Thursday, April 18, 2024
Homeमुख्य खबरमहायज्ञको आयव्यय सार्वजनिक

महायज्ञको आयव्यय सार्वजनिक

- Advertisement -spot_img

घोराही, २८ माघ । बराहक्षेत्र माध्यमिक विद्यालय सेवार वनगाउँको भौतिक पूर्वाधार विकास तथा प्रविधि शिक्षा सञ्चालन सहयोगार्थ आयोजित श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञानमहायज्ञ २०७५ को आयव्यय सार्वजनिक गरिएको छ । विद्यालयको भौतिक पूर्वाधार र प्राविधिक शिक्षाको विकासको लागि गत माघ ३ देखि १३ गतेसम्म आयोजना गरिएको महायज्ञको १ करोड ९१ लाख २७ हजार ६ सय ५३ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको छ । महायज्ञका आर्थिक समिति संयोजक भूपाल गिरीले दानदाताबाट १ करोड ६१ लख ७६ हजार ३ सय ३८ रुपैयाँ आम्दानी भएको बताए । चौरासी पूजाबाट ४२ हजार ४ सय २०, रुद्री पूजाबाट २ हजार चार सय पाँच, लाख बत्तीबाट ७ हजार पाँच सय पाँच, दैनिक पूजा आरतीबाट २ हजार २ सय ११, ग्रहपूजबाट ५ हजार एक सय १०, दूधबाट १ हजार चार सय, कलश बिक्री १० लाख ३४ हजार ५ सय २६, तुलादानबाट ३० लाख ३ सय ८८, दान पेटिका १ लाख ३१ हजार ५ सय ८५, ब्राह्मण भोजन ३१ हजार ७ सय ४०, धान, चामल, मह बिक्रीबाट २ लाख २१ हजार ८ सय ३ र भूमिदानबाट ११ लाख ७० हजार दुई सय २२ रुपैयाँ आम्दानी भएको बताए ।
त्यसमध्येबाट सचिवालय खर्च ३३ हजार ६ सय ५०, मन्दिर व्यवस्थापन ३० हजार ५९ रुपैयाँ, ईन्धन तथा यातायातमा ६५ हजार ६ सय ४६, पञ्चेबाजा ५५ हजार, विद्युतबाट १६ हजार ६ सय ५०, विज्ञापन, सूचना, प्रशारण तथा सञ्चारमा एक लाख १५ हजार ७ सय २३, टेण्ट, साउण्ड सिष्टममा ६ लाख, मञ्च व्यवस्थापनमा ६५ हजार ३ सय २५, भान्सा व्यवस्थापन (यज्ञ स्थल) ९४ हजार ९८ रुपैयाँ, छपाईमा एक लाख ९० हजार २ सय ६०, मूलवाचक, सहवाचक, उपवाचक, कलाकारवाट १५ लाख गरी ४० लाख ७२ हजार ३ सय १४ खर्च भएको बताए । आर्थिक व्यवस्थापक गिरीले १ करोड ५० लाख, ५५ हजार ३३९ बचत रहेको बताए । कार्यक्रम संयोजक विमला योगीको अध्यक्षतामा भएको थियो ।ैँ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here