Monday, March 25, 2024
Homeखेलकुदबेलझुण्डी रंगशाला शिलन्यास आज

बेलझुण्डी रंगशाला शिलन्यास आज

- Advertisement -spot_img

तुलसीपुर ८ साउन  ।
तुलसीपुर उप–महानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा निर्माण हुन लागेको रंगशाला शिलन्यासको तयारी पूरा भएको छ । रिपोर्टर्स क्लब दाङले आयोजनामा गरेको पत्रकार सम्मेलनमा आज बुधबार शिलन्यास हुन लागेको रंगशालाको तयारी पूरा जानकारी दिइएको हो । खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले शिलन्यासको सम्पूर्ण तयारी पूरा भएको बताए । रंगशाला निर्माणको शिलन्यास गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, खेलकुदमन्त्री जगतप्रसाद विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टलगायतले शिलन्यास गर्ने जानकारी कार्यक्रममा दिइएको हो । जिल्ला खेलकूद विकास समितिको पहलमा उक्त रंगशाला निर्माण हुन लागेको हो । पत्रकार सम्मेलनमा अध्यक्ष डाँगीले दाङमा राष्ट्रियस्तरको रंगशाला निर्माण हुनु खेल क्षेत्रको विकाससँगै दाङको विकासमा पनि टेवा पुग्ने बताए । रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै दाङको बेलझुण्डीमा रंगशाला निर्माण गरिन लागेको हो । मंसिर २१ गतेदेखि २८ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निर्माणका लागि काठमाडौँमा रहेको दिवा एनए कन्ट्रक्सन जेभीले २४ करोड २४ लाख ४५ हजार दुई सय ९३ रुपैयाँमा निर्माणको जिम्मा लिएको छ । मंसिर १५ गतेभित्र रंगशाला निर्माणको जिम्मा लिएको दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाले सबैलाई शिलन्यास कार्यक्रममा सहभागी हुन अनुरोध गरे । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लव दाङका सदस्य ध्रुवराज न्यौपानेले गरेका थिए ।

आठौँ  राष्ट्रिय खेलकुदको समापन दाङमा

यसैबीच आगामी मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन नेपालगंजमा हुने र समापन दाङमा हुने जनाइएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मूलआयोजक समितिले यस्तो निर्णय गरेको हो । मंसिर २१ गते नेपालगंज रंगशालामा उद्घाटन हुने प्रतियोगिता मंसिर २८ गते दाङको बेलझुण्डीमा समापन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले जानकारी दिए । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बाँके र दाङका विभिन्न रंगशालामा हुन लागेका छन् । मूलआयोजक समितिका संयोजक एवं खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा मंगलबार नेपालगंजमा तयारी स्वरुप बैठक बसेको थियो । मंसिर महिनामा हुने खेलकुद प्रतियोगिताका लागि तयारीहरु तीब्र पारिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here