Thursday, March 28, 2024
Homeमुख्य खबरप्राविधिक शिक्षा बेरोजगारको आधारः सुवेदी

प्राविधिक शिक्षा बेरोजगारको आधारः सुवेदी

- Advertisement -spot_img

तुलसीपुर, १२ असोज । सिटिइभिटी प्रदेश नम्बर ५ का उपनिर्देशक यादव सुवेदीले प्राविधिक शिक्षाले बेरोजगार अन्त्य गर्ने बताएका छन् । वेष्टर्न नेपाल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शनिबार तुलसीपुरमा आयोजना गरको अन्तरक्रिया कार्यक्रममा बढ्दो बेरोजगारीको विकल्प नै प्राविधिक शिक्षा रहेको बताए । उनले दाङसहित देशभर पछिल्लो समय प्राविधिक कलेजहरु स्थापना हुने क्रम बढ्दै गएको भन्दै देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
रोजगारीका लागि विदेशिने क्रम बढ्दै गएको अवस्थामा प्राविधिक शिक्षाले स्वरोगारी सिर्जना गरेको बताए । ‘उद्योगलाई जनशक्ति अभाव छ, तर रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अहिले पनि छ’
उनले भने ‘अब प्राविधिक शिक्षाले रोजगारी सिर्जना गर्नेछ ।’ दाङसहित देशभरमा एकहजार भन्दा बढी प्राविधिक कलेजहरु स्थापना भएको भन्दै उनले देशमा प्राविधिक शिक्षा रोजगारी तथा स्वरोजगारको आधार भएपनि विश्वास भने बढ्न नसकेको बताए ।
कलेजका प्रिन्सिपल ओमकार वलीको अध्यक्षता तथा श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीले जनशक्ति प्राविधिक शिक्षाले नै पूरा गर्ने बताएका छन् ।
कार्यक्रममा सहभागी विद्यार्थी नरेन्द्र खड्का, पूर्व विद्यार्थी हिमाल विश्वकर्मालगायतले विद्यार्थीले अध्ययन गर्ने क्रममा देखिएका समस्या समाधान गरी शैक्षिक गुणस्तरका विषयमा विषयविज्ञलाई जानकारी गराएका थिए ।
सहभागीले अध्ययनपश्चात् लिन सकिने फाइदाका पनि जानकारी प्राप्त गरेका छन् । उद्योगमा आधारित पाठ्यक्रम निर्माण गरिनुपर्ने बताएका छन् । कार्यक्रम संयोजक सूर्यबहादुर थापाले विद्यार्थीको माग अनुसार पाठ्यक्रम सुधार गर्न सकिने बताए ।
त्यस्तै सोनापुर सिमेन्टमा कार्यरत इन्जिनियर गजेन्द्र केसीले करिब ८९ प्रतिशत औद्योगिक क्षेत्रमा जनशक्ति अभाव रहेको बताए । प्राविधिक शिक्षामार्फत औद्योगिक क्षेत्रमा जनशक्ति पूर्ति गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here