Friday, March 29, 2024
Homebreaking-newsभौतिक दूरी तोडौ, भावनात्मक सम्बन्ध जोडौ !

भौतिक दूरी तोडौ, भावनात्मक सम्बन्ध जोडौ !

- Advertisement -spot_img

अहिले विश्व कोरोना भाइरसको महासंकटमा छ । हाम्रो देश नेपाल पनि यो संकटबाट अछुतो रहन सकेन । विश्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छन् । जनता र सरकारसमेत हात उठाएर विश्वसामु हारगुहार गरिरहेका छन् । यो बेला पैसाको काम रहेनछ भन्ने कुरा इटलीका जनताले सडकमा पैसा छरेको कुराबाट प्रमाणित भएको छ । अमेरिका आफूलाई विश्वको सर्वशक्तिमान ठान्दछ । तर ऊ पनि कोरोना भाइरसविरुद्धको लडाइमा पराजित भएको कुरा विश्वसामु प्रष्ट भएको छ ।

डाक्टरहरु मनोवैज्ञानिक रुपमा ठिक रहनको लागि विभिन्न सुझावहरु दिइरहेका छन् । अलग–अलग रहदा मनोवैज्ञानिक रुपमा एक्लो र कमजोर भएको महसुस हुनसक्छ । त्यसैले भौतिक दूरी तोड्दै भावनात्मक दूरी जोड्न जरुरी छ । जनतामा भएको समस्या समाधान गर्दै मनोवैज्ञानिक रुपमा रोगका विरुद्ध लड्नको लागि उच्च मनोबल बनाउन भावनात्मक सम्बन्ध जोड्न जरुरी छ । यसैगरी रोग लाग्न वा सर्नबाट बच्नको लागि भौतिक दूरी जोड्नु हुँदैन । यसको लागि भौतिक दूरी तोड्नु पर्दछ ।

नेपाल पनि यो रोगको उच्च जोखिममा भएको कुरा विश्व स्वास्थ्य संगठनले भनेपछि नेपाल यसका विरुद्धको अभियानमा जोडिएको छ । अहिले कोरोना भाइरस पहिचान भएपछि यसबाट बच्नको लागि सबैभन्दा उत्तम माध्यम भनेको सामाजिक दूरी बढाउने नै हो भन्ने कुरा करिब–करिब पक्का भएको छ । अहिले यो भाइरसको खास औषधि छैन । धेरै मानिसहरु आतंकित भइरहेका छन् । यो बेलामा जनतालाई मनोवैज्ञानिक उपचारको पनि खाँचो छ ।

सरकार र जनताको बीचमा पनि यही सम्बन्ध हुन जरुरी छ । सरकार र जनताको बीचमा भौतिक दूरी जति टाढा भएपनि भावनात्मक सम्बन्ध जोड्न जरुरी छ । देशको यो विषम परिस्थितिमा सरकारले राम्रो अगुवाई गर्न सक्नुपर्ने थियोे । सबै जनताको सबै कुरामा मन बुझ्छ भन्ने होइन तर सरकारले आफ्नो हैसेत अनुसार राम्रो ब्यबस्थापन गर्न सक्ने थियोे । अन्तर्राष्ट्रिय रुपमा यो समस्या भयावह बनेपछि र विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा छ भनेदेखि केही दिनको अवसर दिएर सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गरी भारतीय नाकाहरु पनि बन्द गर्नुपथ्र्याे ।

त्यो बीचमा अन्तर्राष्ट्रिय उडान र भारतीय नाकाबाट नेपाल छिरेकालाई सेल्फ क्वारेन्टाइनमा राख्नको लागि स्थानीय सरकारलाई लगाई वडा समिति र टोल विकास समितिहरुलाई परिचालन गर्नुपर्ने थियोे । त्यसो गरेको भए नेपाल कोरोना भाइरसको समस्याबाट मुक्त हुने थियोे । त्यति गर्दा पनि क्वारेन्टाइनमा भएका एक÷दुईजनामा भाइरस देखिएमा त्यो हाम्रो नियन्त्रणमा हुने थियोे ।

अहिले जसरी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि अत्यावश्यक उपकरण, सुरक्षा कवज र औषधि खरिदमा अनियमितता र लापरबाही गरेको कुरा आएको छ यो ज्यादै नै खेदजनक छ । यस्तो बेलामा यस्ता कुराको क्षमा दिन पनि सकिदैन । दुई तिहाइको सरकार त्यसैमा पनि कम्युनिष्ट नामको ।

यो बेला सरकारलाई आफ्नो कार्यकुशलता प्रकट गरेर लामो समयसम्म जनताको बीचमा प्रभाव छोड्ने राम्रो अवसर मिलेको थियोे । किनकी यो बेलामा जनता सम्पूर्ण रुपमा सरकारलाई साथ दिने थिए । सत्ता पक्ष र प्रतिपक्ष भन्ने हुने थिएन । आम जनतालाई नै लागेको थियोे कि यो बेलामा सरकारको विरोध गर्नु हँुदैन । जति सकिन्छ सरकारलाई साथ दिनुपर्छ भन्ने नै थियोे ।

आम जनतामा अहिले कोरोना भाइरसको संक्रमणका कारणले भन्दा पनि संक्रमण भयो भने सरकार राम्रो उपचार र यसको नियन्त्रण गर्न सक्दैन कि ? भन्ने डरले साइकाटिक समस्या हुने सम्भावना छ । धेरै मान्छेहरु डरमा छन् । अहिले कम्तिमा सरकारले राम्रो ब्यवस्था गरेको छ हैं भन्ने सन्देश मात्र आउने हो भने धेरै जनता ढुक्कसित बस्ने थिए । लकडाउन लामो भयो, खानपिनको र कामको समस्या भयो भन्ने कुरा त्यति धेरै आउने थिएन । जति उपचार र परिक्षण ब्यवस्था राम्रो भएन भन्ने कुरा आएको छ ।

आइसोलेसनमा बसेका बिरामीहरु परिक्षण रिपोर्ट आउनुभन्दा पहिला मरेका छन् तर उसको रिपोर्टपछि आउँदा पनि नेगेटिभ आएको छ । यदि यस्तै नै हो भने कोरोना भाइरसको संक्रमण नभएको बिरामी पनि त्यही निहुमा उपचार नपाएर मर्ने भयो । अझै जनताको लेबलमा त के पनि छ भने कतै सरकार कोरोना भाइरस संक्रमितलाई लुकाएको त छैन ? यस खालका प्रश्नहरु पनि आउने गरेका छन् । अर्कातर्फ स्वास्थ्य विज्ञहरु के भनिरहेका छन् भने हाम्रा परिक्षण सामाग्रीमाथि प्रश्न उठिरहेको बेला कतै कोरोना भाइरसको संक्रमण नभएको मान्छेलाई संक्रमित भनेर उपचारमा राख्ने वास्तविक संक्रमित बाहिर घुमिरहने त भएको छैन ? विज्ञहरुमा समेत यो प्रश्न उठेको छ ।

यदि साँच्चिकै त्यही नै भएको रैछ भने नेपालको अवस्था इटलीको भन्दा पनि भयावह हुने कुरा निश्चित छ । तर हामिले के कुरा पनि बुझ्न जरुरी छ भने जहाँ–जहाँ चाइनिजहरुको आउजाउ धेरै भयो त्यही त्यही ठाउँ अलि बढी बिकराल भएको छ । हाम्रोमा त्यस्तो अवस्था छैन । कोरोना भाइरस चिसोमा ज्यादा सक्रिय हुने भएकोले र अहिले गर्मी बढ्दो क्रममा भएको कारणले पनि हामीलाई विश्वास छ त्यसले हामीलाई कुनै असर गर्ने छैन ।

सरकारले कोरोना भाइरसका विरुद्ध लडनको लागि बनाएको समितिका संयोजकको कुरा सुन्दा आम जनतामा सरकारको कार्यशैलीप्रति ठूलो असन्तुष्टि पैदा भएको छ । यस प्रकारका कार्यशैलीका कारण सरकारको विरोध नगरेर बसिरहने अवस्था बनेन । अहिले पनि एक जिम्मेवार नागरिकका हैसियतले सरकारलाई अनुरोध छ । जनतामा पैदा भएको अविश्वासलाई करेन्सन गर्ने काम गरोस् र आम जनताबाट सरकारलाई सहयोग गर्ने वातावरण बनोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here