Sunday, April 14, 2024
Homeफिचरयुवाको भैसी मोह

युवाको भैसी मोह

- Advertisement -spot_img

लाखौँ युवापुस्ता रोजगारको खोजीमा भौँतारिहेका छन् भने कतिपय युवा रोजगारीका लागि विदेशिने गरेका छन्, तर अवसरको खोजी गर्न सक्ने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने धेरै उदाहरणहरु पनि छन् । नेपालमा रोजगारी गर्ने, नेपाली माटोमा पसिना दिएर लाखौँ आम्दानी गर्ने धेरै युवाहरुको आकर्षण पशुपालन व्यवसायतर्फ बढ्दै गएको छ । पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि अधिकांश युवाको आकर्षण पशुपालन व्यवसायमा जान थालेको छ । यस्तै पछिल्लो समय स्वदेशमै रोजगारीका अवसर धेरै छन् भन्ने सफल उदाहरण दिएका छन् लक्ष्मण विवश डाँगी र हेमन्त खड्काले । करिब डेढबर्ष अघि रुकुमबाट दाङको घोराहीमा आएर भैसीपालन व्यवसाय थालेका डाँगी र खड्काले अहिले मासिक डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

एचए पढेर खर्च भएको धेरै लगानी जागीरबाट नउठ्ने देखेका डाँगी र बैदेशिक रोजगारको अनुभव संगालेका खड्काले भैसीपालन व्यवसायबाट रोम्रो आम्दानी हुने देखेपछि यसतर्फ आकर्षित भएका हुन् ।


घोराही उपमहानगरपालिका–१८ मा व्यवसायीक रुपमा भैसी फर्म सञ्चालन गरेका रुकुमका–२ युवा डाँगी र खड्काले ईच्छा र जागर भए स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण दिएका छन् । व्यापार व्यवसाय थालेका धेरै व्यवसायीलाई आफ्नो सामान कतिबेला बेच्ने भन्ने पिर हुन्छ तर डाँगी र खड्कालाई आफ्नो उत्पादन कसरी बेच्ने भन्ने पिर कहिल्यै भएन् । ति दुई युवालाई बजारमा दूध ल्याएपछि कतिबेला बेच्ने भन्दा पनि बजारमा माग अनुसार दूध पु¥याउन सकिदैन की भन्ने पिरले सताउने गरेको छ । बजारमा माग अनुसार दूध पु¥याउन नसकिएको उनीहरु बताउँछन् । हामीले बजारमा लैजाने दुधको गुणस्तर भएका कारणले पनि होला माग धेरै हुने गरेको एक व्यवसायी खड्काले बताए । दाङको घोराही आएका डाँगी र खड्काले मिलीजुली बहुउद्देश्य पशुपालन फर्ममार्फत आफ्नो व्यवसाय शुरुवात गरेको छोटो समयमै मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–१८ मा उनीहरुले सञ्चालन गरेको पशुपालन फर्ममा अहिले करिब १७ वटा भैँसी छन् । उनीहरुले भैँसीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेपछि दंग छन् । ति मध्ये डाँगी यसभन्दा अघि जागिरे पेशामा थिए भने खड्का वैदेशिक रोजगारमा गएका थिए ।


एचए पढेर खर्च भएको धेरै लगानी जागीरबाट नउठ्ने देखेका डाँगी र बैदेशिक रोजगारको अनुभव संगालेका खड्काले भैसीपालन व्यवसायबाट रोम्रो आम्दानी हुने देखेपछि यसतर्फ आकर्षित भएका हुन् । कर्मलाई सम्मान गर्दै भैसीपालन व्यवसाय शुरु गेरका दुईजना युवालाई कतिले स्याबासी दिने गरेका छन् तर कतिले दुखारी पेशा किन रोजेको भन्ने पनि गरेका छन् तर आफूहरु यो पेशा नै प्यारो लाग्ने गरेको उनीहरुको भनाइ छ । उनीहरु भन्छन्– दुःख त धेरै छन् तर आम्दानी आउँदा दुःख सबै बिर्सिन्छ ।
मलाई अमेरिका यही,
मलाई जापान पनि यही,
मलाई मलेसिया यही’
लोक गायक पशुपति शर्माको यो गीतले लक्ष्मण र हेमन्तलाई उर्जाशील बनाएको छ । दैनिक रुपमा दश हजार बढीको दूध बिक्री हुने गरेको लक्ष्मण विवश डाँगी बताउँछन् । करिब २५ लाखबाट व्यवसाय शुरु गरेका डाँगी र खड्कालाई शुरुमा त केही निरासाहरु पनि आए तर कर्म गर्दै जानुपर्छ भाग्य हामै्र पक्षमा हुन्छ भन्ने भनाई उनीहरुका लागि प्रमाणित भयो । शुरु–शुरुमा त निकै गाह्रो भयो तर पछि बिस्तारै आम्दानी शुरु भएपछि केही सहज हुँदै गयो खड्का बताउँछन् । उनीहरुले सरकारबाट कुनै अनुदान पाउन नसकेको गुनासो पनि गरेका छन् । सरकारले कृषि तथा पशुपालन व्यवसायलाई अनुदान दिन्छ रे तर हामीलाई केही थाहा छैन् ?

पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएपछि अधिकांश युवाको आकर्षण पशुपालन व्यवसायमा जान थालेको छ । यस्तै पछिल्लो समय स्वदेशमै रोजगारीका वसर धेरै छन् भन्ने सफल उदाहरण दिएका छन् लक्ष्मण विवश डाँगी र हेमन्त खड्काले ।


उनीहरुले सञ्चालन गरेको व्यवसायीक फर्ममा अरु चारजनाले समेत रोजगारी पाएका छन् । हेमन्त डाँगी भन्छन्– हामीले अरु कर्मचारी पनि थप्ने भनेका छौँ तर यो काम गर्न मानिसहरु खासै मन पराउँदैनन्, के गर्नु एक्लै सम्भव पनि छैन् काम गर्ने मान्छे पाइन गाह्रो छ । उनीहरुले भैसीपालन व्यवसाय मात्रै होइन् तरकारी खेतीसमेत गरेका छन् । तरकारी खेतीबाट पनि राम्रो आम्दानी गरेका छौँ व्यवसायी डाँगीले बताए । व्यवसायीक रुपमा टमाटर खेती शुरु गरेका डाँगी भन्छन् तरकारी खेती शुरु गरेपछि मल पनि काम लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here