Thursday, March 28, 2024
Homeफिचरबारको अध्यक्षमा घिमिरे

बारको अध्यक्षमा घिमिरे

- Advertisement -spot_img

घोराही, २९ मंसिर । नेपाल बार एसोसिएसन दाङको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । बारको शनिबार भएको मतदानमा घिमिरेले ६२ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ऋषिराज आचार्यले ५८ मत प्राप्त गरेका थिए । यस्तै मनिराज आचार्यले ६० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ठाकुरप्रसाद वलीले ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशमराज गिरीले जानकारी दिए ।
निर्वाचन अधिकृत गिरीका अनुसार सचिवमा संजयकुमार केसी विजयी भएका छन् । प्रतिद्वन्द्वी नारायणप्रसाद डाँगीलाई २१ मतले पछि पार्दै केसी विजयी भएका हुन् ।
केसीले ७० मत ल्याएका थिए भने डाँगीले ४९ मत प्राप्त गरेका थिए । बारको कोषाध्यक्षमा ठाकुरप्रसाद गिरी ६४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रेमबहादुर वलीले ५१ मत ल्याएका थिए ।
सदस्यहरूमा हरि बेल्वासे, नारायणप्रसाद रिजाल, भरत न्यौपाने बिजयी भएका छन् । तीनैजना सदस्यले ५६/५६ मत प्राप्त गरेका थिए ।
त्यस्तै ७५ मत ल्याएर निर्मलेश्वरी दाहाल, ६७ मत ल्याएर निर्मला सुवेदी, ५८ मत ल्याएर ओमभक्त डाँगी र ६० मत ल्याएर अच्युतराज न्यौपाने सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत गिरीले जानकारी दिए ।
यस्तै ६६ मत ल्याएर निश्चल हमाल, ६० मत प्राप्त गर्दै लुमबहादुर कार्की, ७३ मत प्राप्त गर्दै नुमानन्द आचार्य केन्द्रीय पार्षदमा चयन भएका छन् । यस्तै ६५/६५ मत प्राप्त गरेर ललितबहादुर केसी र किरण पौडेल,
६६ मत प्राप्त गरेर अर्जुनकुमार अधिकारी र ६२ मत ल्याएर गोपाल गिरी केन्द्रीय पार्षदमा चयन भएका छन् । बारको नयाँ नेतृत्वका लागि भएको मतदानमा १ सय २० मत खसेको थियो ।
नेकपा र नेपाली काँग्रेस निकट कानुन व्यवसायी अलग प्यानलबाट निर्वाचनमा होमिने गरे पनि यसपटक दुबै पार्टी निकट कानुन व्यवसायी विभाजन भएर निर्वाचनमा होमिएका थिए ।
नेपाली काँग्रेस निकट दुईजना कानुन व्यवसायी अध्यक्षका उम्मेदवार रहेका थिए भने नेकपा निकट कानुन व्यवसायी पनि दुबै टिमबाट उम्मेदवार बनेका छन् । बारको निर्वाचित ११ सदस्यमध्ये दुई वटा टिमबाट नेकपाका छजना सदस्य निर्वाचित भएका छन् भने नेपाली काँग्रेसका पाँचजना सदस्य निर्वाचित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here