Thursday, March 28, 2024
Homeमुख्य खबरमृगौला पीडितलाई सहयोग

मृगौला पीडितलाई सहयोग

- Advertisement -spot_img

घोराही, ८ भदौ । घोराही उपमहानगरपालिका–१९ सैघा निवासी मृगौला पीडित केशरमान रोकालाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । बिहीबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी मृगौला पीडित केशरमान रोका बचाउँ अभियानकर्ताहरुले दुई लाख ४३ हजार एक सय रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तण गरेका हुन्  । घोराही उपमहानगरपालिका १९ सैघा निवासी ३१ वर्षिय केशरमान पाँच महिनादेखि दुबै मृगौला फेल भई टिचिङ हस्पिटल काठमाडौँमा उपचाररत हुनुहुन्छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि जगत जिएम, यज्ञराज खत्री, बमबहादुर खड्का, ज्ञानबहादुर रायमाझीले अभियानमार्फत सहयोग रकम जम्मा गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित केशरमानकी श्रीमती विमला रोकाले सहयोग गर्ने दाताहरु र मृगौलापीडित केशरमान रोका बचाऊँ अभियान चलाउनेहरुलाई धन्यवाद व्यक्त गरे । उपचार गराइरहेका आफ्ना श्रीमानको उपचारमा अहिलेसम्म करिव १०÷१२ लाख रुपैँया खर्च भैसकेको र थप सात लाख रकम आवश्यक पर्ने जानकारी गराइन् ।
उपचारका लागि आर्थिक स्थिति कमजोर भएको जनाउँदै उनले भएको रकम र सम्पत्ति उपचारमा सकिएकाले समस्या भएको जानकारी गराइन् । अहिले हप्ताको दुई पटक मृगौला डाइलाइसिस गराइरहेको र दुई सातापछि प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले भनेको विमलाले बताइन् । उपचारका लागि अहिले दुई लाख ९७ हजार दुई सय ३४ रुपैयाँ सहयोग अभियानमार्फत जम्मा भएको छ । भने केही समय पहिले जेसीस कार्यक्रमबाट ५४ हजार एक सय ९४ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here