Monday, April 22, 2024
Homeफिचरराप्ती लाईफमा आइसोलेसन बेड

राप्ती लाईफमा आइसोलेसन बेड

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ चैत।

दाङको तुुलसीपुरस्थित राप्ती लाईफ केयर हस्पिटलले आइसोलेसन बेड सञ्चालनमा ल्याएको छ।

अस्पतालले कोरोनाको संक्रमण फैलिन नदिन अभियानका रूपमा उक्त बेड सञ्चालनमा ल्याएको हो।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना संक्रमण हुन नदिन तथा संक्रमण भित्रिएपछि फैलिन नदिन अस्पतालमा पाँचवटा आईसोलेसन बेड तयार गरिएको अस्पतालका अध्यक्ष हरि रिजालले जानकारी दिए।

‘दाङमा कोरोना भित्रिन नदिन हामीले सचेतना अभियानलाई अघि बढाएका छौं’ उनले भने– ‘यदि भित्रिएमा पनि सबैतिर फैलिन नदिन आईसोलेसन बेड तयार बनाएका छौं।’

अस्पतालले क्वारेन्टाईनका लागि मोतिपुरमा रहेको भवन प्रयोग गर्ने बताएको छ। यदि जिल्लामा कोरोना भित्रिएमा थप संक्रमण हुन नदिन नर्सिङ अस्पतालको भवनलाई क्वारेन्टाईनका लागि प्रयोग गर्न सकिने अस्पतालका निर्देशक जीवन भण्डारीले बताए।

यस्तै राप्ती लाईफ केयर हस्पिटल प्रालिद्वारा सञ्चालित एचए तथा नर्सिङ कलेजका विद्यार्थीहरूलाई स्वयम्सेवकका रूपमा समेत तयार गरिएको उनले बताए। यसका लागि विद्यार्थीहरूलाई चिकित्सकहरूले प्रशिक्षणसमेत दिएका छन्।

यसैबीच कोरोना भाईरसको उच्च सर्तकताका लागि चिकित्सकहरू छलफलसमेत गरिएको छ।

अस्पतालका अध्यक्ष रिजालको अध्यक्षतामा भएको छलफलले कोरोना संक्रमण रोक्नका लागि खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको हो।

कोरोना संक्रमण भित्रिन नदिन अभियान सञ्चालन गर्नेसमेत निर्णय गरेको छ। साथै कोरोना संक्रमणको फोकल पर्सनका रूपमा हस्पिटलका फिजिसियन डा. ज्ञानेन्द्र पाण्डेलाई तोकिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here