Monday, April 15, 2024
Homeफिचरमहराबाट गल्ती भयोः प्रचण्ड

महराबाट गल्ती भयोः प्रचण्ड

- Advertisement -spot_img

घोराही, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख महराले नैतिक गल्ती गरेको बताएका छन् । महराको गल्ती कुनै क्रिमिनल प्रकृतिको रूपमा नभएर नैतिक गल्ती भएको बताए ।
‘कहिँ न कहिँ महराजीको त्रुटी भएकै थियो भन्ने प्रष्ट भइसक्या छ, यो त्रुटी र घटनाको प्रकृतिको बारेमा अलि बढी डिवेट छ’ प्रेस संगठन नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष प्रचण्डले भने ‘यो अपराधिक गल्ती नभएर नैतिक खालको गल्ती हो, नैतिक गल्ती महराले गरिसकेकाले जस्ताको तस्तै स्वतन्त्र, निष्पक्ष रूपमा टुङ्गोमा पुगोस्’ भन्ने चाहना पार्टीको रहेको बताए ।
‘जब यो कुरा बाहिर आयो पार्टीको अध्यक्षको हैसियतले र पार्टीको अर्को अध्यक्षसँग समन्वय गरेर म आफै बुझ्न गए, तर महराजीले स्पष्ट बताउनु भएन्, शुरूमा साँचो कुरा भन्नु भएन्’ उनले भने ‘नैतिक गल्ती त उहाँले गर्नुभएकै रहेछ, त्योभन्दा पनि ठूलो गल्ती उहाँले छानबिनको क्रममा नेतृत्वलाई सहयोग गरेर आउनुपथ्र्यो, त्यो स्तरको नेताले, सम्मानित व्यक्तिबाट छानबिनमा कुनै सहयोग नभएपछि स्थिति अझ जटिल बनेको हो ।’
पछि महराले गल्ती स्वीकारेपछि कुनै सर्त नराखेर नैतिकताको आधारमा तुरून्त राजीनामा दिनुपर्ने र छानबिनमा सहयोग गर्ने उद्देश्यले अगाडि बढ्न पार्टी अध्यक्ष प्रचण्डले सुझाव दिएको स्पष्ट पारे ।
‘घटनाक्रम जे भएपनि पार्टी आन्दोलनमा महराजीको योगदान थिएन भनेर त कसैले पनि भन्न सक्दैन् र होइन् पनि, शान्तिप्रक्रिया र युद्धको कुरामा मात्र होइन् शान्ति प्रक्रिया निर्माणमा पनि उहाँको योगदानको कुरा नेपालीलाई मात्र नभई संसारलाई नै थाहा छ’ प्रचण्डले भावुक हुँदै महरालाई सम्झिदै भने ‘शुरूमै सही कुरा नबताउँदा ठूलो गल्ती भएको हो ।’

महराले गल्ती स्वीकारेपछि कुनै सर्त नराखेर नैतिकताको आधारमा तुरून्त राजीनामा दिनुपर्ने र छानबिनमा सहयोग गर्ने उद्देश्यले अगाडि बढ्न पार्टी अध्यक्ष प्रचण्डले सुझाव दिएको स्पष्ट पारे ।

‘अहिले अदालतकै प्रक्रियामा छ, त्यसकारण राजनीतिक बारेमा बोल्नुु अलि उपयुक्त हँुदैन्’ उनले भने ‘जुन विषय अदालतमा छलफल प्रक्रियामै छ, निर्णय प्रक्रियामा छ ।’
त्यो अदालतको प्रक्रियाद्वारा नै निर्णय लागोस् भन्नेमा प्रमुख राजनीतिक नेतृत्वले त्यसमा सम्मान गर्नुपर्ने उनले बताए । महराको नैतिक त्रुटीप्रति कानुन, संवैधानिक र नैतिक मान्यताअनुसार नै स्वच्छ निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।
‘अदालती प्रक्रियामा कुनै प्रकारको राजनीतिक दबाव, हस्तक्षेप नपरोस्, स्वच्छ होस्, निष्पक्ष होस्’ उनले भने ‘तर महराजीले गरेको गल्तीअनुसार त्यो स्तरमा पुगेको मान्छेले त्यो कमजोरीलाई सच्याउनु भनेको सिङ्गै राष्ट्रलाई एउटा दिशा दिनु पनि हो ।’
‘यो व्यक्तिको कुरा होइन्, उहाँ अहिले कारागारमा हुनुहुन्छ’ उनले भने मलाई विश्वास छ, महराजीले गरेको गल्ती स्वीकार गर्नुहुनेछ र गल्तीप्रति राज्यले उचित छानबिन गरेर कारवाही गर्नु राष्ट्रको लागि सुशासनको लागि एउटा राम्रो चरित्र आवश्यक छ भन्ने कुरा उहाँले बुझ्नुहुनेछ ।’ महराले फेरी नयाँ सिराबाट आएर जनताको सेवामा लाग्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
सरकारको विषयमा कुरा गर्दै पार्टी अध्यक्ष प्रचण्डले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने बताए । ‘प्रधानमन्त्री परिवर्तन हुने हल्ला निराधार हो’ उनले भने ‘ढाई–ढाई वर्ष आलोपाले प्रधानमन्त्री भन्ने विषय ईतिहास भइसक्यो ।’ जनताले दुईतिहाइ मत दिएर पठाएको र पार्टी एकताकै कारण सरकारले पाँच वर्ष अविचलित रूपमा काम गर्ने उनको भनाइ छ ।
प्रचण्डले दिने फरक–फरक अभिव्यक्तिको विषयमा पत्रकारले राखेको जिज्ञासामा आफ्नो माहोल बनाउनको लागि विभिन्न अभिव्यक्तिहरू दिएको स्पष्ट पारे । ‘परिवर्तन विरोधीहरू सलबलाउँदा, शान्तिप्रक्रिया बिरूद्ध निर्णयहरू हुँदा र जनतासंग जोडिएका सवालहरूमा उनीहरूको साथ दिदा फरक माहोल बनाउनका लागि त्यसो भनेको हुँ’ उनले भने ‘कुनै राजनीतिक कारण र उकुस मुकुस भएर त्यस्तो भनेको होइन् ।’
सीमाको बारेमा कुरा गर्दै उनले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको बिषयमा सरकारले कुटनीतिक पहल शुरू गरिसकेको बताए । ‘सीमाको बारेमा सबै बुझ्न पाएको छैन, बुझेर बोल्दा राम्रो हुन्छ’ प्रचण्डले भने ‘सरकारले कुटनीतिक पहल गरिसकेको छ ।’ प्रेस संगठनका जेएन सागरको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here