Friday, April 19, 2024
Homeमुख्य खबरमदिराको पैसाले उपचार कोष

मदिराको पैसाले उपचार कोष

- Advertisement -spot_img

तुलसीपुर, १९ भदौ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले मदिरामा वृद्धि गरिएको करको पैसा स्वास्थ्य उपचार कोषमा लगाउने बताएका छन् ।
मदिरा सेवनले मानिसको स्वास्थ्य र समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले करमा वृद्धि गरेको कुरामा नगर प्रमुखले जोड दिए । कानुनले मदिरा बिक्री वितरणलाई खुला गरेकाले करका माध्यमबाट यसलाई नियन्त्रण गर्नुपरेको नगरप्रमुख पाण्डेले बताए ।
उनले जनतालाई फाइदा पुग्ने दूधजन्य पदार्थमा कर घटाइएको समेत बताए । कर वृद्धिका बारेमा आएका विभिन्न गुनासाहरुलाई सम्वोधन गर्नका लागि आफू तयार रहेका बताउँदै नगरप्रमुख पाण्डेले जनतालाई फाइदा पुग्ने खालका कुराहरुमा उपमहानगरपालिकाले कर वृद्धि नगरेको बताए ।
‘दैनिक दुई या तीनजना क्यान्सरका बिरामीहरु हामीकहाँ सिफारिस माग्न आउँछन् यस्तो अवस्था नआओस् भन्नका लागि पनि हामीले कर वृद्धि गरेका हौ’ नगरप्रमुख पाण्डेले भने ।
उनले साना व्यवसायीहरु मारमा परेकाले गर्दा व्यवसायिक करलाई वर्गीकरण गरेको बताए । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि निर्धारण गरेको व्यवसाय करका बारेमा छलफल गरेको हो ।
उद्योग वाणिज्य संघको सभाहलमा भएको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरुले व्यवसाय करका बारेमा पुनर्विचार गर्नका लागि उपमहानगरपालिकालाई आग्रह गरेका थिए । उपमहानगरले नयाँ कर नीतिमा मदिरा र सूर्तिजन्य पदार्थका साथै इट्टा र ह्याचरी उद्योगमा बढी कर लगाएको उनीहरुको गुनासो रहेको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले कर वृद्धिका बारेमा सोच विचार गर्नका लागि आग्रह गरे । उनले अन्य उपमहानगरपालिकाको तुलनामा तुलसीपुरले केही वस्तुमा अत्याधिक कर वढाएको गुनासो समेत पोखे । ‘व्यवसायीहरुले हामीलाई निकै दवाव दिएका छन् यसका बारेमा केही परिमार्जन गरिदिनु प¥यो’ उनले भने ।
तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं व्यवसायी विमल रिजालले करलाई समायानुकूल परिवर्तन गर्नुपर्ने बताउँदै एकाएक कर वृद्धिले व्यवसायीमा नकारात्मक प्रभाव पर्ने कुरामा जोड दिए ।
व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार नारायण खनालले कर वृद्धि गरेर मदिरा नियन्त्रण नहुने बताउँदै नीति बनाउनुपर्ने कुरामा जोड दिए ।
यस्तै मदिरा व्यवसायी देवबहादुर केसीले मदिरामा अचानक कर वृद्धि गरेकाले व्यापारीहरु मर्कामा परेको बताए । उनले मदिरा बिक्री गर्ने सबै व्यवसायीहरुले व्यवसाय दर्ता नगरेको बताउँदै उनीहरुलाई दायरामा ल्याउनका लागि पहल गर्नुपर्ने कुरामा जोड दिए । उनले सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउनका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै व्यवसायी सपना भण्डारीले मदिरा नियन्त्रणका लागि कर वृद्धि गरेर मात्रै मदिरा नियन्त्रण हुन नसक्ने बताउँदै यसका लागि स्थान र समय निर्धारण गर्न सुझाव दिईन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठ, वरिष्ठ सदस्य यज्ञबहादुर केसी, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले विभिन्न सुझाव दिएका थिए । वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here