Tuesday, March 26, 2024
Homeमुख्य खबरयुगल सांगीतिक कार्यक्रम हुने

युगल सांगीतिक कार्यक्रम हुने

- Advertisement -spot_img

तुलसीपुर, २२ साउन । दाङको तुलसीपुरमा यही साउन २५ गते युगल सांगीतिक कार्यक्रम २०७६ हुने भएको छ । दृष्टिबिहीन प्रेमबहादुर बुढाको सहयोगार्थ वरिष्ठ लोक गायक खड्गबहादुर बुढा र लिलावती बुढाकोे युगल सांगीतिक कार्यक्रम हुने भएको हो ।
सगरमाथा युवा क्लवको आयोजना तथा नेपाल मंगर संघ तुलसीपुर–७ को सहआयोजनामा तुलसीपुरमा हुन लागेको युगल सांगीतिक कार्यक्रममा पुराना हराउँदै गएका लोकगीत, गायक बुढा दम्पत्तिका अहिलेसम्मका बजारमा आएका विभिन्न सांगीतिक प्रस्तुतिहरु रहेने आयोजकले जनाएको छ ।
क्लवले युगल सांगीतिक कार्यक्रमबाट संकलित रकम तुलसीपुर–७ का दृष्टिबिहीन प्रेमबहादुरलाई दिने योजनाका साथ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक अर्जुन रोका मगरले जानकारी दिए ।
‘दृष्टिबिहीन प्रेमबहादुरको आर्थिक अवस्था निकै कमजोर छ, आखाँको दृष्टि राख्न करिब ९ लाख लाग्छ, हामीले त्यति ठूलो रकम त उठाउन नसकौँला तर पनि करिब ३ लाख प्रेमलाई नै दिने गरी कार्यक्रमको आयोजना गरेका छौँ’ उनले भने ‘युगल सांगीतिक कार्यक्रम हेर्न आउनु भनेको नै तपाईहरुले उहाँलाई सहयोग गर्नु हो, टिकट पनि सस्तो नै बनाएका छौँ, प्रति टिकटको एक सय मात्रै बनाएका छौँ, तपाईहरु जसले पनि सहयोग गर्न चाहनुभयो भने जति पनि सहयोग गर्न सक्नुहुन्छ ।’
क्लवले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमबाट पाँच लाख संकलन गर्ने लक्ष्य रहेको र संकलित रकम उनलाई हस्तारण गर्ने उद्देश्य रहेको संयोजक रोकामगरले बताए ।
क्लवका अध्यक्ष शिशिर खनालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ लोक गायक तथा बाद्यवादन खड्गबहादुर बुढाले पुराना लोक संस्कृति लोप हुँदै गएको अवस्थामा पुराना लोक संस्कृतिको पनि संरक्षण हुने र प्रेमलाई पनि सहयोगका लागि युगल सांगीतिक कार्यक्रमले सरंक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले नयाँ पुस्तामा पुराना भाकाहरुको जानकारी पनि हुने र दुष्टिबिहीन प्रेमबहादुर सहयोग गर्न आफूहरुले कार्यक्रम गर्न लागको बताए । ‘प्रेमको दृष्टिको लागि हामीले विभिन्न ठाउँमा यस्तै युगल सांगीतिक कार्यक्रम गर्ने योजना बनाएका छौँ’ उनले भने ‘हाम्रो सानो सहयोगले पनि कसैले उज्यालो संसार देख्न पाउँछ भने कार्यक्रममा सहभागी किन नहुने ?’
नेपाल मगर बौद्ध सेवा समाज प्रदेश नम्बर ५ का उपाध्यक्ष बलभद्र कुसारीले दृष्टिबिहीन बुढाको सहयोगार्थ गरिन लागेको युगल कार्यक्रम सहभागी हुन आग्रह गरे ।
युगल सांगीतिक कार्यक्रममा पुराना भाकाहरुमा विभिन्न नृत्य र स्थानीय कलाकार प्रेमविवश घर्ती, नीता पुन, ममता घर्ती, सन्ध्या मगरलगायतका कलाकारको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण नेपाल मगर संघ तुलसीपुर–७ का अध्यक्ष खगेन्द्र पुन मगरले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here