Friday, March 29, 2024
Homeफिचरबबई लिफ्टिङले तुलसीपुरमा पानीः मन्त्री मगर

बबई लिफ्टिङले तुलसीपुरमा पानीः मन्त्री मगर

- Advertisement -spot_img

तुलसीपुर, २४ जेठ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले दाङसहित देशभर ८० प्रतिशत नागरिक प्रशोधित पानीको पहुँचमा नरहेको बताएकी छन् ।
नेपालमा २० प्रतिशत नागरिक मात्रै प्रशोधित खानेपानीको पहुँचमा रहेको भन्दै सन् २०३० सम्म सबै नागरिकको घरमा प्रशोधित पानी पुग्ने बताएकी छन् ।
खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको भन्दै नेपालमा १२ प्रतिशत नागरिक खानेपानीको सहज पहुँचमा नभएको समेत बताइन् ।
एक घर एक धारा हाम्रो अभियान, सरसफाइयुक्त जिल्ला हाम्रो पहिचान भन्ने मुल नाराका साथ सञ्चालन गरिएको जिल्लामा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ र खानेपानी सञ्जालको आयोजनामा बिहीबार तुलसीपुरमा आयोजना सञ्चालन,
व्यवस्थापन तथा सुरक्षा योजनासम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेकी मन्त्री मगरले खानेपानीमा सहजता ल्याउनका लागि व्यवस्थित योजना अनुसार लगानीलाई परिचालन गर्न नसकिएको बताएकी छन् ।
स्वच्छ खानेपानीका लागि आम नेपाली जनता चुनौतीसँग संघर्ष गरिरहेको बताउँदै उनले यसका लागि खानेपानीलाई छिटो परिपूर्ति गर्नका लागी सरकार कटिवद्ध भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।
‘आगामी योजना र सम्भाव्यताको खोजी गरी अवस्था, समस्या र वास्तविकताका आधारमा रोडम्याप तयार गर्दैछौँ’ उनले भनिन् ‘यसका लागि सर्वप्रथम जनताको समस्या, अवस्था र सरकारको लगानी बीचको ठूलो खाडल पुर्नुपर्दछ ।’
खानेपानीको अभावले देशमा कस्तो स्वरुप ल्याउँदै छ भन्ने कुरा अहिलेको लागि निकै महत्वपूर्ण विषय भएको उनले बताईन् । दाङ खानेपानीको अभावमा गुज्रिएको जिल्ला भएकाले यसको समाधानका लागि अल्पकालिन र दीर्घकालिन योजना निर्माण गरी छिटो समस्या समाधान हुने खालका गतिविधिहरु समेत सञ्चालन गरिने उनले आश्वासन दिईन ।
उनले बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने उनको भनाई छ । ‘दाङको खानेपानी समस्या समाधान बैकल्पिक मार्गबाट गर्न सकिन्छ’ उनले भनिन् ‘त्यसका लागि दाङ बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम्प निर्माण गरेर यहाँको खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।’
‘अहिले देशमा २० प्रतिशत मात्र प्रशोधित पिउने पानी उपलव्ध गराउन सकेका छौँ’ मन्त्री मगरले भनिन् ‘खानेपानीलाई मौलिक अधिकारको रुपमा लिईएको छ तर जनताहरु खानेपानीको चुनौतिसँग लडिरहेका छन् ।’
संघीय सरकारले खानेपानीका आयोजना तथा योजनाहरुलाई मुख्य प्राथमिकतामा राखेको भएपनि ठूला आयोजनामा लगानी भिÏयाउन नसकेको उनले बताईन् ।
विकासका नाममा विनासका गतिविधिहरु मुलुकभर भईरहेका कारण पानीको हाहाकार मच्चिदै गएको बताउँदै उनले प्रदेश, संघ र स्थानीय सरकारको समन्वयमा खानेपानीको सहजताका लागि व्यवस्थित योजनाहरु निर्माण गरिने समेत जानकारी दिईन ।
दाङ जिल्लालाई प्रशोधित आधारभूत खानेपानीको पहुँचमा लैजानका लागि सरकारसँग छलफल गरेर प्रष्ट खाका तयार पारिने आवश्वासन दिइन् ।

दाङको खानेपानी समस्या समाधान बैकल्पिक मार्गबाट गर्न सकिन्छ । त्यसका लागि दाङ बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम्प निर्माण गरेर यहाँको खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।’

नेकपाका संसदीय दलका सचेतक शान्ता चौधरीले दाङ पानीको अभावका कारण सुख्खै सुख्खामा झेलिनु परेको बताईन् । खानेपानीका लागि बजेट विनियोजित भएको भएपनि अझै थुपै्र खाले अधूरा आयोजना तथा योजनाहरु बाँकी रहेकाले यस विषयमा सरकारसँग बृहत छलफल गरी थप बजेट विनियोजन गर्न लगाउने बताईन ।
‘अहिले खानेपानीको अभावबाट जिल्ला गुज्रिरहेको छ, उनले भनिन् ‘सरकारको सत्तामा रहेका हामीहरुलाई जनताका लागि केही गर्ने अवसर मिलेको छ, यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’
विदेशी मुलुकको प्रभावका कारण नेपालको जलवायु र वातावरणीय प्रभावका कारण पानीका मुहानहरु सुक्दै जान थालेको बताउँदै उनले यसको संरक्षणमा आजैदेखि सबै लागि पर्नुपर्ने बताईन् ।
सोही कार्यक्रमका अवसरमा बोल्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले विकासको नाममा देश मासिदै गएको बताईन् । देशको विकासका नाममा सञ्चालनमा भएका उद्योग कलकारखानाहरुले पानीका मुहानहरुका प्रत्यक्ष प्रभाव पारेको उनको भनाइ छ ।
पानीका मुहानहरु सुक्नुको मुख्य कारण चुन ढुङ्गाको उत्खनन, हिमालहरु पग्लनु, बोटबिरुवामा मासिदै जानु हो उनले भनिन ‘यसका लागि अब चुन ढुङ्गा उत्खनन्मा रोक लगाई वातावरणीय संरक्षणमा जुट्नु पर्दछ ।
गाउँ–गाउँ तथा बस्तीहरुमा खानेपानी, सिंचाईलगायतमा प्रयोग हुने पानी प्रशस्त नहुँदा किसानहरुसँगै आम नागरिकहरुले सास्ती खेपिरहेको उनको भनाइ छ ।
यस्तै खानेपानीको अभावका कारण जिल्लामा रहेका नागरिकहरु ठूलो संख्यामा विस्थापन हने क्रममा रहेको तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट आगामी तीन वर्षमा एक घर एक धारा बनाउनुपर्ने लक्ष्यलाई पूरा गर्नका लागि पारदर्शीता र जनसहभागिताको बीचमा बजेटलाई विनियोजन तथा परिचालन गनुपर्ने बताए ।
खोनपानीको समस्यालाई अन्त्य गरी सबैको पहुँचमा शुद्ध पिउने पानी पु¥याउनका लागि जवाफदेहितालाई मुख्य आधार बनाई प्रविधिमय बनाउनु पर्ने बताए ।
दाङ जिल्ला खानेपानी सञ्जालका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा बोल्ने अन्य व्यक्तिहरुले खानेपानीका लागि सरकारले आयोजना तलतिर ल्याउँदै माथितिर लैजाने प्रवृत्तिका कारणले पनि यस क्षेत्रमा लगानी हुन नसकेको बताए ।
जनभावना र जनआवश्यकतालाई मध्यनजर गर्दै खानेपानीका लागि सरकारले समयमै ध्यान दिनुपर्ने बताएका थिए । जिल्ला खोनपानी तथा सरसफाई डिभिजन कार्यलय घोराहीको आयोजना तथा जिल्लाा खानेपानी सञ्जाल दाङको सहआयोजनामा उक्त कार्यक्रम भएको कार्यक्रम बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्ने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here