Friday, March 29, 2024
Homeसमाजमहिला उद्यमीको प्रदेश भेला

महिला उद्यमीको प्रदेश भेला

- Advertisement -spot_img

तुलसीपुर, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका महिला उद्यमीहरुको प्रदेश नम्बर ५ को भेला दाङमा हुने भएको छ । पुसको दोस्रो साता दाङको तुलसिपुरमा हुने भेलामा १२ जिल्लाका २९ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघअन्तर्गतका महिला उद्यमीहरु सहभागी बताइएको छ ।
जिल्लाहरुमा महिला उद्यमीहरुको अवस्था, उनीहरुका समस्या र सम्भावनालाई ब्यापकरुपमा छलफल गरेर उनीहरुलाई सिपमूलक कार्यक्रममा सहभागी गराउनु मुख्य उद्देश्य रहेको प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए । उनका अनुसार महिलाहरूलाई समूह बनाएर सिपमूलक कार्य, उत्पादन र पशुपालन गर्नसमेत थप प्रेरित गरिने बताए । साथै भेलामा सामान्य अन्य प्राविधिक कुराहरूसमेत सिकाइने प्रदेश अध्यक्ष तिवारीले बताए । ब्यवसाय सञ्चालन गर्दा लेखा राख्ने तरिकाका बारेमा समेत भेलामा जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ । महिलाहरुको प्रदेश भेलाको उदघाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित महिला नेतृ एवं प्रदेश सभासदहरुको समेत विशेष उपस्थिति रहने बताइएको छ ।

तुलसीपुर उवासंघको साधारणसभा

तुलसिपुर उद्योग वाणिज्य संघको २५औँ साधारणसभाको तयारी तिब्र पारिएको छ । पुस २१ गते शनिबारका दिन हुन लागेको संघको २५औँ साधारणसभाको तयारी र एजेन्डाहरु तय गर्न नियमित छलफल र परामर्श लिने काम भैरहेको छ वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताए । उनका अनुसार यो साधारणसभाले ब्यवसायिक र आर्थिक समृद्धिका एजेण्डामा बढी छलफल गरिने छ । साधारणसभामा केन्द्रीय अध्यक्ष भवानी राणासहित सबै केन्द्रीय पदाधिकारी, सातवटा प्रदेशका संयोजक, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहित देशभरका उद्योगी, ब्यवसायी दाङ आउने कार्यक्रम तय गरिएकोसमेत अध्यक्ष रावतले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here