Thursday, March 28, 2024
Homebreaking-newsफोहर व्यवस्थापनमा युवा

फोहर व्यवस्थापनमा युवा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११ असार । तुलसीपुर क्षेत्रका युवाहरू फोहोर व्यवस्थापनमा जुटेका छन् । स्वच्छ र सुन्दर नगर निर्माणका लागि युवाहरू फोहर व्यवस्थापनमा जुटेका हुन् ।
तुलसीपुर नगरक्षेत्रभित्र जथाभावी फोहर थुप्रिदा वातावरण दुर्गन्धित हुनुका साथै रोगको महामारी फैलिन सक्ने भन्दै युवाहरू एकजुट भएको ‘आहा तुलसीपुर’ अभियानका अभियान्ता दिपक काफ्लेले जानकारी दिए ।
उनले नगरक्षेत्रभित्र रहेका युवा क्वलहरूसँगको सहकार्यमा ‘आहा तुलसीपुर’ अभियान सञ्चालन गरिएको बताए । अभियानको पहिलो चरणको कार्यक्रमअन्तर्गत बुधबार पातुखोला किनारमा सरसफाई गरिएको बताए ।

‘फोहोर व्यवस्थापन भएमा वातावरण सफा र सुन्दर हुन्छ’ उनले भने– ‘रोगबाट बच्न र बचाउनका लागि सर्वप्रथम फोहोर व्यवस्थापन नै गर्नुपर्छ, त्यसैले हामी एकजुट भएका छौँ ।’ उनले यो अभियान सबैको साझा अभियान भएको बताउँदै सक्दो सहभागिता जनाउन सबैलाई आग्रहसमेत गरेका छन् ।
यस्तै ग्रीन तुलसीपुर क्लिन तुलसीपुरका अभियान्ता विमल रिजालले वातावरणको सरसफाई, यसको व्यवस्थापन र संरक्षणमा युवा जनशक्ति एकजुट हुनुपर्ने बताए ।
तुलसीपुरको दिगो फोहर व्यवस्थापन र पूवार्धारको मर्मत सम्भारका लागि यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले दक्ष जनशक्तिहरू समाजको रूपान्तरणमा सहकार्य गर्दै अगाडि बढ्न जरूरी रहेको औँल्याए ।
फोहर व्यवस्थापन गरी पातुखोला किनारमा विभिन्न प्रकारका विरूवामा रोपिने भएको छ । उक्त अभियानमा जेसिज, रोटरी क्लव अफ तुलसीपुर, नमुना युवा सांसद, युथ अफ तुलसीपुर, समृद्ध समाज युवा क्लव, नमुना सिर्जनशील युवा क्लव, डिभाईन युथ क्लवलगायत अन्य क्लवहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here