Friday, March 29, 2024
Homeफिचरराप्ती गाउँपालिकाका वडाको योजना छनौट

राप्ती गाउँपालिकाका वडाको योजना छनौट

- Advertisement -spot_img

मसुरीया (दाङ), ५ असार ।
राप्ती गाउँपालिकाका हरेक वडाका टोल बस्तीहरुबाट आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि योजना छनौट गरिएको छ । राप्ती गाउँपालिकाका हरेक टोल बस्तीको विकास र नागरिकको सहजताको लागि राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालय लागिपरेको र स्थानीय सरकारको प्रत्याभूति गर्न पाउनुपर्ने अधिकार नागरिकको भएसँगै नागरिकले पनि राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको प्रत्यक्ष जनतासँग सरोकार राख्ने विकासका योजना तथा कार्यक्रम हामी सबैको हो भन्ने सोंचका साथ हातेमालो गरेर अगाडि बढेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
राप्ती गाउँपालिका स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले वडाहरुलाई प्रस्ताव गरे अनुसारको बजेटमा आधारित रहेर टोल बस्तीको योजना छनौट गर्ने, पहिचान गर्ने कार्य सम्पन्न गरिएको राप्ती गाउँपालिकाका नौवटै वडा अध्यक्षहरुको भनाइ रहेको छ ।
राप्ती गाउँपालिका स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले वडाहरुलाई आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपद् ब्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रको योजना छनौट गर्न र नागरिकका आवश्यकतालाई प्राथमिकीकरण गरी योजना छनौट गर्न आग्रह गरेको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

राप्ती गाउँपालिकाका हरेक टोल बस्ती तथा वडाहरुबाट आगामी आर्थिक वर्षका लागि योजना छनौट भैसकेको र वडागत रुपमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको प्रस्ताव अनुसारको बजेटमा रहेर योजना प्राथमिकताका आधारमा प्राप्त भएको हुँदा आगामी गाउँ कार्यपालिकाबो बैठक तथा गाउँसभाबाट स्वीकृत गरी कार्य साउन १ गतेबाटै नयाँ आर्थिक वर्षको योजनाको काम थालिने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।
राप्ती गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले वडा नम्बर ८ का लागि प्रस्ताव गरेको बजेट अनुसार टोल बस्तीमा वडा समितिका सदस्यहरुलाई जिम्मेवारी अनुसार परिचालन गरी नागरिकहरुको आवश्यकता अनुसारको योजना छनौट गरिएको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरको भनाइ रहेको छ ।
राप्ती गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले वडा नम्बर २ मा आगामी आर्थिक वर्षका लागि ८५ लाख ६३ हजार बजेट प्रस्ताव गरेको र टोल बस्तीमा गठन भएको टोल विकास संस्थाका सदस्यहरुको उल्लेख्य सहभागितामा योजना छनौट गरिएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिए ।
राप्ती गाउँपालिका वडा नम्बर ६ मा नागरिकहरुले टोल बस्तीबाट खासगरी बाटो सडक स्तरोन्नति, कृषि सिंचाई, पशुपालन तथा लक्षित वर्गका लागि बजेट माग गरेको र जनप्रतिनिधि तथा कर्मचारी संयुक्त रुपमा टोल बस्तीमा योजना छनौटमा सहभागी हुँदा नागरिकलाई गाउँगालिकाका सञ्चालन भैरहेका तथा आगामी कार्यक्रमका बारेमा लाभ लिनसमेत नागरिकलाई जानकारी गराइएको वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चौधरीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here