Friday, April 12, 2024
Homeफिचरफोनिज दाङमा ५० हजारको अक्षयकोष

फोनिज दाङमा ५० हजारको अक्षयकोष

- Advertisement -spot_img

घोराही, २ साउन । नेपाल आदिवासी जनजाती महासंघ (फोनिज) दाङ शाखामा ५० हजारको अक्षयकोष स्थापना भएको छ । घोराही निवासी अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएम तथा उनकी धर्मपत्नी यमसरी जिएमले स्वगीय छोरा बिजय जिएमको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।
स्वर्गीय छोरा विजय जिएमको जन्मदिनका अवसरमा अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्राप्त भएको ब्याजबाट बार्षिक रुपमा विजयको जन्मदिनका अवसरमा साउन २ गते एकजना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच अक्षयकोषको औपचारिक कार्यक्रम गरी घोषणा गरिएको छ । फोनिज दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन र विजयका बुवा रामबहादुर जिएमले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण फोनिज दाङका उपाध्यक्ष शिव घर्ती मगरले गरेका थिए ।
विजय जिएमको गएको पुस ६ गते राम्रीमा भएको बस दुर्घटनामा परी निधन भएको थियो । कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जिएमको सल्यानको मुलपानीमा रहेको वनस्पति उद्यानको अध्ययन अवलोकन गरी फर्किने क्रममा दुर्घटनामा परी निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here