दाङ, २५ भदौ । नेपाली काँग्रेसले जागरण अभियान सुरु गरेको छ । पहिलो चरणको जागरण अभियान सकेको काँग्रेसले काँग्रेसका संस्थापक नेता महामापवन विपी कोइरालाको जन्मदिनको अवसर पारेर मंगलवारदेखि दोस्रो चरणको जागरण अभियान देशैभर सुरु गरेको हो । जागरण अभियान असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।
१०६औँ विपी जयन्तीको अवसर पारेर दोस्रो चरणको जागरण अभियान शुरु गरेको काँग्रेसले जनाएकाँ छ । अभियानको हरेक जिल्लाका हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर सुरुवात गरिएको छ ।
‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा १ सय ६ वटा रुख रोपेर अभियानको शुरुवात गरिएको छ ।
जनता, मतदाता र पार्टीका सबै निकाय, तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरुबीच जीवन्त सम्पर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सुदृढ पार्ने उद्देश्यले अभियानको सुरु गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
अभियानको दाङमा पनि ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर उद्घाटन गरिएको छ । हरेक प्रदेश निर्वाचन क्षेत्रमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिएको जागरण अभियान प्रचारप्रसार समितिका संयोजक एवं नेपाली काँग्रेस दाङका उपसभापति कमानसिंह भारतीले जानकरी दिएका छन् ।
अभियानअन्तर्गत दाङको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को गढवामा, क्षेत्र नम्बर १ ‘ख’ को लमहीमा, क्षेत्र नम्बर २ ‘क’ को बाह्रकुने दहमा, क्षेत्र नम्बर २ ‘ख’ को ढिकपुर मर्पाडाँडामा, क्षेत्र नम्बर ३ ‘क’ को तुलसीपुर दोघरेमा र क्षेत्र नम्बर ३ ‘ख’ को शान्तिनगरमा वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण तथा जागरण अभियान कार्यक्रममा सहभागीहरुले प्रत्येक जनताको आस्था एउटै हुनुपर्ने बताएका थिए । पार्टीको पहुँचमा भएकाहरुको फरक र गाउँस्तरमा रहेका जनताको फरक अस्था नहुने भएकाले सम्मान्तर आस्था रहेको बताएका थिए । सबैको आस्था नेपाली काँग्रेसको साँखलाई जोगाउनु पर्ने समय आएको बताएका थिए ।
निर्वाचन क्षेत्र नं. ३ (क) अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेमा अभियान शुरुवात भएको छ । अभियानको शुरुवात गर्दै नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले जनताले तिरेको करमा पनि चरम भ्रष्टाचार गरेको बताएका छन् । जिल्ला सभापति खड्काले त्यस्तो बताएका हुन् ।
‘हामीले कर तिरेका छौं, हाम्रै कर भ्रष्टाचार भएको छ,’ सभापति खड्काले भने ‘हामीले कर तिर्ने हाम्रै सम्पत्ति सक्किने तर त्यसैमाथि भ्रष्टचार गर्ने ? हामी नै विकास निर्माणबाट बञ्चित हुनुपर्ने ।’ उनले वडा तहदेखि नै व्यापक भ्रष्टाचार हुने गरेको भन्दै चनाखो भएर त्यसको भण्डाफोर गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
वडा नम्बर ९ का सभापति बलिराम खत्री स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला समिति सदस्य जोगेन्द्र विश्वकर्मा, दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष खेमराज विक, नेविसंघ दाङका कोषाध्यक्ष अरुण लहरे, जिल्ला सदस्य घनश्याम भण्डारी,
भूमा चन्द, शारदा सुनार, विष्णु मल्ल, सावित्रा काफ्लेलगायतले काँग्रेस जागरण अभियानले पार्टीभित्र रहेका आन्तरिक तिक्तता मेटाउँदै एउटा सवल र सक्षम पार्टी निर्माण गर्ने बताएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति घनश्याम ढकालको अध्यक्षतामा भएको जागरण अभियानको उद्घाटन अवसरमा उनीहरुले काँग्रेसका विभिन्न संगठनहरु क्रियाशील बनाउन आग्रह गर्दै आगामी निर्वाचनमा हाम्रो भन्दा पनि राम्रो उम्मेदवारलाई टिकट दिनुपर्ने आग्रह गरेका छन् ।
कार्यक्रमको सहजीकरण तरुण दल जिल्ला उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गरेका थिए । मंगलबारदेखि शुरु भएको काँग्रेसको दोस्रो चरणको अभियान असोज ६ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ ‘ख’ का सभापति कमल गौतमको अध्यक्षतामा भएको जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जनजागरण अभियानका प्रतिनिधि धु्रवराज पुरीले नेपाली काँग्रेसका नीति र एजेण्डालाई आत्मसात गर्नुपर्ने बताएका थिए ।
काँग्रेसका नीति र एजेण्डाहरु प्रत्येक नागरिकलाई जानकारी हुनुपर्ने बताएका थिए । पार्टी एकता, सरकारले गरेका ज्यादती र भ्रमहरुको बारेमा जनतामाझ पु¥याउने र नेपाली काँग्रेसका सिद्धान्तहरु जनतामाझ पु¥याउने उद्देश्यले यो अभियानको उद्देश्य रहेको बताएका थिए ।
सरकारको विषयमा कुरा गर्दै पुरीले सरकार काण्डैकाण्डमा फसेको बताए । एनसेल काण्ड होस् या, वाइडबडी काण्ड होस् सरकार काण्डहरुमा फसेको उनको भनाइ थियो । सरकारको गतिविधिले जनतालाई निराश पार्ने काम गरेको बताउँदै नेता पुरीले अब जनतालाई न्याय दिलाउने काम काँग्रेसले गर्ने बताए ।
‘काँग्रेस नै कम्युनिस्ट शासनको विकल्प हो’ उनले भने ‘निर्धा, निमुखालाई न्याय र विपन्नतालाई आय अब काँग्रेसले नै दिलाउँछ ।’ नेपाली काँग्रेसका संविधान सभा सदस्य राजु खनालले टिकटको जालोमा फस्नुको साटो पार्टीलाई जिताउन एक भए जीत काँग्रेसकै हुने बताए । मंसिर १४ मा हुने उपचुनावमा मिलेर जान नेता कार्यकर्तालाई उनको आग्रह छ ।
‘जनताको घर दैलोमा पुगेर पार्टीको सिद्धान्त बुझाउने कोसिस गरे जीत काँग्रेसकै हुन्छ’ उनले भने ‘दाङमा हुन लागेको दुई स्थानको उपनिर्वाचनमा सब एक हुनुपर्छ ।’
टिकट जोसुकैले पाएपनि काँग्रेस हुँ रुखमा भोट हाल्नुपर्छ भन्ने यत्ति कुरा सबैलाई बुझाउनुपर्ने बताए । काँग्रेसबाट जसले टिकट पाए पनि काँग्रेसले जित्छ भन्ने भावनाको विकास गराउन आग्रह गर्दै यो मौका गुमाउन नहुने बताए ।
नेपाली काँग्रेसका निवर्तामान सभापति घनश्याम रेग्मी, जिल्ला सचिव टेकबहादुर वली, नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भूपमहादुर डाँगीलगायतले सम्बोधन गरेका थिए । अभियानको सहजीकरण कुलप्रसाद रजौरेले गरेका थिए ।
त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरु १ ‘क’ का ताराबहादुर डिसी, १ ‘ख’ का देवानजंग चौधरी, २ ‘क’ का गिरिराज सुवेदी, २ ‘ख’ का कमल गौतम, ३ ‘ख’ का खीमबहादुर वलीको नेतृत्वमा अभियानको शुरु गरिएको छ ।
अभियानका लागि नेपाली काँग्रेस केन्द्रीय समितिले ६ जना प्रतिनिधिसमेत खटाएको थियो । जसमा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा जनक चौधरी, १ ‘ख’ मा सुशीला शाह, २ ‘क’ मा उमा दाहाल, २ ‘ख’ मा धुव्रराज पुरी, ३ ‘क’ मा सुरेन्द्र हमाल र ३ ‘ख’ मा मोहन बराल आएका छन् ।
संघले देउवासँग चियापान गर्ने
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग भेटघाट एवं चियापान गर्ने भएको छ । संघको आयोजनामा यहि भदौ २८ गते बिहान ८ बजे संघको कार्यालय (क्षेत्रीय पार्टी कार्यालय तुलसीपुर)मा सभापति देउवासँग भेटघाट एवं चियापान कार्यक्रम राखेको संघका अध्यक्ष जनकप्रसाद खरालले बताए ।
संघका अध्यक्ष खराल र सचिव झलक केसीले मंगलबार विज्ञप्ति जारी गरी कार्यक्रममा उपस्थितिका लागि संघमा आवद्ध सम्पूर्ण पदाधिकारी, पार्टीका सम्पूर्ण कार्यकर्ता, शुभेच्छुकलगायत सबैमा अनुरोध गरेका छन् ।