Sunday, March 24, 2024
Homeफिचरबाँसगढी महायज्ञमा १८ लाख बचत

बाँसगढी महायज्ञमा १८ लाख बचत

- Advertisement -spot_img

बिजौरी, २६ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा सञ्चालन भएको महायज्ञबाट १८ लाख बढी बचत संकलन भएको छ । कालिका मालिका भगवती मन्दिरको स्तरोन्नति तथा आधुनिक धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञबाट १८ लाख ४७ हजार ७ सय ४७ संकलन भएको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक नवीनकुमार पोख्रेलले जानकारी दिए ।
२९ असोजदेखि ७ कार्तिकसम्म सञ्चालन भएको महायज्ञको आय–व्यय सोमबार सार्वजनिक भएको हो । महायज्ञमा ३१ लाख ५९ हजार ८ सय ५ रूपैयाँ संकलन भएको र १३ लाख १२ हजार ५८ खर्च भएको आर्थिक संयोजक पोख्रेलले बताए ।
महायज्ञबाट १ लाख ४२ हजार ४ सय २५ अझै उठ्न बाँकी रहेको उनको भनाइ छ । महायज्ञबाट संकलित रकम र पुरानो मौज्दात गरी १८ लाख ६९ हजार ४ सय ७८ रकम मन्दिरको नाममा रहेको आर्थिक संयोजक पोख्रेलले जानकारी दिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भाष्करराज मजगैयाँको अध्यक्षतामा महायज्ञको आय–व्यय सार्वजनिक भएको हो ।
अध्यक्ष मजगैयाँले महायज्ञ सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । ‘लक्ष्य अनुसारको रकम संकलन गर्न सफल भएका छौँ, महायज्ञ सफल बनाउने दानदातालगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु’ उनले भने– ‘अब मन्दिर तथा धर्मशाला निर्माणको काम अघि बढ्ने छ ।’ आय–व्यय कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका सचिव रबिराज गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here