Thursday, April 18, 2024
Homeफिचरबिषालु च्याउ खाँदाज्यान जाला होस् गरौं

बिषालु च्याउ खाँदाज्यान जाला होस् गरौं

- Advertisement -spot_img

                 बबि बस्नेत

वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चौरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तत्व पाइने स्वादिष्ट तरकारी हो । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैन न् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ ।

विषालु च्याउको सेवनबाट विश्वभरी नै मानिसको मृत्यु हुने गर्छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् । दाङमा पनि विषालु च्याउ खाएर धेरैले ज्यान गुमाउने गरेको खबर विभिन्न सामाजिक सञ्जालबाट थाहा पाइएको छ ।

नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउमात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो हुन्छ । सामान्यतया खानयोग्य च्याउको माथि रहेको छाता चिप्लो हुनेगर्छ ।

वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानु अघि विचार पु¥याउनुपर्छ । तितो स्वाद, नमिठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुनसक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् । विषालु च्याउ धेरै समयसम्म रहन्छ ।


यदि खस्रो भएमा उक्त च्याउ विषालु हुन्छ । वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानु अघि विचार पु¥याउनुपर्छ । तितो स्वाद, नमिठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुनसक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् । विषालु च्याउ धेरै समयसम्म रहन्छ ।

जबकि खानयोग्य च्याउ केही दिनपछि कुहिएर जाने गर्छ । विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ । यो हेर्दा सफा र आकर्षक देखिन्छ । कहिलेकाहीँ खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुनसक्छ ।

विषालु च्याउ खाएर मानिस बिरामी भएको तथा कतिपय अवस्थामा त परिवारका सबै सदस्यको ज्यानैसमेत गएको समाचार आइरहेका हुन्छन् । खासगरी जंगलबाट टिपेर ल्याएका च्याउ खाँदा यस्ता घटना बढी घट्ने गर्दछन् ।

यदि तपाई च्याउ खान मन पराउनुहुन्छ तर च्याउ चिन्न सक्नुहुन्न भने यहाँ विषालु र सध्य च्याउ चिन्ने केही तरिकाका बारेमा चर्चा गरिएको छ ।

पुरानो तथा बिग्रिएको च्याउ

स्वस्थ र विषरहित च्याउ जहिले पनि ताजा र नरमखालको हुने गर्दछ । यसमाथि पनि विष नभएको च्याउ हतपतन भाँचिएकोअवस्थामै हुने गर्दछ । यसकोअलवा च्याउ टिप्दा वा किन्दा यो कुरामा पनि विचार गर्न जरूरी छ की कतै च्याउमा किरा लागेको वा कुनै कालो धब्बा बसेको त छैन् ? यदि यस्ता लक्षण भएको च्याउ हो भने यो खानु हुँदैन् ? यस्ता च्याउ विषालु हुने सम्भावना अधिक हुन्छ ।

छाता आकारको च्याउ न किनौं

यस्ता आकार भएका च्याउमा विष हुने सम्भावना अरू च्याउमा भन्दा धेरै हुन्छ । छाता आकारको च्याउका डाँठमा सेतो रङको एकप्रकारको घेरा पनि हुने गर्दछ । यस्ता च्याउहरू बढी उज्याला हुने गर्दछन् । यिनमा प्राकृतिक विष एमनिटा प्रशास्तै हुने गर्दछ । यी च्याउहरू हुर्किदै जाँदा खैरारङमा परिणतसमेत हुने गर्दछन् ।

झुप्पा भएका च्याउ

झुप्पा भएका च्याउ पनि खानु हुँदैन् । यी च्याउले पनि स्वास्थ्यमा नराम्रो असर गर्दछ ।

सुगन्धित च्याउ

कुनै च्याउ यस्ता पनि हुने गर्दछन् कि तिनीहरूको गन्ध बास्नादार हुने गर्दछ । यी च्याउ खाँदै खानु हुँदैन् । योमात्रै होइन् साना खैरा रङका च्याउ पनि खानुहुँदैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here