Tuesday, April 16, 2024
Homeविचारफागुन सातलाई फर्केर हेर्दा

फागुन सातलाई फर्केर हेर्दा

- Advertisement -spot_img

२००७ सालको फागुन ७ गते नेपालमा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भएको थियो । प्रजातन्त्रको उदय भएको त्यस घटनालाई युगान्तकारी घटनाको रुपमा नेपालको इतिहासमा वर्णन गरिएको छ । नेपाली काँग्रेसको नेतृत्वमा त्यसबेला देशव्यापी आन्दोलन भएको थियो । राणा शासनको विरुद्धमा भएको त्यस आन्दोलनमा त्यसबेलाका राजा त्रिभुवनको पनि साथ र सहयोग थियो र राजा र प्रजाको संयुक्त आन्दोलनका सामु राणा शासन टिक्न सकेन । राणा शासन सधैँका लागि अन्त्य भयो । त्यस घटनाले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको मानिन्छ ।
नेपाली जनताले पटक–पटक आन्दोलन गरेका छन् । आन्दोलनले परिवर्तन ल्याएको छ । तर सात सालको आन्दोलन विशेष किसिमको रहेको छ । त्यस आन्दोलनबाट पहिलो पटक वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका अधिकारहरु नेपाली जनतालाई प्राप्त भएको हो । त्यही बेलादेखि नेपाली जनता प्रधानमन्त्री बन्न पाएका हुन् । इतिहासमा यो दिवस यति धेरै महङ्खवको रहे तापनि यो दिवसप्रति सबैको समान धारणा रहेको छैन । यसको महङ्खव घटाउन बराबर प्रयास भइरहेका छन् । खास गरेर प्रजातन्त्र नरुचाउनेहरुले यसप्रति बराबर आक्रमण गर्ने गरेका छन् । पञ्चायतकाल भरि शासन सत्तामा रहेकाहरुले यसको महङ्खव घटाउने काम गरे भने अहिले शासन सत्तामा रहेकाहरुले पनि त्यस्तै गरेका छन् ।
नेपालमा प्रजातन्त्र र राष्ट्रियतालाई समन्वय र सन्तुलनका साथ सधँै अगाडि बढाउन सक्ने क्षमता नेतृत्वको हुनु अनिवार्य छ । प्रजातन्त्र वा लोकतन्त्रको नाममा राष्ट्रियतालाई कमजोर बनाउने र राष्ट्रियताको नाममा निरकुंश परिपाटी लाद्नु समाधानको बाटो हुनसक्तैन । नेपालमा राष्ट्रियता र प्रजातन्त्र सँगसगै हिडाउन सक्नुपर्छ । चीन तथा भारत दुई ठूला देशको बीचमा अवस्थित नेपालले सधँै होसियार रहेर सन्तुलित सम्बन्ध कायम गर्नसक्नु सफल परराष्ट्र नीति हो । भारत वा चीनको राजनीतिको नक्कल गर्न खोज्नु वा एकपक्षीय हुन खोज्नु पनि हामी नेपालीको हितमा रहँदैन । त्यसैले नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई एकैसाथ हिडाउन सक्ने नेतृत्व तह हामी सबैमा हुनुपर्छ । छिमेकीहरुको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभावले हामी कुनै न कुनै विदेशी राजनीतिक प्रभावमा परेका छौँ । त्यसले गर्दा हामी बीचमा नै केही फाटोसमेत छ ।

अहिले शासन सत्तामा रहेकाहरुले किन यो दिवसप्रति गिद्दे दृष्टि लगाए, त्यो बुझ्न नसकिने भएको छ । उनीहरुले फागुन ७ गतेको दिन बिदासमेत कटौती गरेका छन् । लोकतन्त्र भन्दै लोकतन्त्रको घाटी निमोठ्न खोज्नु कदापि उचित होइन । नेपालको इतिहासमा फागुन ७ गतेको आफ्नै महत्व छ । यस दिवसले नेपाली जनजीवनमा एउटा मूल्य र मान्यता स्थापना गरेको छ ।

नेपालमा प्रजातन्त्रको कुरा गर्ने हो भने २००७ सालपछि बीपी कोइराला र गणेशमान सिंहको नाम आउँछ । २००७ सालभन्दा अगाडिको कुरा गर्ने हो भने चार अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द र गंगालाल श्रेष्ठ तथा राजा त्रिभुवनको नाम लिए हुन्छ । साम्यवादी पक्षधरको नाम लिने हो भने पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, मनमोहन अधिकारीको नाम लिए हुन्छ । २००७ सालपछिका कम्युनिष्टहरुले नेपाललाई साम्यवादीकरण गर्नैपर्छ भनेका थिएनन् । हो, २०२९ तिर मालेले झापामा पारिवारिक झगडालाई केही व्यक्तिको लहडमा राजनीतिकरण गरे । चीनका माओत्सेतुङको गाउँ–गाउँमा फोटा टाँस्न लगाएर आतंक फैलाएर माओ विचारकै बेइज्जत गर्ने काम भयो । पोल लगाएका भरमा धर्मप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद बिमलीजस्ता कैयौँ सोझासाझा व्यक्ति पनि अनर्थमा काटिए । साम्यवादका शिखर पुरुष मनमोहन अधिकारी, तुल्सीलाल अमात्यले त्यसको समर्थन गरेका थिएनन् । त्यस्तै २०५२ सालपछि माओवादीबाट १५औँ हजार नेपालीको प्रयोजनहीन हत्या, हजारौँ जनताको अंगभंग राष्ट्रको लाखौँ पूर्वाधार नष्ट भयो ।  संसारमा आफ्नो देशको अस्तित्व तथा पहिचान जोगाउन देशभक्तहरुले ज्यानको बाजी लाउँछन् । पानी मात्र पिएर पनि देशको लागि लडेर सार्वभौम नागरिक भएर स्वतन्त्रतापूर्वक बाँच्न र हिडडूल गर्न चाहन्छन् । मानवीय स्वतन्त्रता भनेको प्राकृतिक हुन्छ । किराको स्वतन्त्रतासित मानवीय स्वतन्त्रतालाई दाज्न सकिदैन । रछ्यानका फूलको माला र स्मशानका सामग्रीलाई स्वाभिमानी जनताले कहिले पनि ग्रहण गर्दैनन् । संसारमा केवल दुई शक्ति छन् । तरवार वा कलम, सधैँ तरवारको हार र कलमको विजय हुन्छ । कलम मानवीय स्वतन्त्रताको नाम हो । तरवार भनेको वैयक्तिक स्वतन्त्रतालाई दमन गर्ने अधिनायकवादको हतियार हो । कलमले मार्ग निर्देश गर्छ, तरवारले अन्योल सिर्जना गर्छ तर नेपालमा कलम र तरवार बोकेकाले राष्ट्र निर्माणमा मार्गदर्शन गराउन सकिरहेका छैनन् । २००७ सालमा नेपालमा प्रजातन्त्र ल्याउनमा प्रजातन्त्रवादी र साम्यवादी दुबै विचारले काम गरेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको घोषणा भएपछि सन् १९५० को नेपाल भारत असमान सन्धि र दिल्ली सम्झौताविरुद्ध राष्ट्रियताको संरक्षणार्थ साम्यवादीहरु उठे । नेपालमा साम्यवादीको जन्म राष्ट्रियताको कारणबाट भएको हो तर रुस र चीनमा गरिबीको कारण साम्यवाद जन्मेको हुनाले अरु देशका साम्यवादीहरुसँग नेपालका साम्यवादीको चरित्र मिल्दैन ।
एसियाली देशमा नेपाल र भारत दुई प्रजातान्त्रिक राष्ट्र हुन् । मुसलमान र अंग्रेज साम्राज्यबाट मुक्त भएपछि भारतले संसदीय प्रजातन्त्रलाई सुदृढीकरण गरेर अगाडि बढ्ने अठोट लियो । विश्वका देशमध्ये नेपाल युगौँदेखि एक सार्वभौम स्वतन्त्र राष्ट्रको रुपमा खडा छ । भौगोलिक र साँस्कृतिक हिसाबले हाम्रो देश भारतसँग नजिक छ । भारतीय जनता र नेपाली जनताबीच युगौँयुगदेखि सुमधुर सम्बन्ध कायम हुँदाहुँदै पनि भारतीय पक्षले भने नेपाललाई आत्मनिर्भर हुन नदिन अनेकौँ खेल खेल्ने गरेको प्रतीत हुन्छ । भारतले नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रभाव जमाउन खोज्ने गरेकाले आफ्नो सुरक्षाको लागि चीन सशंकित हुँदै आएको छ । यद्यपि भारतले नेपालको भौतिक पूर्वाधार विकासको लागि धेरै सहयोग पु¥याएको पनि हो । उसको सहयोगलाई नेपालले पनि सधैँ उच्च सम्मान गरेको छ । भारतले नेपालप्रति जति सद्भाव राख्छ त्यत्ति नै उसको पनि हित हुन्छ । प्रजातन्त्र आयो, तर अहिलेसम्म धेरैजसोलाई प्रजातन्त्रको ताङ्खिवक अर्थ थाहा छैन । तर यसको अर्थ र महङ्खव बुझ्नु जरुरी छ । दिवसका अवसरमा मात्र होइन अन्य समयमा पनि यसको महङ्खव बुझाउन आवश्यक छ । बुझेअनुसार प्रजातन्त्र भन्नाले हरेक व्यक्ति स्वतन्त्ररुपले सुख शान्तिका साथ आफ्नो दैनिक दिनचर्यामा संलग्न हुन सक्नुपर्छ । समाज र राष्ट्रका बारेमा पनि व्यक्तिको योगदान रहन्छ । प्रजातन्त्र प्राप्ति भएपछि कुनै व्यक्तिले आफू स्वतन्त्र छु भन्ने बुझ्छ भने अन्यले पनि त्यस्तो अनुभूति गर्न पाउनुपर्छ । तर व्यक्ति स्वतन्त्र हुँदैमा सबै कुरा गर्न पाउनुपर्छ भन्नेमात्र होइन उसले कानुनी दायरामा रहेर गतिविधि गर्नुपर्दछ । सबैलाई आदर सम्मान पनि गर्नुपर्दछ । तर अहिले मानिसहरु आफ्नै काम र स्वार्थ पूरा होस् भन्नेमा मात्र लागेका छन् । सर्वसाधारणले यस दिवसलाई आफ्नो दिवसको रुपमा किन लिन सकेनन् ? यस किसिमका विषयहरुमा प्रजातान्त्रिक आन्दोलनका शक्तिदेखि प्रजातान्त्रिक मूल्य र मान्यतालाई अंगीकार गर्ने सम्पूर्ण शक्तिहरुले व्यापक छलफल र मन्थन गर्नु आवश्यक छ । प्रजातन्त्रले जनतालाई के दिन सक्छ भन्ने कुरासमेत धेरै जनताले बुझ्न सकेको छैनन् । यसैले प्रजातान्त्रिक बहसमा सर्वसाधारणको पहुँच हुन सकेको छैन र सर्वसाधारणले आफ्नो अन्तर हृदयदेखि प्रजातन्त्रलाई दिनुपर्ने सम्मान पनि दिन सकेको छैन । प्रजातन्त्रले सर्वसाधारण जनतालाई के दिइरहेको छ ? जनताले पाइरहेको कुरो पनि उसले कसरी पाइरहेको छ भनेर उसलाई थाहा छैन । यस किसिमको आम सूचनाबाट सुसूचित हुन नसकेको वा सुसूचित गराउन नसकेको नेपाली प्रजातन्त्र अहिले पनि जनताको माझमा लोकप्रिय बन्न सकेको छैन ।
प्रजातन्त्रले नेपालीलाई के दिएको छ भन्ने कुराप्रति शिक्षित नागरिकसमेत अस्पष्ट छन् । केही क्षेत्रमा विकास भएको छ । भौतिक पूर्वाधारमा निकै सुधार भएको छ । जनता खुल्ला बहसमा छन् अर्थात् केही स्वतन्त्रताको अनुभूति गरेका छन् । प्रजातन्त्रको अनिवार्य तङ्खवको रुपमा रहेको निर्वाचन हो । यतिखेर देशमा सबै तहका निर्वाचन सम्पन्न भएर पनि प्रदेश र केन्द्रीय सरकारसमेत गठन भै सकेको अवस्था छ । अबका दिनमा आम नेपालीहरुले प्रजातन्त्रको अनुभूति सबैले गर्न पाउनु पर्दछ । आखिरमा प्रजातन्त्रका आधारभूत मान्यताहरु रहेका छन् र आधारभूत मान्यताहरुलाई अक्षरश पालन हुनुपर्नेमा नेपाली प्रजातन्त्र चाहिँ बोली अर्थात् भाषणमा सीमित रहेको र नेताहरुका लागि मात्र प्रजातन्त्र आएको छ भन्दा अन्यथा नहोला ।  फागुन ७ गतेको दिन नेपालको इतिहासमा विशेष उल्लेखनीय रहेको छ । २००७ सालको फागुन ७ गते नेपालमा एकतन्त्रीय जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भएको थियो । प्रजातन्त्रको उदय भएको त्यस घटनालाई युगान्तकारी घटनाको रुपमा इतिहासमा उल्लेख छ । नेपाली काँग्रेसको नेतृत्वमा त्यसबेला देशव्यापी आन्दोलन भएको थियो । राणा शासनको विरुद्धमा भएको त्यस आन्दोलनमा त्यसबेलाका राजा त्रिभुवनको पनि साथ र सहयोग थियो र राजा र प्रजाको संयुक्त आन्दोलनका सामु राणा शासन टिक्न सकेन । राणा शासनको सधैँका लागि अन्त्य भयो । त्यस घटनाले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको मानिन्छ ।
त्यसपछि पनि नेपाली जनताले पटक–पटक आन्दोलन गर्दै आएका छन् । आन्दोलनले परिवर्तन ल्याएको छ । तर सात सालको आन्दोलन विशेष किसिमको रहेको छ । त्यस आन्दोलनबाट पहिलोपटक वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता लगायतका अधिकारहरु नेपाली जनताले प्राप्त गरेका थिए । त्यही बेलादेखि नेपाली जनता र प्रधानमन्त्री बन्न पाएका हुन् । अहिले शासन सत्तामा रहेकाहरुले किन यो दिवसप्रति गिद्दे दृष्टि लगाए, त्यो बुझ्न नसकिने भएको छ । उनीहरुले फागुन ७ गतेको दिन बिदासमेत कटौती गरेका छन् । लोकतन्त्र भन्दै लोकतन्त्रको घाटी निमोठ्न खोज्नु कदापि उचित होइन । नेपालको इतिहासमा फागुन ७ गतेको आफ्नै महङ्खव छ । यस दिवसले नेपाली जनजीवनमा एउटा मूल्य र मान्यता स्थापना गरेको छ । २००७ साल फागुन ७ गते पहिलो पटक संविधानसभामार्फत संविधान बनोस् भन्ने घोषणा भएको दिन पनि हो । फागुन ७ गते अमर शहीदहरुको सपना हो । त्यस दिनको उपलब्धिलाई नेताहरुले व्यवस्थित गर्न सकेनन् । सुरक्षित राख्न सकेनन् । जसको कारण जनताले पटक–पटक आन्दोलन गर्नुपरेको छ । जनताले गरेका आन्दोलनमा त्यो सर्वाधिक पहिलो र महङ्खवपूर्ण आन्दोलन हो । त्यसकारण त्यसको महङ्खव सधैँ रहिरहनु पर्दछ । प्रजातन्त्र दिवस मनाउनु पर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here