Thursday, March 28, 2024
Homeमुख्य खबरराष्ट्रिय महासंघद्वारा सरकारलाई ध्यानाकर्षण

राष्ट्रिय महासंघद्वारा सरकारलाई ध्यानाकर्षण

- Advertisement -spot_img

सल्यान, २५ भदौ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश कार्यसमितिले संघीय र प्रदेश सरकारलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । महासंघले योजना कार्यान्वयन र सेवाग्राहीको हितका विषयमा छलफल गर्दै दुई सरकारलाई ध्यानाकर्षण गराएको हो ।
प्रदेश सरकारले सम्बन्धित स्थानीय तहहरुसँग समन्वय नगरेर योजनाहरु छनौट गरेको भन्दै महासंघले योजना कार्यान्वयन गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको हो ।
उपभोक्ताहरु प्रदेश राजधानी धाउनुपर्ने बाध्यात्मक अवस्थाले सरकारकै कार्य सम्पादनमा प्रश्न उठेको बताउँदै संघले यसप्रति जिम्मेवार हुन आग्रहसमेत गरेको छ ।
वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकले आयोजना तथा कार्यक्रम छनौट गर्दा स्थानीय सरकारसँग दोहोरोपना नहुने गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा छनौट गर्न र स्थानीय तहबाटै कार्यान्वयन हुने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो
यस्तै स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेश कानुनका विधेयकहरुमा महासंघका प्रतिनिधिहरुको समेत सहभागितामा छलफल गर्ने ब्यवस्था मिलाउन पनि प्रदेश सांसद् र कर्णाली सरकारसँग बैठकले आग्रह गरेको गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले जनाए ।
प्रदेश र स्थानीय सरकारको आयोजना तथा कार्यक्रमको आकार एवम् बजेट उस्तै भएको भन्दै ठूला योजनामा मात्रै स्रोत विनियोजन गर्न आग्रह गरेको छ  ।
बैठकले समपुरक अनुदानको वितरण सम्बन्धी कार्यविधिमा साझेदारीको अनुपात र परियोजनाको कुल लागतको सिलिङलाई ब्यवहारिक हुने गरी पुनरावलोकन गर्न भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिएको अध्यक्ष सेनले जनाए । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले तय गरेको वार्षिक योजनाको पुस्तिका छिटो सार्वजनिक गर्नसमेत अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here