Tuesday, April 16, 2024
Homeफिचररातो नम्बरमा भाडाका यात्रु

रातो नम्बरमा भाडाका यात्रु

- Advertisement -spot_img
दाङ, १० जेठ ।
यात्रुः हलो हजुर तपाई बा ८ च ७४७ नम्बरको गाडी मालिक हुनुहुन्छ ?
गाडी मालिक  हजुर हो, कहाँ जानुपर्ने हो र ?
यात्रु  २/४ दिनपछि नेपालगंज जानुपर्ने थियो, त्योभन्दा पनि यात्रु बोक्नुहुन्छ कि नै ? कति होला भाडा ?
गाडी मालिकः मज्जाले बोक्छौँ, भाडा भेटेरै भनौँला, बरु जानुभन्दा १/२ दिन अघि भन्नुहोला । आजभोलि विवाहको सिजन भएकाले अलि बढी व्यस्त छु ।
यो रातो नम्बर प्लेटको गाडीलाई भाडाका यात्रुले गरेको कुराकानी हो । यसरी खुलेआम रातो नम्बर प्लेटका गाडीहरुले मनमर्जी भाडा असुल्दै यात्रुहरु बोक्ने गरेका छन् । बा ८ च ७४७ नम्बरको रातो प्लेट अर्थात् निजी गाडी हो ।
निजी गाडीले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर निजी गाडीले खुलेआम भाडाका यात्रु बोक्ने गरेको छन् । यातायात व्यवस्था कार्यालय राप्तीका अनुसार दाङमा करिब ४ हजार रातो प्लेटका जिप छन् । ति अधिकांशले दैनिकरुपमा भाडाका यात्रु बोक्ने गरेका छन् । भाडामा यात्रु बोक्ने सवारी साधन फरक भए पनि रातो प्लेटले रिजर्भको नाममा यात्रुलाई लुट्नसम्म लुटेको एक यात्रुले बताए ।
जिल्लामा अधिकांश रातो प्लेटका गाडीले सवारी बोक्दा कालो प्लेट अर्थात् भाडाका सवारी साधन मारमा पर्ने गरेका छन् भने राज्यलाई समेत राजस्वमा करोडौँको घाटा हुने गरेको छ । रातो प्लेट निजी सवारी साधनले भाडाका यात्रु बोक्दा राज्यलाई घाटा हुने गरेको राप्ती यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख मित्रलाल ढकालले बताए ।

निजी गाडीले भाडाका यात्रु बोक्न नपाउने नियम छ । तर निजी गाडीले खुलेआम भाडाका यात्रु बोक्ने गरेको छन् । यातायात व्यवस्था कार्यालय राप्तीका अनुसार दाङमा करिब ४ हजार रातो प्लेटका जिप छन् । ति अधिकांशले दैनिकरुपमा भाडाका यात्रु बोक्ने गरेका छन् ।

‘कालो प्लेट सार्वजनिक सवारी साधनले रुट परमिट वाफतको कर, प्रत्येक ४/४ महिनामा जाँच पास गराउने र तोकिएको रुटभन्दा बाहिर गए प्रतिकिलोमिटरको २ रुपैयाँ राज्यलाई राजस्व बुझाउनुपर्छ तर रातो नम्बर प्लेटका सवारीले ति सबै कर तिर्नुपर्दैन्, जसले गर्दा राज्यलाई राजस्व घाटा हुने गरेको छ’ उनले भने ।
‘त्यस्तै खालको समस्या सार्वजनिक सवारीमा पनि आउन सक्छ तर सवारी धनीलाई कुनै दोष हुँदैन्, कानुनी सजाय सम्बन्धित व्यक्तिले मात्रै भोग्नुपर्छ तर निजीमा त भाडामा बोकेको थिए भने उम्कन मिल्दैन्’ उनले थपे ।
रातो नम्बर प्लेटको सवारीले भाडाका यात्रु बोक्दा कालो नम्बर प्लेट अर्थात् सार्वजनिक यातायातका सवारी धनी पनि मर्कामा पर्ने गरेका छन् । ‘ठूलावडा भनिनेहरुले रातो नम्बर प्लेटको सवारी भाडामा बढी प्रयोग गर्ने गरेका छन्,
इज्जत र साखका लागि भएपनि अधिकांशले रातो नम्बर प्लेटका सवारी भाडामा प्रयोग गर्छन्, जसले गर्दा हामी वैधानिक भाडाका सवारी धनीहरु मर्कामा परेका छौँ, पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाहले भने, सम्बन्धित निकायले चासो दिन सकेको छैन् । हामी यात्रु बोक्ने भनेर कर तिर्छाै रातो प्लेटकाले कर नतिरेरै भाडामा यात्रु बोक्छन् यसको नियमन राजयले गर्न सक्नुपर्छ ।
रातो नम्बरका सवारी व्यक्तिदेखि सरकारी कार्यालयले समेत भाडामा प्रयोग गर्ने गरेका छन् । विभिन्न समयमा रातो नम्बर प्लेटका सवारी सरकारी कार्यालयले पनि प्रयोग गर्ने गरेको अध्यक्ष शाहले भने ‘केही सरकारी कार्यालयका कर्मचारीले पनि कार्यालयको कामका लागि भाडामा निजी सवारी साधन प्रयोग गर्ने गरेका छन्, अहिले ठ्याक्कै नभनिहालौँ तर प्रायजसो यस्तै हुने गरेको छ ।’
रातो प्लेटका सवारी भाडामा प्रयोग गर्दा स्वयम् यात्रुलाई पनि समस्या हुने गर्छ तर इज्जतका लागि भएपनि विभिन्न व्यक्तिले निजी सवारी नै भाडामा प्रयोग गर्ने गरेका छन्, उनले भने ‘सार्वजनिक सवारी साधनमा यात्रुको बिमादेखि औषधि उपचारको व्यवस्था हुन्छ, तर निजीमा यो कुनै व्यवस्था हुँदैन्, जसले गर्दा यात्रु पनि असुरक्षित हुन्छन् ।
रातो नम्बर प्लेटका सवारी साधन भाडामा प्रयोग गर्न नपाईने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदनबहादुर कुँवरले बताए । ‘हामीले भाडामा लागेका रातो प्लेटका सवारी पक्राउ गरेर यातायात व्यवस्था कार्यालयलाई बुझाउने गरेका छौँ’,
उनले भने ‘हामीले ठूलो कारवाही गर्न मिल्दैन्, बढीमा १८ हजार जरिवाना लिने गरेका छौँ, कारवाहीमा परेका धेरै छन् । हामीले कारवाही नै नगरेको भन्ने होइन् ।’ ट्राफिक प्रहरीले पक्राउ गरेको बताउने गरेपनि विभिन्न बहानामा निजी सवारी साधन भाडामा चल्ने गरेका छन् । रातो प्लेटका गाडीले भाडामा जाँदा मनोमानी तोकेर भाडा लिने गरेका छन् ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here