Friday, March 29, 2024
Homeफिचरबजार मूल्य नै फरक–फरक

बजार मूल्य नै फरक–फरक

- Advertisement -spot_img

विभाजित कुखुरा व्यवसायी …
दाङ,३ कार्तिक । दाङमा तयारी कुुखुराको मूल्य बढाउनका लागि कुखुरा व्यवसायीहरूबीच नै विवाद देखिएको छ । व्यवसायीहरूबीच नै विवाद देखिएपछि मूल्यमा एकरूपता आउन सकेको छैन् । केही व्यवसायीहरूले अहिले पनि तयारी कुखुराको मूल्य पुरानै कायम राखेका छन् भने केही व्यवसायीले नयाँ मुल्य कायम गरेका छन् ।
किसानको आन्दोलनले बजारमा कुुखुराको अभाव देखिन थालेपछि माग अनुसार मूल्य बढाउन केही व्यवसायीहरू लचक देखिएका हुन् । मूल्य बढाउन केही व्यवसायी सहमत नदेखिएपछि आफूहरू तीन व्यवसायी मिलेर अहिले तयारी कुखुराको मूल्य १० रूपैयाँ बढाएर १ सय ९० मा कायम गरेको आचार्य पोल्ट्री सप्लायर्सका सञ्चालक किरण आचार्यले बताए ।
‘बजारमा तयारी कुखुराको मूल्य प्रतिकेजी १८० कायम भएपछि ब्रोइलर पालक किसानले आन्दोलन थालेका छन्’ उनले भने ‘हामीले किसानको समस्यालाई मध्यनजर गर्दै मूल्य बढाएका छौँ तर केही व्यवसायी साथीहरू मूल्य बढाउन मान्नुभएको छैन् ।’
अन्य व्यवसायीहरू भने यथावत मुल्यभन्दा अरू बढ्न नसक्ने बताएका छन् । तयारी कुखुराको मूल्य बढाउने विषयमा व्यवसायीबीच विवाद देखिएपछि अहिले तयारी कुखुराको खोर काँटा फरक–फरक मूल्य रहेको छ ।

तयारी कुखुराको मूल्य बढाउने विषयमा व्यवसायीबीच विवाद देखिएपछि अहिले तयारी कुखुराको खोर काँटा फरक–फरक मूल्य रहेको छ ।


कतिपय व्यवसायीले १८० रूपैयाँमा तयारी कुखुरा खरिद गर्दै आएका छन् भने कतिपयले १९० मा खरिद गर्दै आएका छन् । मूल्य बढाउने व्यवसायीहरूबीच छलफल भएता पनि कति बढाउने भन्ने विषयमा निष्कर्षमा नपुगेको तुलसीपुर कुखुरा व्यवसायी समितिका अध्यक्ष ताराप्रसाद पौडेलले बताए ।
‘अहिले नै १९० बनाउने वा १८० कायम राख्ने केहि टुंगिएको छैन, केही व्यवसायी साथीहरूले त १९० रूपैयाँमा खरिद गर्न सुरू गरिसक्नु भएछ’ उनले भने– ‘मैले त असोज २८ गते १८० मा नै खरिद गरेको थिए, त्यसपछि खरिद गरेको छैन् ।’
बजारमा अन्य कुखुरा व्यवसायीले मूल्य बढाएपछि आफूले पनि बढाउने तयारी रहेको अध्यक्ष पौडेलले बताए । ‘अरू केही साथीहरू त मूल्य बढाउने पक्षमा देखिनुभएको छैन्, तर म त १९० मा चाहिँ पु¥याउँछु होला’, उनले भने–‘बजारमा तयारी कुखुराको मागभन्दा धेरै उत्पादन भएपछि मूल्यमा ह्रास आएको हो, अब केही बढ्न सक्छ ।’
ब्रोइलर पालक किसानहरूले तयारी कुखुराको मूल्य बढाउन माग गर्दै आन्दोलनमा छन् । दाना तथा चल्लाको मूल्य अनुसार तयारी कुखुराको मूल्य बढाउनुपर्ने भन्दै किसानहरूले आन्दोलनलाई जारी राखेका छन् । ब्रोइलर पालक किसानले खोरै खाली गर्नेसम्मका आन्दोलन थालेपछि बजारमा तयारी कुखुराको अभाव देखिन थालेको छ ।
ब्रोइलर पालक किसानका माग सम्बोधन गराउने विषयमा स्थानीय सरकारले कुनै चासो नदिएको ब्रोइलर पालक किसानले गुनासो गरेका छन् । मागहरू सम्बोधन नभए अब तत्काल चरणवद्ध आन्दालेनमा जाने ब्रोइलर पालक किसान संगठन किसान सरोकार मञ्चका अध्यक्ष बिष्णुप्रसाद न्यौपानले बताए । ‘कि मूल्य बढ्छ, कि हामी खोर खाली गर्छौ’ उनले भने‘ किसानका समस्याप्रति सरकार पनि गम्भीर बन्नुपर्छ ।

मासुको मूल्य पनि फरक–फरक

दाङका बजारमा ब्रोइलर कुखुराको फ्रेस मासुको मूल्य पसलैपिच्छे फरक देखिएको छ । बजारमा फ्रेस मासुको मूल्य एकरूपता हुन नसक्दा उपभोक्ता मारमा परेका छन् । बजारमा प्रतिकेजी फ्रेस मासुको मूल्य २५० देखि २९० रूपैयाँसम्म रहेको छ । व्यवसायीहरूको आफूखुसीका कारण मूल्य कायम हुँदासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको तुुलसीपुर–५ मानबहादुर विकले बताए । ‘बजारमा ब्रोइलर कुुखुराको मूल्य ठाउँ–ठाउँमा फरक छ, खै स्थानीय सरकार ? उनले भने ‘मूल्य एकरूपमा ल्याउन तुरून्त पहल कदमी चालियोस् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here