Thursday, March 28, 2024
Homeफिचरराप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

- Advertisement -spot_img

मसुरिया (दाङ), २६ बैशाख ।
राप्ती गाउँपालिकाको आर्थिक वर्ष ०७४÷७५ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार मसुरियामा सम्पन्न भएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिका अध्यक्ष गोवद्र्धन रावतको अध्यक्षता, पूर्व सांसद सुशीला चौधरीको प्रमुख आतिथ्यतामा सुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, नौवटै वडा अध्यक्षहरु तथा राप्ती गाउँपालिकाका विषयगत शाखाका प्रमुखहरुले राप्ती गाउँपालिकाको हालसम्मको गतिविधि जानकारी गराएका थिए ।
राप्ती गाउँपालिकाका सरोकारवालाहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वन वातावरण फोहोरमैला तथा विपद ब्यवस्थापन शाखाका रेशमराज अधिकारी, आर्थिक विकास शाखाका हेमराज आचार्य, भूमि ब्यवस्थापन तथा भवन नियमन शाखाका शेषमणि पौडेल, न्याय कानून तथा मानवअधिकार प्रवद्र्धन शाखाका राजेन्द्र कुमार घिमिरे, सामाजिक विकास शाखाका नारायण राउत, आर्थिक प्रशासन शाखाका लेखापाल धर्मराज वली, सहरी पूर्वाधार विकास शाखाका ई. दिपक खड्का र सञ्चार शाखाका तीर्थराज ज्ञवालीले हालसम्मको गतिविधि प्रस्तुत गरेका थिए भने सहभागीबाट आएको प्रश्नको उत्तर समेत दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सरोकारवाला नागरिकहरुले गाउँपालिकाको सेवा सुविधा तथा कार्यप्रणालीप्रति प्रश्न तथा सुझाव राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकारद्वय केपी घिमीरे तथा लिला शाहले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here