Tuesday, March 26, 2024
Homeफिचरबृहत तीज प्रतियोगिता हुने

बृहत तीज प्रतियोगिता हुने

- Advertisement -spot_img

महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दाङको तुलसीपुरमा बृहत तीज प्रतियोगीता हुने भएको छ । फरककोण मिडिया प्रालिद्वारा सञ्चालन भएको एसटिएन च्यानलको आयोजनामा नृत्य प्रतियोगिता हुन लागेको हो ।
शुक्रबार आयोजक संस्था एसटिएन च्यानलले रिपोर्टर्स क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले तीजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् । उनीहरुले मौलिक परम्परा र कम खर्चमा चाडपर्व मनाउनु पर्ने समेत बताए थिए ।
कार्यक्रममा प्रतियोगिताका कार्यक्रम संयोजक नविन वलीले शनिबारदेखि तुलसीपुरको मुनाल गेष्ट हाउसबाट अडिसन शुरु हुन लागेको जानकारी दिए । उनले अडिसनमा सहभागी हुन कुनै शुल्क नलाग्ने समेत जानकारी गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका प्रमुख नारायणी रजौरे, प्रदेश टुडे पत्रिकाका सम्पादक गोपाल शर्मा भट्टराई, एसटिएन च्यानलका प्रबन्ध निर्देशक सनोद थापा,
चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुन र साहित्यकार डिल्ली बस्नेत ‘संगीत’ लगायतले प्रतियोगितालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न आफूहरुले सहयोग गर्ने प्रतिवद्धतासहितको मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतियोगिता भदौ ७ गते तुलसीपुरको समिक्षालयको हलमा फाइनल गरिने छ, भने प्रथम, द्वितीय, र तृतीय हुने विजेताहरुलाई नगद पुरस्कारको ब्यवस्था गरिएको छ । कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लवका सदस्य सन्तोष केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here