Sunday, March 24, 2024
Homeमुख्य खबरमुखपत्रको लोकार्पण

मुखपत्रको लोकार्पण

- Advertisement -spot_img

घोराही, ५ कार्तिक । नेपाल स्तम्भकार समाजले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बडादसँै, दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्तम्भकार समाजले समाजका समसामयिक विषय तथा समाज परिवर्तनका लागि कलम चलाउनुपर्ने बताएका थिए । कलमको माध्यमबाट समाजलाई बदल्न सकिने भन्दै त्यसको नेतृत्व स्तम्भकार समाजले गर्नुपर्ने सुझाव दिएका थिए ।
स्तम्भकार समाज दाङका अध्यक्ष केबी मसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरीले समाज बदल्न कलम सशक्त माध्यम रहेको भन्दै समाजले यसको अगुवाई गर्न सकेमा राम्रो हुने बताए ।
कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, वरिष्ठ साहित्यकार गिरिराज शर्मा, शशीधर भण्डारीलगायतले चाडपर्वलाई सद्भावका रुपमा विकास गर्नुपर्ने बताए । समाजका उपाध्यक्ष निमबहादुर थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पद्मप्रसाद शर्माले गरेका थिए । यसैबीच समाजले स्तम्भकार समाज वार्षिक मुखपत्रको लोकार्पण समेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here