Sunday, March 24, 2024
Homeफिचरमतदाताको माया छ

मतदाताको माया छ

- Advertisement -spot_img

मंसिर १४ को चुनावी रौनक चलेको छ । दल तथा उम्मेदवारहरू मत माग्न गाउँ–गाउँमा पुगेका छन् । मतदाता पनि दक्ष, सक्षम र योग्य उम्मेदवार छनौट गर्ने साेंचमा छन् । दाङमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि सातजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपाबाट टिकट दाबी गरिरहेका तर पार्टीबाट टिकट नपाएपछि अहिले जगलाल चौधरी स्वतन्त्र उम्मेदवार बनेका छन् । चौधरी आफ्नो पक्षमा मत पार्न घरदैलो अभियानमा व्यस्त रहेका छन् । आजको अंकमा हामीले घोेराही–१६ वडा अध्यक्षका लागि स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा रहेका जगलाल चौधरीसँग कुराकानी गरेका छौं । 


स्वतन्त्र उम्मेदवारी किन ?

पहिलो कुरा त मलाई पार्टीले विभेद ग¥यो । म एउटा पार्टीको कुशल कार्यकर्ता हो । त्यो पार्टीले मूल्यांकन गर्नुपथ्र्यो, गरेन । मतदाताको समर्थन अनुसार नै मैले स्वतन्त्र उम्मेदवार दिएको हुँ । पार्टीभित्र गुट–उपगुट बढी हुने ।
त्यो गुट–उपगुटमा म परेन् । मेरो नाम सिफारिस भएपनि पार्टीका केही नेताले अर्कैको नाम सिफारिस गरे । मलाई समर्थक गर्नेहरूले स्वतन्त्रमा भएपनि दिनु हामी साथ दिन्छौँ भने त्यसपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । मतदाताको समर्थन, साथ, सहयोग र हौसलाले नै मैले स्वतन्त्र उमेदवारी दिएको हुँ ।

तपाईलाई कस्को समर्थन छ ?

मतदाता को । मेरो समर्थनमा कोही नेता कार्यकर्ता हुनुहुन्न् । सबै मतदाता हुनुहुन्छ ।

उपनिर्वाचनमा जित्ने आधार के–के हुन् ?

मतदाता हुन् । मलाई मतदाताहरूले अमुल्य मत दिएर उपनिर्वाचन जिताउनु भयो भने मैले एउटा वडा अध्यक्षले पाउने सेवा सुविधा नलिने समेत घोषणा गरिसकेको छु । त्यो सेवा सुविधा वडामार्फत नै सामुदायिक विद्यालयमा थप लगानी गर्ने योजना बनाएको छु ।
वडाका सामुदायिक विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइलाई विशेष पहल गर्नेछु । त्यसमा पनि अति विपिन्न, जेहेन्दार वर्गका छात्राछात्रहरूको लागि विशेष योजना बनाउने छ । विद्यालयको स्तरोन्नती पनि योजना बनाएको छु ।

उम्मेदवार फिर्ता लिनुपर्छ भनेर दबाव आएन ?

आयो नि ! धेरै दबाव आयो । उम्मेदवारी फिर्ता लिनुपर्छ भनेर । निर्णय गर्ने समयमा कमजोरी भएकै हो भन्ने सहानुभूति पनि आयो । पार्टीभित्रै व्यवस्थापन गर्छौ भन्ने जस्ता कुरा पनि आए । तर यता मलाई मेरा समर्थकहरूले उम्मेदवार फिर्ता नलिन दबाव दिइरहनु भएको थियो ।
परिणामजस्तो आउला उपनिर्वाचनमा लड्न सुझाव दिईरहनुभएको थियो । घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्षमा मेरो पनि उम्मेदवारको चाहना थियो । त्यसमा पनि मतदाताहरूको साथ र समर्थन भएपछि मैले उम्मेदवार फिर्ता लिएन् ।

चुनावी एजेण्डा के–के छन् ?

स्वर्गीय वडा अध्यक्ष बुढाले छोडेका अधूरा अपूरा कामहरू पूरा गर्ने मेरो योजना छ । उहाँले धेरै राम्रा कामहरू गर्नुभएको थियो । उहाँको मुख्य सहयोगीको रूपमा काम गर्दै आएका थिए । अब बाँकी कामहरू मैले पूरा गर्नेछु ।
यहाँको पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षालगायतका विषयमा काम गर्ने एजेण्डा हुन् । नमुना वडा बनाउने मेरो मुख्य एजेण्डा हो भने यहाँको विकास मेरो पहिलो प्राथमिकता हो ।

उपनिर्वाचनको तयारी के भईरहेको छ ?

मतदाताहरूसँग भेटघाट । मेरो चुनावी एजेण्डाको बारेमा जानकारी गराउने । मतदाताहरूसँग मत माग्ने यसरी नै उपनिर्वाचनको तयारी भईरहेको छ । जनताको घरदैलोसम्म मत माग्नको लागि गए । अहिले मतदाताहरूसँग मत माग्ने, सल्लाह, सुझाव माग्ने काम भइरहेको छ ।
चुनावी प्रचार प्रसारमा नै व्यस्त छु । मेरो साथमा मतदाता नै हुनुहुन्छ । मैले पहिले पनि भनिसके कुनै नेता, कार्यकर्ताहरू हुनुहुन्न । यही वडाका आमाबुवा, दिदीबहिनी, दाजुभाइहरू खटिनुभएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा जिताउ अभियान कै तयारी भइरहेको छ ।

स्वतन्त्रबाट वडा अध्यक्ष जितिन्छ त ?

किन नजित्नु ? मतदाताहरूको साथ छ । उम्मेदवार दर्ता गर्ने समयमा मेरो समर्थक देख्नुभएकै होला । अहिले त्यो भन्दा पनि बढी समर्थन छ मलाई । अहिले तत्कालीन वडा अध्यक्ष लक्षिण बुढा हामीमाझ हुनुहुन्न ।
उहाँको सपना पूरा गर्नको लागि पनि मैले उम्मेदवार दिएको हुँ । मतदाता र उहाँका समर्थकहरूले मलाई स्वतन्त्र उम्मेदवार बनाएर चुनावी मैदानमा भिड्न खटाएको छ ।
अवश्य पनि जित्छु । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा मलाई जिताउनु हुनेछ । मैले सबै कुरा यहाँ भनिरहन मिल्दैन् । तपाई सबैले बुझेकै कुरा हो । म विश्वस्त छौँ । तपाई मतदाताहरूले एकआपसमा मिलाएको हात चुनाव चिन्हमा मत दिएर जिताउनु हुनेछ ।

मतदाताहरू के भन्छन् त ?

हाम्रो समर्थन छ । तपाईलाई हामीले जिताउँछौँ । एउटा इमान्दार कुशल नेता त्यसमा पनि स्वर्गीय बुढाको सहयोगीलाई मत दिएर जिताउँछौँ भन्नुहुन्छ । पहिलेको वडा अध्यक्षको जस्तै गरी काम गर्नु भन्नु हुन्छ ।
केही कमिकमजोरीहरूको खबरदार पनि गर्नुहुन्छ । उपनिर्वाचनमा मलाई नै मत दिएर जिताउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ । अबको उपनिर्वाचनमा एउटा स्वतन्त्र उम्मेदवारले नै जिते हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ ।
हामी पनि आफ्नो पक्षमा मत तान्नको लागि मतदाताहरूसँग भेटघाट गर्ने, राय, सल्लाहरू लिने काम भईरहेको छ । उहाँहरूको विचार, अपेक्षाहरू बुझ्ने कोसिस गरेका छौँ । हामीलाई विश्वास छ मत दिएर जिताउनु हुनेछ भन्नेमा हामीलाई ।

अन्त्यमा के भन्नुहुन्छ ?

मंसिर १४ गते आउँदै छ । त्यसको तयारीमा हामी खटिएका छौँ । अब थोरै दिन मात्रै बाँकी छ । जसरी आजसम्म मलाई रातदिन चुनावी प्रचार प्रसारमा साथ दिनुभएको छ । त्यसरी नै मतदान गर्ने बेलामा मत दिए मलाई जिताउनु हुनेछ भन्नेमा आशा छ । म कुनै राजनीतिक दलबाट खटाइएको होइन् ।
एउटा स्वतन्त्र उम्मेदवार हुँ । जसरी तपाई साथ र समर्थनले मैले स्वतन्त्र पदमा उम्मेदवारी दिए त्यसरी नै मत दिएर जिताउनु हुनेछ भन्नेमा मेरो विश्वास छ । धन्यवाद ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here