Saturday, March 23, 2024
Homeसम्पादकीयराजमार्ग बचाऊ

राजमार्ग बचाऊ

- Advertisement -spot_img

पूर्व–पश्चिम राजमार्ग जीर्ण भन्दै गएको सार्वजनिक भएको छ । सडक हेर्ने निकायले नै राजमार्गमा विभिन्न कारणले समस्या आएको र जीर्ण बन्दै गएको भन्दै सबैलाई यस विषयमा सोच्न आग्रह गर्नुले पनि राजमार्गको अवस्था कमजोर हुँदै गएको प्रष्ट पार्छ । पूर्व–पश्चिम राजमार्गमा नदीजन्य वस्तु ओसारपसारमा रहेका सवारी साधनले सामान्य सावधानी नपनाउँदा राजमार्ग जीर्ण बन्दै गएको देखिन्छ । नदीजन्य वस्तु बोकेका ढुवानीका साधनहरुले वस्तुसँगै सडकमा लामो समयदेखि पानी चुहाउँदै गुडिरहेका कारण राजमार्ग जीर्ण बन्दै गएको भनिएको छ । यो अवस्था राजमार्गमा ल्याउन नदिई ब्यवस्थापन गर्नतर्फ सबैले सोच्न जरुरी छ । सडकको महत्व बुझेर यो अनुसारको सबैले भूमिका निभाएपछि मात्रै यसलाई संरक्षण गर्न, बचाउन सकिन्छ ।
पूर्व–पश्चिम राजमार्गमा टिप्परको पानीका कारण एकलाइन झण्डै २० किलोमीटर सडक पूरै चिसो देखिनुले लाइफ लाइन कमजोर बन्दै गएको बुझिन्छ । सडकमा सवारी साधन गुड्ने हो । क्षमता अनुसार मात्रै सही ढंगले गुड्न सके राजमार्ग त्यत्तिकै टिकाउ र बलियो हुन्छ र तर सवारी साधनमा लोडको समेत क्षमता बढाएर त्यो पनि बालुवाको पानी बोकेर सडकभरी चुहाउँदै टिप्पर तथा ट्रक हिड्दा सडकको पूर्णरुपमा जीर्ण नै बन्छ । अहिलेको अवस्था पनि त्यस्तै देखिएको छ । पानी चुहाउँदै नदीजन्य वस्तुको ओसारपसार गरिरहेका सवारी साधनहरुलाई नियन्त्रण गरी ब्यवस्थापन गर्नसकेमा मात्रै यो समस्या समाधान हुने र राजमार्गको आयु बढ्ने छ । नियमन गर्ने निकायले यसमा ध्यान दिनै पर्छ । ध्यान दिन सक्ने हैन भने दीर्घकालिन रुपमा राजमार्ग जीर्ण हुन्छ । पानीकै कारण कालोपत्रे उम्कनेदेखि सडकमा खाल्डाखुल्डी पर्नेसम्मको अवस्था अहिले सिर्जना भएको छ । ध्यान नदिदा राजमार्गको कालोपत्रे बिग्रन थालेको छ । राजमार्गमा खाल्डाखुल्डी बढिरहेको छन । लाइफ लाइनको रुपमा रहेको राजमार्ग क्रमिक रुपमा जीर्ण बन्दै गएको छ । यहि अवस्था रहिरहे राजमार्गको दाङ खण्ड पूरै जीर्ण हुने देखिन्छ । जीर्ण बन्न थालेको राजमार्ग मर्मत मात्रै नभएर सडकमा हुने अन्य कार्यहरुलाई पनि रोक्न सकेमा राजमार्ग बचाउन र सुरक्षित गर्न सकिन्छ । पानी चुहाउँदै जाने सवारी साधनलाई कारवाही गरी सुख्खा सामान मात्रै बोक्ने ब्यवस्था गर्नसके सडकलाई सधै सुरक्षित राख्न सकिन्छ । यदि गर्न सकिएन भने राजमार्ग टिकाउन र दीर्घकालिन हुन सक्दैन । यसमा सबै सरोकारवाला सचेत र सजक हुन आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here