Thursday, April 25, 2024
Homeफिचरमहोत्सवमा बदिया भालेको व्यापार बढी

महोत्सवमा बदिया भालेको व्यापार बढी

- Advertisement -spot_img

घोराही, १४ माघ । दाङको घोराही जारी पोल्ट्री महोत्सव तथा प्रदर्शनीमा बदीया भालेको व्यापार राम्रो देखिएको छ । पोल्ट्री व्यवसाय सँगै स्थानीय उत्पादनको बजारीकरणका लागि आयोजना गरिएको महोत्सवमा बदीया भालेको व्यापार राम्रो भएको हो । महोत्सव स्थलमा बदीयाभाले राम्रो बिक्री हुने गरेको घोराही उपमहानगरपालिका १३ बडहराका व्यवसायी हर्कबहादुर चौधरीले बताए । बदीयाभाले किनेर लैजाने ग्राहकको संख्या दैनिक रुपमा बढ्दै गएको उनको भनाई छ ।
महोत्सव अवलोकनका लागि आउने दर्शकहरुका लागि अन्य कृषि उत्पादनको सामाग्री पनि प्रदर्शनीमा राखिएको छ । महोत्सवमा टर्की जातका कुखुुरादेखि अल्लोबाट बनेका सामग्री बिक्रीका लागि राखिएको छ । त्यसैगरी, कुुखुुरा व्यवसाय सम्बन्धी परामर्श दिने गरिएको महोत्सव मुुल आयोजक समितिका संयोजक निमबहादुर बुुढाथोकीले जानकारी दिए । ‘कुखुरापालन तथा बजारीकरणको विकास–परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुुल नाराका शुुरु भएको महोत्सवमा दैनिक केन्द्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र मनोरन्जनका साधन हेरेर तथा चढेर दर्शकहरु रमाउने गरेका छन् । माघ १०गतेदेखि शुुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुुने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here