Saturday, April 20, 2024
Homeफिचररेडियो मध्यपश्चिम १२औँ वर्षमा प्रवेश

रेडियो मध्यपश्चिम १२औँ वर्षमा प्रवेश

- Advertisement -spot_img

दाङ, १ जेठ  ।
दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिम मंगलबारदेखि १२औँ वर्षमा प्रवेश गरेको छ । रेडियोले २०६३ पुस २८ गतेदेखि आफ्नो प्रसारण सेवा आरम्भ गरेको थियो ।
हजार वाट क्षमता रहेको रेडियोले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमसमेत गरेको छ । हाल रेडियोले बिहान ५ देखि राति १० बजेसम्म आफ्नो प्रसारण सेवा दिदै आएको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता एवं रेडियोका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि शर्माले रेडियो मुनाफाभन्दा पनि सचेतना फैलाउने विषयमा केन्द्रित रहनुपर्ने बताएका छन् । सत्यतथ्य सामाग्रीहरु प्रसारण नै सञ्चारको धर्म भएको उल्लेख गर्दै समीक्षा र सञ्चार शिक्षाको आवश्यकतामा उनले जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले समाजको विकास र रुपान्तरणमा रेडियोको भूमिका अग्रस्थानमा रहेको बताए ।
सत्यता र विश्वसनीयता नै सञ्चारको मूल जिम्मेवारी भएको भन्दै उनले सत्यतामा अघि बढ्नुपर्नेमा जोड दिए । सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई समाजका विभिन्न अंगहरुले भरपुर प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए । राज्यले रेडियोको विकास र प्रवद्र्धनमा त्यति धेरै ध्यान दिन नसकेको भन्दै उनले रेडियोले गरेको योगदानलाई उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।
रेडियोका कोषाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष टीकाराम खड्का, माओवादी केन्द्रका नगर अध्यक्ष विश्वराज आचार्य, नेपाली काँग्रेसका कोषाध्यक्ष सावित्रा राना, घोराही उपहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सीता न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंह, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश अध्यक्ष केपी घिमिरे लगायतले रेडियोलाई शुभकामना दिएका थिए ।
रेडियोले १२औँ स्थापना दिवसको अवसरमा स्मारिका प्रकाशन गरेको छ । रेडियोको इतिहासदेखि समाज रुपान्तरणमा खेलेका भूमिकाका विषयहरु स्मारिकामा प्रकाशन गरिएको छ । कार्यक्रमको सहजीकरण रेडियोका सचिव सुदर्शन रिजाल र सदस्य मधुसुदन वैद्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here