Friday, April 26, 2024
Homeफिचरबैंकबाट विद्युत महशुल

बैंकबाट विद्युत महशुल

- Advertisement -spot_img

तुलसीपुर
नेपाल विद्युत प्राधिकरण तुलसीपुरले अनलाइनबाट विद्युत महसुल तिर्ने प्रविधि भित्र्याएको छ । जेठ १८ गतेदेखि अनलाइनमार्फत विद्युत महशुल भुक्तान प्रक्रिया सुरु गरेको विद्युतले जनाएको छ ।
देशका विभिन्न विद्युत प्राधिकरण शाखा कार्यालयहरुमा जडान भइसकेको ई–सेवा दाङमा पनि सुरु भएको हो । लाइनमा बसेर विद्युत महशुल बुझाउने समस्याको अन्त्य गर्न र सेवाग्राहीलाई कार्यालयमै पुगेर महशुल बुझाउनु नपर्ने गरी उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख दीपकजंग चौधरीले जानकारी दिए । अनलाइनमार्फत विद्युत महशुल भुक्तान प्रक्रिया सुरु भएदेखि अब सेवाग्राहीहरुले कार्यालय मै गएर विद्युत महशुल बुझाउन नपर्ने भएको छ । तर अझै पनि सबै सेवाग्राहीहरुलाई यसको बारेमा जानकारी नभएका कारणले कार्यालयमै गएर विद्युत महशुल बुझाइरहेका छन् ।
विगतमा लाइनमा बसी विद्युत महसुल बुझाउने आम सेवाग्राहीहरु अब कार्यालयमा नआई ई–मोवाईल बंैकिङ सेवाबाट बुझाउन सकिने केन्द्रका आय फाँट प्रमुख रविचन्द्र शर्माले जानकारी दिए । दाङको तुुुलसीपुर, घोराही र लमही तीनवटै क्षेत्रमा उक्त सेवा सञ्चालन गरिएको शर्माले बताए । उनका अनुसार दाङ जिल्लाको छिमेकी जिल्लाअन्तर्गत सल्यानमा यसअघि नै सञ्चालनमा थियो भने अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने तयारी भइरहेका छन् । शर्माका अनुसार सेवाग्राहीले चारवटा बैंकबाट महशुल भुक्तान गर्न सक्नेछन् । प्रभु बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र महालक्ष्मी विकास बैंकमार्फत विद्युत महशुल बुझाउन सक्ने शर्माले जानकारी दिए ।
यी बैंकहरुमा गएर बैंकको एकाउन्टबाट पनि विद्युत महशुल बुझाउन सकिनेछ भने यी चारवटा बैंकहरुमा खाता भएका सेवाग्राहीहरुले त्यही खाताबाट पनि महशुल बुझाउन सक्ने छन् । यस्तै उनले दिएको जानकारी अनुसार अनलाइन एजेन्टहरुबाट पनि विल भुक्तान गर्न सकिन्छ । अनलाइन एजेन्टअन्तर्गत ई–सेवा, सिटी एक्सप्रेस, नेपाल क्लेरिङ हाउस र सिएफएस रेमिटबाट विद्युत महशुल बुझाउन सकिने छ । अनलाइन एजेन्टमध्ये सबैभन्दा बढी प्रयोगमा ई–सेवा रहेको उनको भनाइ छ । उनका अनुसार ई–सेवाबाट विद्युत महशुल बुझाउँदा ई–सेवा व्यवस्था भएको ठाउँमा सेवाग्राहीको ग्राहक नम्बर र कम्प्युटर कोड नम्बर लिएर गएपछि विल भुक्तान गरिदिन्छन् ।

अनलाइनमार्फत विद्युत महशुल भुक्तान प्रक्रिया सुरु भएदेखि अब सेवाग्राहीहरुले कार्यालय मै गएर विद्युत महशुल बुझाउन नपर्ने भएको छ । तर अझै पनि सबै सेवाग्राहीहरुलाई यसको बारेमा जानकारी नभएका कारणले कार्यालयमै गएर विद्युत महशुल बुझाइरहेका छन् ।


साथै आफ्नै मोबाइलमा ई–सेवाको एप्स डाउनलोड गरी पनि बुझाउन सकिन्छ । ई–सेवाबाट विद्युत महशुल बुझाउने ग्राहकहरुले एनरोइड मोबाइलको प्ले स्टोरमा गएर ई–सेवाको सप्mट्वयर तथा ई–सेवाको एप्स डाउनलोड गरी एकाउन्ट खोलेर बैंकमा भएको खाता नम्बरबाट आफ्नो एकाउन्टमा पैसा ट्रान्सफर गरेर विद्युत महशुल बुझाउन सकिने बताए । यसैगरी आफ्नो मात्र नभएर अन्य सेवाग्राहीको पनि विद्युत महशुल बुझाउन सकिने बताए ।
यो सेवा भर्खरै सुरु गरिएकाले सबै सेवाग्राहीहरुलाई जानकारी नभएकाले अझै पनि कार्यालयमै गएर विद्युत महशुल बुझाउने गरेका छन् । अब यसको प्रचारप्रसार हुँदैछ, यसको प्रचारप्रसार व्यापक रुपमा भएपछि अबको दुई÷तीन महिनामा कार्यालयमा सेवाग्राहीहरुको लाइनमा कमी हुने शर्माको भनाइ छ । साथै सेवाग्राहीहरुलाई अनलाइन प्रणालीमार्फत विद्युत महशुल बुझाउनेबारे जानकारी भएपछि र अनलाइन प्रणालीबाट महशुल बुझाउने प्रक्रियाको बारेमा थाहा भएमा र यो प्रक्रियाबाट महशुल भुक्तान गर्नसकेमा कार्यालयमा सेवाग्राहीहरुको भिड कम हुने उनले बताए ।
अनलाइनमार्फत विद्युत महशुल भुक्तान प्रक्रिया सुरु गरेदेखि हाल अहिलेसम्म एकदिनमा १३ जनासम्मले अनलाइनबाटै महशुल भुक्तान गर्ने गरेको बताए । अनलाइन भुक्तान गर्दा तीन महिना भन्दा बढीको महशुल भुक्तान गर्न नमिल्ने समेत बताए । यस्तै एक लाखभन्दा बढी रकम र कालो सूचिमा रहेका व्यक्तिहरुले भुक्तान गर्न पाइदैन, आय प्रमुख शर्माले भने ।
घरमै बसेर विद्युत महशुल बुझाउन सकिन्छ सेवाग्राहीहरु कार्यालयमा पुग्नु पर्दैन । यसरी बिल भुक्तान गर्दा मोबाइलमा आधिकारिक रुपमा एसएमएस नै आउने र प्रिन्टरको व्यवस्था भएको ठाउँ भए बिल नै प्राप्त गर्न सकिने शर्माको भनाइ छ । अनलाइनमार्फत विद्युत महशुल भुक्तान गर्ने प्रक्रियाको बारेमा सेवाग्राहीहरुलाई जानकारीको लागि कार्यालयले फ्ल्यास प्रिन्टहरु राखिसकेको र अब सम्पूर्ण वडा कार्यालयहरुमा पनि टाँस्ने जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here