Tuesday, March 26, 2024
Homeसमाजमदन भण्डारी राजमार्गको रेखाङ्कन

मदन भण्डारी राजमार्गको रेखाङ्कन

- Advertisement -spot_img

तुलसीपुर, २ पुस । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण हुन थालेको मदन भण्डरी मार्गका लागि दाङका चार स्थानीय तहबीच सहमति भएको छ । अहिले सञ्चालनमै रहेको सडकलाई छाडेर नयाँ ठाउँबाट राजमार्ग निर्माण गर्नका लागि तुलसीपुर र घोराही उपमहानगरपालिकाका साथै बबई र शान्तिनगर गाउँपालिकाका बीचमा राजमार्गको रेखाङ्कनका बारेमा सहमति भएको हो ।
स्थानीय तहहरुका बीचमा भएको सहमति अनुसार पूर्वतर्फ घोराही उपमहानगरपालिकाको वडा नम्वर १७ को डबरी ड्यामदेखि सालघारी हुँदै अम्बापुर, पिपलबोट, मसिना, फुुर्सेखाली, सामुदायिक वन उपभोक्ता समितिको भवन हुँदै रानी जरुवा बाह्रकुने दह हुँदै घारोही तुलसीपुर आँखा अस्पताल सडक भएर तुलसीपुर उप–महानगरपालिकाको वडा नम्वर ३ डाँडाखुटी, भट्टे हुँदै वडा नम्वर १ को भमके देविथान, छोटे हुँदै सडकको रेखाङ्कन गरिएको छ ।
यसैगरी सडकलाई शान्तिनगर गाउँपालिकाको बयाले, लालपुर, केराघारी, भलानेटी, रातीपोखनी, अम्बापुर, बगीयाका साथै बबई गाउँपालिकाको गैरीगाउँ, सुन्दरखाल, घट्टेखोला हुँदै सुर्खेत रोड जोड्ने गरी रेखाङ्कन तथा निर्माणका लागि छिटोभन्दा छिटो निर्माण कार्य सञ्चालनका लागि सम्बन्धित निकायमा आग्रह गर्ने निर्णयसमेत गरिएको छ । बैठकले रेखाङ्कनका लागि सामूहिक रुपमा पहल गर्ने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here