Thursday, March 28, 2024
Homebreaking-newsरक्तसञ्चार केन्द्रलाई एसी सहयोग

रक्तसञ्चार केन्द्रलाई एसी सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ८ जेठ । रक्तसञ्चार केन्द्र घोराहीलाई एसी सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ का ठाकुरप्रसाद शर्मा, ज्ञानु शर्मा र उनका छोरा अजित पोख्रेलले नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र घोराहीलाई ६५ हजार बराबरको एसी सहयोग गरेका हुन् । अहिले पोख्रेल अमेरिकामा छन् ।
बुधबार घोराही ब्लड बैंकमा पुगेर रेडक्रस सभापति नारायण आचार्यलाई ज्ञानु शर्माले एसी हस्तान्तरण गरेकी हुन् । उनले मानव जीवनका लागि रगत आवश्यक हुने र त्यसको व्यवस्थापन सहजका लागि आफ्नो परिवारले सानो सहयोग गरेको बताइन् ।
‘ब्लड बैंकका लागि अति आवश्यक रहेको थियो सहयोग प्राप्त भएको छ’, रेडक्रस सभापति नारायण आचार्यले भने, ‘यो मानवीय सेवाका लागि महत्वपूर्ण सहयोग हो ।’
ब्लड बैंकमा एसी नहुँदा रगत व्यवस्थापनमा समस्या हँुदै आएको थियो । कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here