Thursday, April 18, 2024
Homeफिचरबायोग्याँस प्लान्टको ६० प्रतिशत काम

बायोग्याँस प्लान्टको ६० प्रतिशत काम

- Advertisement -spot_img

घोराही, १५ पुस । दाङमा करिब २० करोड लगानीमा बायोग्याँस प्लान्ट बन्दै छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र घोराही उपमहानगरपालिकाको सहकार्यमा नेपाल उर्जा विकास कम्पनी प्रालिले प्लान्ट निर्माण गर्न लागेको हो ।
घोराही उपमहानगरपालिकाको सेनेटरी ल्याण्डफिल्ड साइटको करिब ३ विगाह क्षेत्रफलमा बायोग्यास प्लान्ट निर्माण भइरहेको छ ।
गएको भदौ महिनाबाट भौतिक पूर्वाधार निर्माणको काम शुरू भएको र हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्रोजेक्टर मेनेजर हरिशरण श्रेष्ठले बताए ।
सम्झौताको केही ढिला गरी काम शुरू भएपनि हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ’ उनले भने, ‘अबको तीन महिनाभित्र प्लान्टको काम सम्पन्न गर्ने लक्ष्य छ ।’
घोराही उपमहानगर–पालिकाबाट निष्कने फोहरबाट बायोग्याँस उत्पादन गर्ने गरी गत मंसिर ५ गते घोराही उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
सम्झौता गरेको करिब सात महिना भदौबाट निर्माणको काम शुरू गरिएको बायोग्याँस प्लान्टको काम भौतिक निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको र आगामी असारमा ग्याँस उत्पादन गर्ने लक्ष्यका साथ काम तीब्र रूपमा भइरहेको मेनेजर श्रेष्ठले जानकारी दिए । अहिले प्लान्ट स्थलमा ग्याँस उत्पादनका लागि ठूलो एक र दुई साना गरी ३ ग्याँस प्लान्ट निर्माण भइरहेका छन् ।
सबै भौतिक निर्माणको काम सम्पन्न भएपछि दैनिक ७० देखि ८० सिलिन्डर ग्याँस उत्पादन हुने छ भने २० टन कम्पोष्ट मल उत्पादन हुनेछ । जसका लागि नेपाल उर्जा विकास कम्पनीले २० वर्षका लागि सम्झौता गरेको छ ।
सम्झौताअनुसार २० वर्षसम्म कम्पनीले आफै ग्याँस उत्पादन गरेर बिक्री गर्ने छ भने कारोवारको ५ प्रतिशत घोराही उपमहानगर–पालिकालाई रकम दिनेछ ।
२० वर्षपछि कम्पनीले सबै भौतिक संरचना घोराही उपमहानगर–पालिकालाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । ग्याँस प्लान्टमा नेपाल उर्जा विकास कम्पनीको ६० प्रतिशत र ४० प्रतिशत वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको हुनेछ ।
घोराही उपमहानगरपालिकामा दैनिक २३ देखि २४ मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । जसमध्ये ७० प्रतिशत गल्ने प्रकृतिको फोहर उत्पादन हुने गरेको छ ।
उपमहानरपालिकाबाट उत्पन्न हुने फोहोरबाट ग्याँस निकाल्ने भएपछि यहाँको फोहर व्यवस्थापनमा सहज आउनुका घोराही १६ मा रहेको सेनेटरी ल्यण्डफिल्ड साइटको आयुसमेत बढ्ने घोराही उपमहानगरपालिका फोहोर व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here