Tuesday, April 16, 2024
Homeखेलकुदबाठो काग कि कोइली ?

बाठो काग कि कोइली ?

- Advertisement -spot_img

गोविन्दबहादुर बस्नेत
‘सल्यानी दाजु’

दाङको डिभाईन एकेडेमी बोर्डिङ तुलसीपुर ६ गोलौरामा कक्षा ५ मा अध्ययनरत निराजन बस्नेतले मलाई एकदिन एउटा प्रश्न ग¥यो कि हजुरबुवा हाम्रो स्कुलको सरले कोइली र कागमा कुन चरा सबैभन्दा बाठो हुन्छ ? भन्ने विषयमा कथा वा नाटकमा तिमीले जे लेख्न सक्छौं लेखेर ल्याउनु भन्नुभएको छ । हजुर बुवा कुन चरा बाठो हुन्छ ? भनेर मलाई सोधेका थिए ।
मैले भने बाबु सबै जातका चराहरु बाठै हुन्छन् तर पनि बसन्त ऋतुमा ती मधुर स्वरकी धनी कोइली नै बाठो हुन्छ । हुन त पंक्षीहरुमा सबैभन्दा चलाख कागलाई नै भनेपनि कागभन्दा कोइली बाठो हुन्छ भन्ने उदाहरण दिएर काग भन्दा कोइली बाठो यसरी भएको निबन्ध लेखियो । रामले श्यामलाई यसबारे कथा सुनाउँछ ।
एउटा ठाउँमा सामु नाम गरेको एकजना कथाकार रहेछ । उसले श्यामुलाई कथा सुनाउँछ । सामुले श्यामु तिमीलाई एउटा कथा सुनाउँछु सुन्, कागभन्दा कोइली यसरी चतुरी चरा भएको हो । सत्ययुगमा राम राज्य थियो । त्यसै सयममा मानिस जस्तै पशु पक्षीहरु एकआपसमा मिलेर बस्दथे । हिंसा भने कसैले गर्दैनथे । उसै समयको कुरा हो काग पंक्षीहरुको प्रधानमन्त्री हुने चाहना राख्दै साम, दाम, दण्डभेद गरेर भएपनि आफू अगाडि जाने स्वभाव जाग्यो । कोइली शान्त स्वभावको थियो, कागको प्रतिद्वन्द्वी कोइलीबाहेक अरु थिएन ।
एकदिन कागले कोइलीलाई बुद्धिबल खेल (चेस) खेलेर जस्ले जित्छ उही मात्र प्रधानमन्त्रीको दाबेदार हुन पाउने प्रस्ताव राखेछ । कोइली पनि सहमति जनाएछ । काग र कोइली बुद्धिबल (चेस) खेल्न सुरु गरेछन् । केही समय गोटी चालमै रमाएछन् । उनीहरु दुबै दिमागमा बराबरको अवस्था पुग्दा कागले आफ्नो दिमागलाई ब्रेक बढाई कोइलीलाई झुक्याउने गोटी सार्ने दाउबाट कुराले अल्मल्याउने गफ झिकेछ र भनेछ मित्र तपाईको मेरो गोटीचाल बराबर अवस्थामा जान्छ अन्त्यमा जले जिते पनि स्विकार्य हुने नै छ अब यो खेल विश्राम गरौं । बरु तपाई र म मितेरी लगाउने प्रस्तावमा जुटौं । कागले भन्दा कोइली स्विकारेछ । बुद्धिबल खेल स्थगित राखी मित लगाउन काग कोइली जुटेछन् ।
कागको र कोइलीको मित लगाउन सुरु भएछ । कागले मितको लागि उपहार दिने काठको तरवार कपडाले बेरी लिनुहोस् । मित मेरो उपहार तरवार मितको लागि ल्याएको छु । कुनै बेला देशमा द्वन्द्व चर्किदैछ आत्मसुरक्षाको लागि मितज्यूलाई आवश्यक पर्ला कागले कोइलीलाई भनि हातमा पारिदिएछ ।
कोइलीले पनि मित कागलाई मनपर्ने पाकेको बेल झोलाभरी बनाएर ठेकीभरी गोबरको घ्यूँ भरी लिनुहोस् मितज्यू हजुरलाई मैले दिएको श्रद्धाको उपहार मिठो मानेर खानुस् । घाँटीमा बेल अट्कियो भने यो ताजा घ्यूँले मलम लगाउनुहोला भनेर कोइली दिएछ र कागले मित कोइलीलाई भनेछ काठको तरवार गोवरको घ्यूँ सानो ठूलो भएपनि मित–मितको एउटै ज्यूँ भन्दै फेरी बुद्धिबल (चेस) मा सामेल भएछन् । बुद्धिबल खेल्दा रात झुसुक्कै पर्न लागेछ । खेलको फैसला हुन सकेन भोलि बिहानै जुटौला भनेर काग र कोइली आफ्नो आफ्नो बासस्थान गएछन् ।
कोइलीले आफ्नी श्रीमतीसँग भनेछ लौन प्रिय मलाई तिम्रो सहयोगको आवश्यक प¥यो । किन भने मैले कागसँग बुद्धिबल खेल्न लागेको धेरै दिन भै सक्यो हार जीतको परिणाम अझै निस्केन । बुद्धिबलमा मैले जित्नैपर्छ, मलाई सहयोग गरन । कोइलीले आफ्नी श्रीमतीसँग भनेछ । श्रीमती पोथी कोइली भन्छे पुरुषले जित्न नसके म स्त्री पोथी कसरी जित्न सम्भव हुन्छ ।
भाले कोइली मन्द, सम्भव छ श्री भगवान रामले राक्षसहरुलाई मार्न देवी भगवतीको आरधना गरेको थिए । महिला सक्षम भए असम्भव भन्ने केही छैन लाटी बुद्धिले माछो मर्छ । ऊ त्यो रुखमा कागले गुड लगाएको छ अण्डा पार्ने होला । पोथी काग चारो खोज्न गएको मौका छोपी त्यो फूल अण्डा पिईदिनु आफूले अण्डा पारी दिनु । दिन–दिनै त्यसै गर्नु । अण्डा कोरल्ने बेला छाडीदिनु ।
काग पोथीले बच्चा निकाल्छ हुर्काउछ तिमीलाई दुःख गर्न पनि परेन तिनि बच्चा उड्ने भएपछि हामी कोइली साथ लागिहाल्छौं । म नि त्यतिसम्म हाम्रो बुद्धिबल गेम मेरो जित कागको पराजित भैहाल्छ । त्यसै गर भनेर भाले कोइलीले पोथी कोइलीलाई सिकाएछ, पोथी कोइली त्यसै गरिछ, बच्चा हुर्केर उड्ने भएपछि कोइली साथ लागि सकेछन् ।
कोइलीको विजय देखेर कागबाहेक अरु चराहरु प्रधानमन्त्री बनाउन बधाई दिने कोइली सामु जुटेछन्, आग्रह गरेछन् कोइली भने आफू प्रधानमन्त्री बन्न अस्विकार गरेछ । म प्रधानमन्त्री हुँदैन किन भने अब कलियुग लाग्दैछ सबभन्दा कलियुग नेपालमा नै लाग्नेछ मनुष्यहरु पापचार, दुराचार, भष्ट्राचार, अत्याचार, लुटपात ज्यादति ज्यादै बढ्नेछ । देशमा ब्राह्मणहरु अत्याचारी धर्म विखण्डनी हुनेछन् ।
हिन्दू धर्मलाई धरासायी पार्न विदेशी डलर कोची–कोची पेट भर्न र सुनको तक्मा देखाउन लाग्नेछन् । गौहत्या गर्न पछाडी पर्ने छैन । चुनाव आयो भने जनता झुक्याउने खोक्रो नारा लिएर गाउँ–गाउँ छिर्नेछन् ।
गास, बास, कपास काम भने जनतालाई छाक न वास, नेताका छोराछोरी युरोप, अमेरिका पढ्नलाई बास जनताका छोराछोरी कलिलो हातले गिट्टी फोर्न हतास, नेताले जुल्फीमा लगाउने पन्ध्र हजारको तेल, गरिवलाई ऐन धनीलाई चैन, निर्दोषलाई जेल, नेतालाई अरबौंको गाडी, भारी दाइको पसिनाको धारा, पिठ्यूँको भारी, नेताको श्रीमतीलाई करोडौंको सारी यस्तो देख्न हाम्रो भावीपुस्ता कोइली चराले चाहदैन भनेर कोइलीले भविष्यवाणी ग¥यो । तपाई चराहरुमध्ये अरु कुनै चराहरु चुन्निनुस् । म भने बसन्त ऋतुमा कुहुँ–कुहुँ भनेर तपाईहरुलाई मिठो स्वरले बोलाउला यो कथा रामुले श्यामुलाई सुनायो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here