Saturday, April 20, 2024
Homeफिचररोटरीको पोलियो सचेतना ¥याली

रोटरीको पोलियो सचेतना ¥याली

- Advertisement -spot_img

तुलसीपुर, ७ कार्तिक । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लव अफ तुलसीपुर सिटीले सचेतना ¥यालीको आयोजना गरेको छ । नेपाल नेशनल पोलियो प्लस कमिटीको प्राविधिक सहयोगमा विभिन्न संघ संस्थाहरूको सहभागितामा तुलसीपुरमा पोलियो ¥याली निकालिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लवका अध्यक्ष देव बहादुर केसीले पोलियो विश्वबाट उन्मुलन भईसके पनि यो रोगको जीवाणुले जुनसुकै बेला पनि संक्रमण गर्नसक्ने भएकोले सावधानी अपनाउनुपर्ने बताए ।
¥यालीका संयोजक रूपेश शर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पोलियो रोग लागिसकेपछि यसको पूर्णरूपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर जनचेतना जगाउने उद्देश्यले ¥यालीको आयोजना गरिएको बताए ।
कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाहले पोलियो रोग विशेषगरी गरीवीको रेखामुनी रहेका मुलुकहरू र सीमान्तकृत समुदायमा बढी देखिने गरेकोले देशको गरिवी मेटाउन सकेमा पोलियो स्वतः रोकथाम हुने बताए ।
आजका बालबालिका भोलिको कर्णधार भएको भन्दै उनीहरूको अभिवृद्धिको लागि सरकारले पोलियो उन्मुलन गर्न रोटरी इन्टरनेशनलसँग सहकार्य गरेर धेरै योजना बनाएको पनि उनको भनाइ थियो ।
‘घ’ लाईनबाट शुरू भएको ¥यालीमा तुलसीपुर उपमहानगर, तुलसीपुर उद्योग वाणिज्य संघ, रोट्रयाक्ट क्लव अफ तुलसीपुर, आरसिसि भिलेज कासिपुर, ईन्ट्रयाक्ट क्लव अफ गोरखा स्कुल, ईन्ट्रयाक्ट क्लव अफ आईडियल स्कुल,
ईन्ट्रयाक्ट क्लव अफ हिमाल एकाडेमी, ज्ञानज्योती सेकेण्डरी स्कुल, अरनिको स्कुल, तुलसीपुर नगर जेसीस, लायन्स क्लव अफ दाङ, लियो क्लव अफ दाङ, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, पत्रकारलगायत दर्जनौको सहभागिता रहेको थियो । तुलसीपुर बजार परिक्रमापछि बिपी चोकमा समापन भएको थियो ।
उक्त अवसरमा रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले पोलियोको बिरूद्धमा भ्याक्सिनको विकास गर्ने जोनक साल्कको जन्म दिवसलाई स्मरणयोग्य बनाउनको लागि विश्व पोलियो दिवस मनाउन थालिएको बताए ।
हरेक वर्ष क्लवले नियमित रूपमा आयोजना गर्दै आएको ¥याली विश्व स्वास्थ्य संगठन तथा अन्य संगठनमार्फत यो उद्देश्य हासिल गर्न लागिपरेका हजारांै स्वयम्सेवकप्रति सम्मान देखाउनुपर्ने उनको भनाइ थियो । कार्यक्रमको सहजीकरण क्लवका सचिव सन्दीपन रिजालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here