Tuesday, March 26, 2024
Homeफिचरबजेट अभावले सडक अलपत्र

बजेट अभावले सडक अलपत्र

- Advertisement -spot_img

तुलसीपुर, २९ साउन । स्थानीय सरकारद्वारा सञ्चालन भएका कतिपय सडक निर्माण कार्य बजेट अभावका कारण पूर्णरुपमा सम्पन्न हुन सकेका छैनन् । अधूरो विकास बजेटले सञ्चालन गरिएका यस्ता काम पूर्णरुपमा सम्पन्न गर्न कठिनाई भएको छ भने सडक व्यवस्थापनमा समेत थप समस्या देखिएको छ ।
तुलसीपुर उपमहानगरले गत आर्थिक वर्ष ०७५/७६ मा राजापुर–मोतिपुर सकड निर्माण योजनाका लागि विनियोजन गरेको रकम कम हुँदा अहिले सडक मर्मत तथा पक्की नाला निर्माण कार्य प्रभावित भएको छ ।
योजनामा विनियोजित गरिएको करिब २२ लाख बजेट अपुग हुँदा नाला निर्माण गर्नुपर्ने स्थानसम्म नाला निर्माण गर्न सकिएको छैन भने बाटो फिलिङ गर्नुपर्ने काम पनि बीचमै अलपत्र परेको छ
। सडक तथा पक्की नाला निर्माणका लागि विनियोजित गरिएको रकम कम भएपछि दुई टोलको साझेदारी बजेट मिसाउँदासमेत काम सम्पन्न हुन सकेको छैन भने बीच सडकमा रहेका विद्युतको पोल, सडकमा थुप्रिएका माटो र ढुङ्गासमेत व्यवस्थापन गर्न कठिनाई परेको छ ।
स्थानीय तहको २१ लाख ७५ हजार अर्थात् ६० प्रतिशत र उपभोक्ताको ८ लाख ६३ हजार ४० प्रतिशत गरी कुल ३० लाख ३८ हजारमा पक्की नाला निर्माण गरिएको छ ।
तर मापदण्ड अुनसार पक्की नाला चोकसम्म पु¥याउनु पर्ने भएपछि अहिले बजेट अभावका कारण काम अझकल्टो बनेको राजापुर–मोतिपुर सकडखण्ड निर्माण समितिका कोषाध्यक्ष भोजप्रसाद भट्टराईले जानकारी दिए ।
हामीले नाला चोकसम्म पु¥याउनु पर्ने हो तर उपमहानगरले बीच बाटोसम्मको लागि मात्रै बजेट दिएकाले यस्तो समस्या आएको छ उनले भने ‘दुई गाउँको रकम मिलाएर नाला चोकसम्म लैजाने कोसिस गरे पनि काम बीचमै अल्झिएको छ ।
स्थानियतहद्वारा प्राप्त भएको बजेटले ३ सय ९० मिटर पक्की नाला निर्माण सम्पन्न भएको छ । तर साढे ४ सय मिटरको पक्की नाला निर्माण गर्नुपर्ने भएपछि अहिले यस्तो समस्या आएको उनले बताए ।
स्थानीय तहले कुनै पनि विकास निर्माणका काम गर्दा सुरुदेखि अन्त्यसम्मको व्यवस्थापनलाई ध्यान दिन नसक्दा यसरी काम बीचमै अलपत्र परेको उनको भनाई छ ।
यसैगरी उक्त सडकखण्ड निर्माण समितिका अध्यक्ष नारायण भण्डारीले बजेट अभाव हुँदा सडकको बीचमा रहेका विद्युत पोलहरुसमेत व्यवस्थापन गर्न कठिनाई भएको बताए ।
उनले नाला मर्मत कार्य सँगसँगै सडकमा रहेको बालुवा, माटो फिलिङ, बाटो मर्मत, बिजुलीका पोल व्यवस्थापन गर्नुपर्ने भएको पर्याप्त बजेट नहुँदा यसको व्यवस्थापनमा समेत समस्या परिहेको बताए ।
जसोतसो विनियोजन गरिएको बजेटले ३ सय ९० मिटरको नाला निर्माण त भयो तर बाटो मर्मत र फिलिङ गर्ने काम बाँकी छ, उनले भने ‘त्यसका लागि अहिले बजेट छैन, यसर्थ बीच सडकमा पोल रहिरहेको छन्, त्यसको व्यवस्थापनसमेत गर्न सकिएको छैन ।’
स्थानीय सरकारले सञ्चालन गरेका हरेक विकास निर्माणका कामले आम नागरिकहरु खुशी देखिन्छन् । विकास नभएको स्थानमा विकास हुँदा सबैमा खुशी र स्थानीय सरकारको अनुभव हुन्छ  ।
तर अपेक्षा गरिए अनुसारको विकास र सोही अनुसारको व्यवस्थापन नहुँदा नागरिकहरु निराश र सास्ती खेप्नु पर्ने अवस्थासमेत रहेको उनीहरुको भनाई छ ।
काम पूर्णरुपमा सम्पन्न गर्नका निम्ति अझै साढे २ लाख बजेटको आवश्यकता परेको कोषाध्यक्ष भट्टराईले बताए । यसको समाधानका लागि आफूहरुले सहयोग एवं सम्बन्धित निकायसँग छलफल गरी बजेट व्यवस्थापन गरी कामलाई पूर्ण रुपमा सम्पन्न गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here