Tuesday, March 26, 2024
Homeविचारबबईमा अधिक सम्भावना

बबईमा अधिक सम्भावना

- Advertisement -spot_img

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरेको छ । देशमा भएका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरेर पर्यटन प्रवद्र्धन गरी राष्ट्रलाई समृद्धिको मार्गमा लैजान सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा लिएको हो । सन् २०२० मा करिब २० लाख पर्यटकको आगमन गराउने गरी सरकारले अहिले पर्यटकीय स्थलको सौन्दर्यता बढाउन मात्र लागेको छैन्,
पर्यटकीय स्थलको प्रचार–प्रसारलाई पनि व्यापक बनाएको छ । प्राकृतिक रूपले सुन्दर देश नेपालमा थुप्रै पर्यटकीय स्थलहरू रहेका छन् । विश्वको अग्लो शिखर सगरमाथादेखि गौतम बुद्धको जन्मस्थान नेपालमै छन् । नेपालमा अहिले पनि पर्यटक आउने क्रम जारी नै रहेको छ । सन् २०२० लाई विशेष वर्षका रूपमा घोषणा गरी पर्यटनका क्षेत्रका माध्यमबाट देशको आर्थिक अवस्थालाई बलियो बनाउन सरकारले थालेको प्रयासलाई नागरिकस्तरबाट पनि सहयोग हुन आवश्यक छ ।
कतिपय थुप्रै पर्यटकीय स्थलहरू अहिले पनि प्रचार–प्रसार अभावमा रहेका छन् भने कतिपय ठाउँ संरक्षणको पर्खाईमा छन् । देशको आर्थिक अवस्था सुधार गर्नका लागि ति पर्यटनको सम्भावना बोकेका स्थलहरूको विकास गर्न देशमा भएका तीनैतहका सरकारहरू लागिरहेका छन् ।
संघ, प्रदेश र स्थानीय सरकार पर्यटन प्रवद्र्धनका आ–आफ्नै ढंगले लागिपरेका छन् । सन् २०२० नजिकै गर्दा दाङका स्थानीय तहहरू पनि स्थानीयस्तरमा भएका पर्यटकीय स्थलहरूको संरक्षण र प्रचार–प्रसार अभियानलाई तिब्र बनाएका छन् । पर्यटन प्रवद्र्धनमा स्थानीयस्तरबाट भइरहेका छन् ।
सन् २०२० लाई लक्षित गरी स्थानीय सरकारले पर्यटकीय स्थलको प्रचार–प्रसार अभियान र स्थानीय नागरिकलाई पर्यटकीय स्थलको संरक्षणमा दायित्वबोध स्थानीय सरकार कसरी गराउँदै छन् त ? लगायतका विषयमा स्थानीय तहका प्रमुखसँगको तहको पर्यटकीय स्थलको अवस्थाको बारेमा र पर्यटन विकासका सम्बन्धमा टुडे राउण्ड टेबलको आजको अंकमा समेट्ने प्रयास गरेका छौं । प्रस्तुत छ दाङका स्थानीय सरकार प्रमुखसँग सारसंक्षेपमा गरिएको कुराकानी । 


भुवनेश्वर पौडेल
अध्यक्ष
बबई गाउँपालिका

हामीले सन् २०२० लाई लक्षित गरेर भन्दा पनि दीर्घकालिन रूपमा पर्यटन प्रवद्र्धन गर्नतिर लागिपरेका छौँ । पश्चिम दाङमा त्यसमा पनि बबई गाउँपालिका प्राकृतिक सुन्दरताको हिसावले बबई गाउँपालिका सम्पन्न छ तर आवश्यक पूर्वाधारको अभाव भने पक्कै छ ।
बबई गाउँपालिकाले सीमित स्रोत साधनमा पनि ति पर्यटनको सम्भावना बोकेका पर्यटकीय स्थलको संरक्षण र विकास गर्न लागिरहेको छ । प्रकृतिले दिएका सुन्दर मनोरम दृश्यलाई सबैमाझ पु¥याएर पर्यटन प्रवद्र्धन गर्नका लागि हामीले ति ठाउँमा पुग्ने सडकबाट निर्माणलाई प्राथमिकतामा राखेका छौँ । सडकको विकासबिना अरू केहि पनि असम्भव छ  । त्यसैले सडकको विकास गरी यहाँका पर्यटकीय स्थलको विकासमा हामीहरू लागिरहेका छौँ ।
गाउँपालिकामा करिब एकदर्जन भन्दा बढी पर्यटकीय स्थलहरू रहेका छन् । नाम नै लिनुपर्दा पुरन्धारा छहरामा पर्यटकको संख्या दैनिक बढ्दै गएको पाइएको छ । जिल्लाभित्र तथा जिल्ला बाहिरबाट छहराको अवलोकनसँगै वनभोज कार्यक्रमका लागि उक्त स्थानमा आउने गरेका छन् । हामीले पुरन्धारा छहरामा भौतिक संरचना निर्माण गरेका छौँ तर अझै पनि पर्याप्त छैनन् ।
प्रदेश सरकारको सहयोगमा हामीले सडकको मर्मतदेखि वनभोजस्थल निर्माण गरेका छौँ । आमसञ्चारको माध्यमबाट छहराको प्रचार–प्रसार राम्रो भएको छ । त्यसैको प्रतिफल अहिले छहरामा दैनिकजसो पर्यटकको संख्या बढिरहेको छ । मिडिया जगतले छहरको प्रवद्र्धनमा खेलेको भूमिका निकै प्रशंसनीय छ । अहिले छहरामा पर्यटनको संख्या बढ्दै जाँदा हामीले भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिएका छौँ ।
बबई गाउँपालिकामा पर्यटनको सम्भावना बोकेका थुप्रै पर्यटकीय स्थलहरू रहेका छन् । पुरन्धारा छहरासहित वडा नम्बर ३ मा रहेको गौरीशंकर शिवालय, वडा नम्बर ६ मा रहेको चिसापानी, धागे छहरालगायतका पर्यटकीय स्थलहरू विकासको पर्खाइमा छन् ।
विद्युत, सडकदेखि खानेपानीलगायतका समस्यालाई समाधान गर्र्ने प्रयासमा छौँ । सीमित स्रोतसाधन हुँदा हामीले सबै काम एकैपटक पनि गर्न सकिरहेका छैनौँ । अर्को कुरा के पनि आग्रह छ भने स्थानीयले पनि पर्यटन प्रवद्र्धनका लागि भूमिका खेल्न आवश्यक छ । सरकारसंगै नागरिकले पनि पर्यटकीय स्थलको संरक्षण गर्नुपर्छ तबमात्रै हामी समृद्धिको मार्गमा जान्छौँ ।
प्रकृतिले दिएका ति ठाउँहरूलाई संरक्षणमा सरकारसँगै नागरिकको पनि दायित्व हुन्छ भन्ने लाग्छ । अहिले के देखिएको छ भने सरकारले मात्रै गरिदियोस् भन्ने संस्कृतिको विकास भएको छ । जनश्रमदान भन्ने निकै कम देखिएको छ ।
त्यसकारण पर्यटकीय सम्भावना बोेकेको पर्यटकीय स्थलहरूको संरक्षण गर्न म स्थानीयलाई पनि आग्रह गर्दछु । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने योजना बनाइरहेको समयमा हामीले अहिले प्रसार–प्रसारको अभियान नै त सञ्चालन गरेका छैनौँ । तर पनि विभिन्न किसिमले प्रचार–प्रसार भइरहेको छ । बबई गाउँपालिकामा भएका पर्यटकीय स्थलको प्रचारमा सबैको सहयोग हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here