Monday, April 15, 2024
Homeसम्पादकीयबढ्दो कुपोषण

बढ्दो कुपोषण

- Advertisement -spot_img

खानामा सामान्य ध्यान दिन नसक्दा पाँच वर्ष मुनिका दुई प्रतिशत बालबालिका अहिले कुपोषणको सिकार बनेका छन । जिल्लामा रहेको ५५ हजार ५ वर्ष मुनिका बच्चा मध्य एक हजार २ सय बच्चा कुपोषणमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । त्यो पनि शिघ्र कुपोषण भएकाको संख्या १२ सय हो  । उपचार गराईरहेका कुपोषित बालबालिका पनि बर्सेनी बढि रहेका छन । परिवारमा बालबालिका प्रति ध्यान कम हुँदा र खानपानमा, हेरचाहमा लापरबाही गर्दा कुपोषण बढिरहेको चिकित्सकहरुको तर्क हुने गरेको छ । कुपोषण भइरहेको र संख्याको घेरामा रहेका बालबालिकालाई समयमा ध्यान दिन सके कुपोषणबाट बचाउन सकिन्छ । यस तर्फ सबैले आफ्नो ठाउँबाट सोचेमा सबै बालबालिका पोषक बालबालिका हुने छन । र कुपोषण भएकै कारण उपचारमा राख्नु पर्ने अवस्था आउने छैन ।
दाङका कुपोषित बालबालिकाको उपचारका लागि अहिले जिल्लाका १० स्थानीय तहका १२ स्थानमा उपचार केन्द्र स्थापना गरिएको छ । ती उपचार केन्द्रमा अहिले ३ सय १२ जनाको शिघ्र कुपोषण भएका बालबालिकाको संघन उपचार भइरहेको छ । यति मात्रै हैन स्थानीय तहले आफ्नो तहका कति कुपोषित बालबालिका रहेको छन भन्ने अवस्थालाई सुक्ष्मरुपमा समेत नियाली रहेको छ । स्वास्थ्यको जिल्लाका आधिकारिक निकाय स्वास्थ्य कार्यालयले कुपोषणलाई निर्मुल पार्न विभिन्न गतिविधि सञ्चालन गरिरहेको समेत जानकारी दिदै आएको छ । स्वास्थ्य संस्थाहरुमा कुपोषणको न्यूनीकरणका लागि पोषणयुक्त सामग्री कुपोषित बालबालिकालाई प्रदान गर्दे आएको छ । स्वास्थ्य संस्थाहरुमा कुपोषण पहिचानको लागि उपकरणको केहि समस्या देखिए पछि अहिले उपकरण पनि स्वास्थ्य संस्थालाई दिन थालेको हो । जिल्लामा कुपोषित हुने बालबालिकाहरुमा ५० प्रतिशत बालबालिका चौधरी समुदायका रहेको तथ्याङ्क स्वास्थ्यले सार्वजनिक गरेको छ । जिल्लामा उपचारमा रहेको रहेको तीन सय शिघ्र कुपोषण बालबालिकामा ५० प्रतिशत भन्दा बढी चौधरी समुदायका, अन्य दलित विपन्न तथा अन्य समुदायका रहेको तथ्याङ्क भेटिनुले पनि थारु समुदायका बालबालिकामा कुपोषण बढि भएको प्रष्ट पार्छ । जिल्लामा २०७० सालदेखि उपचार केन्द्र सञ्चालन हुँदा अहिलेसम्म ७ सय ५० जना कुपोषित बालबालिकाको उपचार भएको तथ्याङ्क समेत आएको छ । कुपोषणलाई घरबाट सहज रुपमा नै न्यूनीकरण गर्न सकिन्छ । परिवारका सदस्य, बालबालिकका अभिभावक आमाबुवाले सामान्य हेरचाहा मात्रै गर्ने सकेका र खानाको सामान्य ब्यवस्थापन गर्न सकेमा मात्रै पनि कुपोषणलाई टाढै हटाउन सकिन्छ । यो अभियान र कार्यमा आफ्नो क्षेत्रबाट सबै लाग्न सक्नु अहिलेको आबश्यकता हो । वर्तमानका साझेदार र भविष्यका कर्णधार मानिने बालबालिकालाई अहिलेदेखि नै स्वस्थ र तन्दुरुस्त बनाउन सके उनीहरुको सबै हिसावले बृद्धि विकास हुन्छ । सबैले ध्यान दिउँ र आफ्ना बच्चालाई कुपोषित हुनबाट बचाउँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here