Wednesday, April 24, 2024
Homeफिचरभैसीपालनमा जमेका दम्पत्ति

भैसीपालनमा जमेका दम्पत्ति

- Advertisement -spot_img

स्वदेशमा रोजगार नभएको भन्दै अधिकांश युवा विदेश पलायन भएका छन् । स्वदेशमा भएका युवा पनि रोजगारीका लागि भौतारिनु पर्ने अवस्था छ । तर स्वदेशमै पनि कृषि तथा पशुपालनबाट मनग्य आम्दानी गरेका सफल उदाहरण पनि छन् ।
तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका एक दम्पत्तिले भैसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । लामो समय भारतमा रोजगारी गरेपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ घरमा आएर भैसीपालन थालेका नरनारायण खत्री र गीता खत्री अहिले घरै लाखौँ रुपैयाँ आम्दानी गरेका छन् ।
‘आजभन्दा करिब १६ वर्ष अघि २०५९ सालमा एउटा भैसी थियो, १६ वर्षको अवधिमा सानोठूलो गरि ३५ भैसी रहेका छन्, मासिक करिब डेढलाख आम्दानी हुन्छ, छोरालाई काठमाडौँ पठाएका छौँ, खर्च पनि छ’ नरनारायण खत्रीले भने ‘सानो लगानीबाट व्यवसाय शुरुवात गरेका थियौँ, अहिले आम्दानी राम्रै भएको छ ।

भैसी फर्ममा काम गर्नका लागि कामदार नपाउने गरेको गीता खत्रीले बताईन् । ‘अरु काम जस्तो कृषि खेतीमा मानिसहरु काम गर्न खासै मन गर्दैनन्, हामीले काम गर्नका लागि अरुलाई खोजेको हो तर पाइदैनन्, बरु विदेशमा काम गर्न जान्छन् तर नेपालमै रोजगार गरौँ भन्ने काम गर्न मन गर्दैनन् ।

निरन्तरता र मेहनतले मात्रै भाग्यले साथ दिन्छ भन्ने गतिलो उदाहरण बनेका खत्री दम्पत्तिले व्यवसायीक भैसिपालनमार्फत समृद्धिका आशाहरुलाई पूरा गर्न लागेका छन् ।
सरकारले कृषि तथा पशुपालन व्यवसायबाट समृद्धि ल्याउने कुरा गरिरहेको समयमा खत्री दम्पत्तिको मेहनतले एउटा इट्टा थपेको छ । अचम्मको कुरा त के भने ३५ वटा भैसीपालन गरेको खत्री दम्पत्ति एक्लैले सारा व्यवसाय धानेको छ ।
भैसी फर्ममा काम गर्नका लागि कामदार नपाउने गरेको गीता खत्रीले बताईन् । ‘अरु काम जस्तो कृषि खेतीमा मानिसहरु काम गर्न खासै मन गर्दैनन्, हामीले काम गर्नका लागि अरुलाई खोजेको हो तर पाइदैनन्, बरु विदेशमा काम गर्न जान्छन् तर नेपालमै रोजगार गरौँ भन्ने काम गर्न मन गर्दैनन्’ उनले भनिन् ।

प्रेम भैसीपालन फर्ममार्फत व्यवसाय थालेको खत्री दम्पत्तिले अहिले मासिक डेढलाख बढी आम्दानी गर्न सफल भएको बताउछन् । फर्ममा ठूलो संख्यामा भैसी बढेपछि खत्री दम्पत्तिलाई आम्दानी त बढेको छ नै काम पनि उत्तिकै भ्याई नभ्याई हुन्छ ।
खत्री दम्पत्तिको भैसीपालन फर्म देखेर भैसी पाल्ने रहर गर्नेहरु पनि भेट्न सकिन्छ । किनकी चिटिक्क परेको फर्ममा निकै राम्रा भैसी छन् । तर भनेजस्तो सोचेजस्तो भएको छैन् । भैसीपालनमा दैनिकी चलाउँदै गरेको खत्री दम्पत्तिले बिहान ३ बजेदेखि साँझ १० बजेसम्म निकै काममा भ्याईनभ्याई गरेको छ ।
फर्ममा करिब ६ जनाको काम दुईजनाले गर्नुपर्दा निकै व्यस्त हुने गरेको उनीहरु बताउँछन् । भैसीपालन व्यवसायबाट नै छोराहरुको सुन्दर भविष्यको निर्माणमा जुटेका दम्पत्ति छोराहरुले पनि निकै राम्रो साथ दिने गरेका छन् ।
‘छोरा काठमाडौँबाट घरमा आएपछि हामीलाई निकै आराम हुन्छ, किनकी हामीले छोरा घरमा आएपछि आधा काम पनि गर्नुपर्दैन्, सबै छोराहरुले नै गरिदिन्छन्’ गीता खत्रीले भनिन् ‘हामीले गरेको पेशामा सन्तानको साथ पाउँदा निकै खुशी लाग्छ,
छोराले असल संस्कार सिकेको छ, कामको सम्मान गर्न सिकेको छ ।’ फर्ममा काम गर्नका लागि थप कामदारको आवश्यकता भएपनि एक्लैले गर्दा रकम पनि त सुरक्षित गर्न सकेको उनीहरु बताउँछन् । फर्ममा अहिले करिब २० वटा माउ भैसी रहेका छन् ।
फर्ममा अहिले प्रदेश सरकारले १० लाख अनुदान दिएपछि खत्री दम्पत्तिलाई भैसीपालन व्यवसायप्रति निकै हौसला मिलेको छ तर सरकारले अनुदानका लागि वास्तविक कृषकलाई निकै सास्ती दिने गरेको उनीहरुको गुनासो छ ।
ढिला भएपनि सरकारले अनुदान दिएको तर निकै सास्ती पाएको नरनारायण खत्रीले बताए । ‘कृषिका माध्यमबाट सरकारले समृद्धि खोज्ने प्रयास गरेको छ तर अनुदानका कार्यक्रमका लागि सहज छैन्,
पशुहरुलाई चाहिने आवश्यक दाना ल्याउँदा पनि विभिन्न ठाउँमा हुने चेकिङले सास्ती पाएका छौँ’ उनले भने । पशुपालन व्यवसायबाट खत्री दम्पत्तिले समृद्धि प्राप्त गर्ने देखेको सपना पूरा गर्न राज्य पनि हौसला दिनसक्नुपर्छ र मात्रै समृद्ध नेपाल सुखी नेपालीको सरकारको नाराले सार्थक रुप पाउन सक्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here