Monday, April 15, 2024
Homeसमाजराप्ती बबई क्याम्पस सञ्चालन समितिको अध्यक्षमा देवकोटा

राप्ती बबई क्याम्पस सञ्चालन समितिको अध्यक्षमा देवकोटा

- Advertisement -spot_img

तुलसीपुर,२९ फागुन ।
पश्चिम दाङको सामुदायिक क्याम्पस राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुरको नयाँ सञ्चालन समिति गठन गरिएको छ । क्याम्पस सञ्चालन समितिको फागुन १८ गते भएको विशेष साधारण सभाले तोकेको निर्वाचन प्रक्रिया माफर्त फागुन २९ गते सञ्चालक समितिमा नयाँ नेतृत्व आएको हो । शैक्षिक हवको रुपमा रहेको राप्ती बबई क्याम्पसले नयाँ नेतृत्व पाएसँगै अझ क्याम्म्पसले गति लिने विश्वास गरिएको छ ।

विशेष साधारण सभाले तोकेको निर्वाचन प्रक्रिया मार्फत नयाँ निर्विरोध रुपमा नयाँ सञ्चालन समिति चयन गरिएको हो । नयाँ क्याम्पस सञ्चालन समितिको अध्यक्षमा शिक्षा विद नेपाल सरकारका पुर्व सहसचिव विष्णुकुमार देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा निर्विरोध रुपमा पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएको निर्वाचन समितिका संयोजक महेशप्रसाद आचार्यले बताए ।
सञ्चालन समितिको उपाध्यक्ष मीनराज वली, कोषाध्यक्षमा विनिल केसी, र सदस्यमा निर्मल कुमार आचार्य, निर्मल कुमार आचार्य, विरबहादुर भण्डारी र नरेशकुमार राज भण्डारी निर्वाचित भएको निर्वाचन समितिको सदस्य तथा सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिए । १७ सदस्यीय रहने सञ्चालक समितिचार जनासदस्य सञ्चाक समितिबाट मनोनयन हुने र अन्य सदस्यहरु पदेयन सदस्य रहने व्यवस्था रहेको शर्माले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here