेपालगञ्जमा ३ असोज र पोखरामा ६ असोजमा सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here