Saturday, April 20, 2024
Homeफिचरमुलुकी ऐनको शुभारम्भमा प्रभातफेरी

मुलुकी ऐनको शुभारम्भमा प्रभातफेरी

- Advertisement -spot_img

तुलसीपुर, १ भदौ । नयाँ मुलुकी ऐन लागू भएपछि दाङमा यसको स्वागतका लागि प्रभातफेरी गरिएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता शुक्रबार भदौ १ गतेदेखि कार्यान्वयनमा आएको अवसरमा दाङमा प्रभातफेरी र अन्तरक्रिया गरेर स्वागत गरिएको छ । उच्च अदालत तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका र दाङ देउखुरी जिल्ला अदालतको संयुक्त आयोजनमा शुक्रबार बृहत् कार्यक्रम गरिएको छ । उच्च अदालत तुलसीपुरमा प्रभातफेरी कार्यक्रम र तुलसीपुर उद्योग वाणिज्य संघमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा न्यायपरिषद्का सदस्य पदम वैदिकले बैदीकले शुक्रबारदेखि लागू भएको संहिताले आन्दोलन नभई शान्ति ल्याउने बताए । सहिंता कार्यान्वयनपछि आवश्यकता अनुसार संशोधन गर्न सकिने जानकारी उनले दिए । उनले संहिता सबैको हितमा रहने भन्दै त्यसलाई संशोधनको माध्यमबाट अध्यावधिक गर्न सकिने बताए । आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ उनले भने । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रितिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको अध्यक्षता एवं न्यायपरिषद्का सदस्य पदम वैदिकको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपाली, तुलसीपुर उप–महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, उच्च सरकारी वकिल कार्यालयका सह–न्यायधिवक्ता चक्रदेव आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला सचिव भूपेन्द्रप्रकाश वली, पुनरावेदन वार एसोसिएसनका अध्यक्ष विजय पौडेल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य दाङ देउखुरी जिल्ला अदालतका न्यायधीश हेमन्त रावलले गरेका थिए । सहजीकरण उच्च अदालत तुलसीपुरका रजिष्ट्रार श्रीलाल पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here