Wednesday, March 27, 2024
Homeसमाजबुटिक सिप विकास तालिम

बुटिक सिप विकास तालिम

- Advertisement -spot_img

सल्यान, ११ असार । १६ दिने बुटिक सिप विकास तालिम बुधबारदेखि सल्यानको धनवाङमा सुरु भएको छ । तालिमको गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका हुन् ।
ग्रामीण विकासका लागि जनजागरण केन्द्र सल्यानको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति सल्यानको सहयोगमा सुरु भएको तालिमको मुख्य उद्देश्य महिलाहरुलाई सफल उद्यमी बनाउने रहेको छ ।
तालिम उद्घाटन गर्दै अध्यक्ष सेनले सिपले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने बताए । तर तालिम मात्रै लिने र सिकेको सीपलाई ब्यवहारमा प्रयोग नगर्नेहरु धेरै देखिएको जनाउँदै उनले हरेक मानिसमा केही गर्ने इच्छा हुनुपर्ने बताए ।
यसैबीच किशोरी शिक्षा कार्यक्रमअन्तर्गत कपुरकोट–६ स्थित भवानी माध्यमिक विद्यालयमा बुधबार अभिमुखीकरण कार्यक्रम भएको छ । कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई कपुरकोट गाउँपालिकाको आयोजनामा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता, बालविवाह र क्षमता विकासजस्ता विषयमा अभिमुखीकरण गरिएको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले बताएका छन् ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले किशोरीहरुको उज्वल भविष्यका लागि आफूहरु क्रियाशील भएर लागिरहेको बताएका थिए ।
अध्यक्ष सेनले बुधबार नै कपुरकोट–६ सिनवाङको रातामाटा स्थित सरस्वती आधारभूत विद्यालयमा निर्माणाधिन भवनको पनि अनुगमन गरेका छन् ।
१६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको दुई कोठे भवनको काम गुणस्तर र तिब्र गतिमा गर्न उनले विद्यालय ब्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । अध्यक्ष सेनले विद्यालयको पठनपाठनको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here