Wednesday, March 27, 2024
Homeमुख्य खबरमुक्त कम्लहरी आत्मनिर्भर बन्नुपर्छः चौधरी

मुक्त कम्लहरी आत्मनिर्भर बन्नुपर्छः चौधरी

- Advertisement -spot_img

तुलसीपुर, २७ साउन । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले मुक्त कम्लहरीहरुको रुचि अनुसार सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन् ।
मुक्त कम्लहरी मञ्च दाङको नवनिर्मित भवनको उद्घाटन गर्दै सचेतक चौधरीले मुक्त कम्लहरीले आफ्नो जीवन परिवर्तन गर्नका निमित्त पहिला शिक्षा लिनुपर्ने आवश्यक रहेको सचेतक चौधरीले बताइन् ।
‘अहिलेको अवस्था सबैभन्दा ठूलो भनेको शिक्षा हो, शिक्षा भयो भने सबै चिज प्राप्त गर्न सकिन्छ, त्यसैले हामी सबैले आफ्नो रुचिअनुसार शिक्षामा केन्द्रित हौँ’, उनले यदि कसैलाई आर्थिक अभावको कारणले शिक्षाबाट बञ्चित भए आफूले सहयोग गर्ने बताइन् ।
‘मुक्त कम्लहरी, कमैया, हलियालगायत पछाडी पारिएका समुदाय वर्गहरुको लागि सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरेको बताउँदै चौधरीले प्राविधिक शिक्षातर्फ पनि विशेष कोटा दिइरहेको छ’,
उनले भनिन् ‘पढ्न नसकेको वर्ग समुदायका लागि विभिन्न आयआर्जनसँग जोडेर सिपमूलक तालिम, अनुदान दिइरहेको छ, त्यसको लागि हामीले सम्बन्धित निकायमा बुझाँै र आफ्नो लागि आफै सक्रियाताका साथ अगाडि बढौं ।’
कार्यक्रममा घोराही उपमहागरका नगर प्रमुख नरुलाल चौधरीले मुक्त कम्लहरीहरुले नवनिर्मित भवनलाई सहि सदुपयोग गरेर मुक्त कम्लहरीहरुको भविष्यसँग जोडेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रममा मुक्त कम्लहरीहरुलाई उद्धार, पुस्र्थापना र उनीहरुको जीविकोपार्जनसँगै विभिन्न प्राविधिक शिक्षामा सहयोग गर्दै आएको युथ फाउण्डेसन नेपालका कार्यकारी निर्देशक राजु धमलाले बताए ।
‘पढ्न चाहनेलाई पढाउने, पढ्दा पढ्दै बीचमा पढाइ छाड्नेहरुलाई प्राविधिक शिक्षा र व्यावसायिक कृषि गर्नेहरुलाई विभिन्न सिपमूलक तालिममा सहयोग गरिरहेका छौ,
निर्देशक धमलाले आफूहरुले झण्डै १९ वर्षदेखि मुक्त कम्लहरीहरु सँगसँगै रहेको र आफू बाँच्दासम्म सँगसँगै रहने बताए । यो १९ बर्षको दौडानमा नेपाल सरकारले मुक्त कम्लहरीहरुको लागि झण्डै एक करोड लगानी गरेर घर बनाइदिएको उनले जानकारी दिए ।
मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका १७ का वडा अध्यक्ष खुशीराम चौधरी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद केसी, नेपाल पत्रकार महासंघ दाङका सचिव भूपेन्द्र वली, मुक्त कम्लहरी विकास मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरी लगायतले नयाँ भवन निर्माणले थप सहयोग पुगेको बताए ।
यसैबीच मुक्त कम्लहरीहरुले झण्डै एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्त कम्लहरी विकास मञ्चको ८ लाख ८ हजार आठ सय ८ लागत सहभागिता र मुक्त कम्लहरी विकास मञ्चको
आन्तरिक कोषबाट ८ लाख ३ हजार १ सय ८३ गरेर कुल ९७ लाख २७ हजार ७१ रुपैयाँमा साढे तीनतले भवन निर्माण गरिएको मुक्त कम्लहरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् । घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित निर्माण गरिएको साढे तीनतले भवनको आइतवार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here