Thursday, March 28, 2024
Homeमुख्य खबररक्तअल्पतामुक्त गाउँपालिका बनाउँछौं

रक्तअल्पतामुक्त गाउँपालिका बनाउँछौं

- Advertisement -spot_img

दंगीशरण, ४ असार । दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई निरोगी रक्तअल्पतामुक्त गाउँपालिका बनाउनुपर्ने बताएकी छन् । रक्तअल्पताले अझै पनि अधिकांश जनसंख्या पीडित रहेको भन्दै यसलाई न्यूनीकरण गर्नतर्फ लाग्नुपर्ने बताइन् ।
किशोरी आइरन तथा फोलिक एसिडसम्बन्धी वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उपाध्यक्ष वलीले गाउँपालिकामा स्वास्थ्य शाखा, अस्पताल सबै जिम्मेवार संघसंस्था भएकाले गाउँपालिकाभित्र रक्तअल्पताका बिरामीहरुमा कमी आउनुपर्ने उनको धारणा थियो ।
हरेक मानिसको जीवन निरोगी हुनुपर्ने भन्दै उपाध्यक्ष वलीले स्वस्थ स्वास्थ्यमूखी गाउँपालिका निर्माणका लागि गाउँपालिकाले जस्तोसुकै कार्यक्रम गर्न तयार रहेको बताईन् ।
उक्त अवसरमा स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीले प्रदेश नम्बर ५ मा उल्लेख गरिएको एक तथ्यांकका अनुसार २८ सय जनसंख्यामा ४४ प्रतिशतमा रक्तअल्पता भएको हुन सक्ने अनुमान गरिएको बताए ।
उनले यस रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान दिनुपर्ने भन्दै ६० प्रतिशत मिलिग्राम आईरनले रगतको मात्रा बढाउने र ४ सय प्रतिशत माईक्रोग्राम फोलिक एसिडले बृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सुआहाराका पोषण अधिकृत लील बहादुर नेपालीले रक्तअल्पताको प्रकोप र जनस्वास्थ्य समस्या, नेपालमा किशोरीहरुको रक्तअल्पताको प्रकोप २० प्रतिशतमा गम्भीर समस्या देखिएको, नेपालमा रक्तअल्पता बढ्दो अवस्थामा रहेको,
विश्वब्यापी रुपमा नेपालमा ब्यापक रुपमा रक्तअल्पता ६८.५ देखि ७० प्रतिशतमा भएको र १३ देखि २० प्रतिशतमा कमी आएको बारेमा जानकारी गराएका थिए ।
यस्तै डब्लुएचओका अनुसार रक्तअल्पता भएकाहरुलाई २० प्रतिशत बढी आईरन एसिड खुवाउने, आईरन फोलिक एसिड चक्की खाँदा हुनसक्ने सामान्य असरहरु, ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा शिक्षक केशव अधिकारीले यस कार्यक्रमका फोकल पर्सन नियमित हुनुपर्ने, गाउँपालिकाले वजेटको ब्यवस्थापन गर्नु समय–समयमा गोष्ठीको आयोजना गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
उक्त अवसरमा किशोरीहरुलाई आईरन फोलिक एसिड वितरण गर्ने कार्यक्रमअन्तर्गत कार्ययोजना तयार गरिएको थियो । जसमा २०७६ असार ८ गतेभित्र हरेक विद्यालयमा उपलब्ध गराईसक्नुपर्ने, किशोरीहरुको तथ्यांक एक हप्ताभित्र संकलन गरिसक्नुपर्ने,
आईरन फोलिक एसिड खुवाउन हरेक विद्यालयमा असार १० गतेबाट शुरु गरी पहिलो चरणमा कार्तिक पहिलो हप्ता र दोस्रो चरणको समाप्त भईसकेपछि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जस्ता कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१० देखि १९ बर्ष उमेर समूहका सबै किशोरीहरुमा यो रोग देखापर्ने भन्दै आईरनको कमीले हुने रक्तअल्पताको नियन्त्रणमार्फत किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउने, किशोरीहरुमा रक्तअल्पता न्यून गर्ने,
पोषण शिक्षामार्फत किशोरीहरुमा आईरनयुक्त खानाको सेवन गर्ने, ब्यवहारमा सुधार ल्याउने, उद्देश्यका साथ गाउँपालिकको स्वास्थ्य शाखाको आयोजना तथा सुआहाराको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
स्वास्थ्य शाखाका प्रमुख विष्णु क्षेत्रीको अध्यक्षता एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here