Tuesday, April 16, 2024
Homeमुख्य खबरब्यापारीहरुद्वारा असहमति पत्र

ब्यापारीहरुद्वारा असहमति पत्र

- Advertisement -spot_img

गढवा, २४ पुस । गढवा गाउँपालिका वडा नम्बर ६ को कार्यालय बाहिर विगत ३० बर्ष अगाडिदेखि ब्यापार, ब्यवसाय सञ्चालन गर्दै आएका ११ जना ब्यापारीहरुले सोमवार गढवा गाउँपालिकामा ब्यापारिक सटरहरु टेण्डर हुन थालेको भन्दै असहमति पत्र बुझाएका छन् । साविक गाविस रहदा ३० बर्ष अगाडिदेखि आफूहरुले गाउँपालिकाका ब्यापारिक सटरहरुमा ब्यापार, ब्यवसाय सञ्चालन गर्दै आएकोमा मिति २०७५ पुस २२ गते बसेको कार्यपालिकाको बैठकले आफूहरुलाई विस्थापित गर्ने अभिप्रायका साथ सटरहरुको दररेट तोकी टेण्डर प्रकृयामा लैजान थालेको उनीहरुको आरोप रहेको छ ।
एघारजना ब्यवसायीहरुको हस्ताक्षर रहेको उक्त असहमति पत्रमा भनिएको छ हामीलाई उपस्थित गराएर छलफल नगराई एकाएक टेण्डरमा लगिएको हँुदा तोकिएको भाडादर तिरेर हामीले नै पाउनुपर्छ, रोहवरमा राखेर छलफल गराई उचित निर्णय लिइयोस् भन्ने आह्वान गरिएको छ । त्यस्तै यसै बिषयलाई लिएर आज बिहान गढवा उद्योग वाणिज्य संघले बृहत बैठक बोलाएको संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here