Monday, April 15, 2024
Homeफिचरराप्ती नदीमा जेसिबी

राप्ती नदीमा जेसिबी

- Advertisement -spot_img

देउखुरी, ११ चैत । देउखुरीको राप्ती नदीका विभिन्न क्षेत्रमा धमाधम जेसिबी प्रयोग गरेर ढुंगाजन्य वस्तु उत्खनन् भैरहेको छ । राप्ती नदीमा दिनदहाडै मेसेनरी औजार प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्दासमेत देउखुरीका स्थानीय तह बेखबर बनेका छन् ।
कतै राजनीतिक आडमा उत्खनन् भैरहेका छन् भने कतै नातेदार र भाइचाराका हिसाबले दिनहुँ उत्खनन् भैरहेको छ । नियमन निकायले नै नदी तथा खोलाबाट जेसिबी प्रयोग गरेर ढुंगाजन्य वस्तु उत्खनन् गर्न अनुमति दिएको पाइएको छ ।
देउखुरीका खोला तथा राप्ती नदीमा जथाभावी ढुंगाजन्य वस्तु उत्खनन् भैरहेको बारेमा अनुगमन गर्दै आएको जिल्ला अनुगमन तथा समन्वय समितिले आफै राप्ती नदिमा जेसिबी प्रयोग गर्न अनुमति दिएको छ । राजपुर गाउँपालिका वडा नं. २ मटेरिया घाटबाट जेसिबीको प्रयोग गरेर ढुंगाजन्य वस्तु उत्खनन् गरेर क्रसर उद्योगमा अनुमति दिइएको छ ।
प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन आइई भएको ठाउँमा मेसिनरी औजार प्रयोग गर्न जिल्ला अनुगमन तथा समन्वय समितिले अनुमति दिएको राजापुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।
यता जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले विकास निर्माणका लागि भनेर राजपुर गाउँपालिकाले अनुमति मागेकोले एक हजार घन मिटर ढुंगा संकलन गर्नका लागि अनुमति दिएको बताए ।
उत्खनन् गरिएको ढुंगाजन्य वस्तु व्यवसायिक प्रयोजनमा प्रयोग गर्न नपाइने नेपालीको भनाइ छ । त्यस्तै राप्ती गाउँपालिकामा पनि जिल्ला समन्वय समितिको अनुमति बिना नै राप्ती नदीमा उत्खनन् गरिएको छ । राप्ती नदीलाई एक धारमा बगाउने बहानामा उत्खनन् बढिरहेको छ । त्यो पनि जेसिबी प्रयोग गरेर ।
वडा नम्बर १ ले गाउँपालिकालाई अनुमतिका लागि सिफारिस गरेको वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले बताए । मैले गाउँपालिकालाई अनुमतिको लागि पत्र लेखे तर त्यो पत्रको दुरुपयोग भएर उत्खनन् सुरु भएछ । स्वच्छन्द निर्माण कम्पनीका अजय लामिछानेले गाउँपालिका नगएर आफूखुशी राप्तीमा जेसिबी लगाएछन्, यो बारेमा एकै पटक मिडियामा कुरा आएपछि मात्र थाहा पाए डिसीले भने ।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफूलाई कुनै जानकारी नदिएर जेसिबी प्रयोग गरेको बताउँदै उत्खनन् गर्न प्रयोग भएका जेसिबी नियन्त्रण गरेर फेरी किन र कसको निर्देशनमा छोडियो यो जवाफ जिल्ला समन्वय समितिले दिनुपर्ने बताए । पछिल्लो केही दिनदेखि नदीमा स्काभेटर प्रयोग बढिरहेको छ । विभिन्न बहानामा स्काभेटेर प्रयोग गरेर ढुङ्गाजन्य बस्तुको उत्खनन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here