Friday, March 22, 2024
Homeमुख्य खबरबुकामा आँखा शिविर

बुकामा आँखा शिविर

- Advertisement -spot_img

घोराही, २ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शनिबार रामपुरको बुकामा निशुल्क आँखा जाँच तथा उपचार गरिएको छ । लमही आँखा अस्पतालको प्राविधिक सहयोग र वडा कार्यालयको आयोजनामा एकदिने आँखा जाँच शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ५३ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । ति मध्ये ३२ जनाको मोतियाविन्दु र पाँचजनाको मासु पलाएको देखिएकाले अप्रेसन गर्नुपर्ने देखिएको छ । मोतियाविन्दु भएकाहरुलाई लमही आँखा अस्पतालले निःशुल्क रुपमा अप्रेसन गर्ने भएको छ । आँखा जाँचका लागि बालबालिकादेखि बृद्धबृद्धा शिविरमा आएका थिए । अधिकांशमा आँखा चिलाउने, बिजाउने, धमिलो दृष्टिलगायतका समस्याहरु देखिएको र केहीलाई चश्मा लगाउन सल्लाह दिएको टेकबहादुर चौधरीले जानकारी दिए ।
वडा अध्यक्ष राममणि पाण्डेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले व्यक्ति स्वस्थ भएमात्रै सामाजिक विकास अघि बढ्ने बताए । नियमित स्वास्थ्यका सबै अंगहरुको जाँचले नै व्यक्तिलाई स्वस्थ बनाउन भन्दै नगर प्रमुख चौधरीले संवेदनशील अंगहरुको विषेश हेरचाहमा ध्यान दिन सबैलाई आग्रह गरे । लमही आँखा अस्पतालका दृष्टि विशेषज्ञ मदन चौधरीको नेतृत्वमा आएको ६ जनाको टोलीले दिनभर वडा नम्बर १ र २ का नागरिकहरुको आँखा जाँच तथा उपचार गरेका थिए । वडा सदस्य जीवाकुमार विकको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण अर्का सदस्य टोपाकुमारी पौडेलले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here