Friday, March 29, 2024
Homeमुख्य खबररूकुम र रोल्पामा ‘सुरक्षित आवास कार्यक्रम’

रूकुम र रोल्पामा ‘सुरक्षित आवास कार्यक्रम’

- Advertisement -spot_img

दाङ, १८ पुस । रोल्पा र रूकुम पूर्वका अति विपन्न र गरिब परिवारका लागि संघीय सरकाले सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत प्रदेश नं. ५ का रोल्पा र पूर्वी रूकुमका साढे तीन सय परिवारमा यो कार्यक्रम लागू हुन लागेको संघन शहरी तथा भवन निर्माण आयोजना दाङले जनाएको छ ।
खरको छाना भएका, अति विपन्न, गरीब, निम्न आयस्रोत भएका, एकल महिला जेष्ठ नागरिकहरूलाई यो कार्यक्रम लक्षित भएर आएको आयोजना प्रमुख महेश बहादुर सिंहले जानकारी दिए ।
गत वर्षदेखि सञ्चालन भएको कार्यक्रम यी दुई जिल्लामा यो वर्षदेखि मात्रै कार्यान्वयन हुन थालेको छ । पहिलो वर्ष अवस्था विश्लेषण र छनोट गरिएको र अहिले कार्यान्वयनमा जान थालिएको प्रमुख सिंहको भनाइ छ ।
आयोजनाले दुई जिल्लाका गरेर तीन सय पचास घरमा रहेको घरको छाना हटाई टिन लगाउने काम गर्नेछ । जसका लागि जिल्लामा १ करोड १० लाख रूपैयाँको अख्तियारी आएको प्रमुख सिंहले जानकारी दिए ।
रोल्पाका दुई गाउँपालिका सुनिल स्मृति र गंगादेव गाउँपलिकामा सय÷सय घर गरेर २ सय घर सुरक्षित नागरिक आवासअन्तर्गत मर्मत गरिनेछ । भने पूर्वी रूकुममा तीन गाउँपलिका सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकामा ५०÷५० घर गरेर एक सय ५० घरमा कार्यक्रम लागू हुनेछ ।
कार्यक्रमको लक्ष्य अनुसारको व्यक्तिहरूलाई सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले संकलन गरिसकेको र विपद्बाट पीडित भएकाहरूको हकमा विपद् ब्यवस्थापन समितिले गरेको सिफारिसको आधारमा सुविधा पाउने व्यवस्था रहेको आयोजना प्रमुख सिंहले जानकारी दिए ।
उनले पहिलो चरणमा आवश्यकता महत्वको आधारमा छनोट गरिने बताए । निर्वाचित सांसदको संयोजकत्वमा छनोट समिति रहेको र समितिले छनोट गरेर कार्यालयमा पठाए पनि कार्यक्रममा समेटिने व्यवस्था छ ।
यो कार्यक्रमअन्तर्गत अनुदान पाउने व्यक्तिले प्रक्रिया पूरा गरेमा बैंक खातामार्फत रकम पाउने छ । एक घरको लागि ५० हजार उपलब्ध गराइने र त्यसले छानोमा टिन लगाउने, घर मर्मत गर्ने काम गर्नेछ । छनोट भएपछि ६० प्रतिसत र काम पूरा गरेर पछि ४० प्रतिशत रकम भुक्तानी बैंक खातामार्फत गरिने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here